
काठमाण्डौं,
प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति रामचन्द्र पौ्डेल समक्ष सिफारिस गर्नु भएको छ । पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहनु भएको मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गर्नु भएको हो । खरेललाई संचार, सिन्हालाई उद्योग, मिश्रालाई स्वास्थ्य, पुनलाई शिक्षा, परियारलाई भने कृषि मन्त्रीमा नियुक्ति हुने श्रोतले जनाएको छ।
सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ सोमबार हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्कीको मन्त्री मण्डलमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जा मन्त्रीमा कुलमान घिसिङ, गृहमन्त्रीमा ओमप्रकाश अर्याल रहनु भएको छ ।





