
पोखरामा टिभीएस मोटर कम्पनी (टिभीएसएम) ले जगदम्बा मोटर्स प्रा.लि. सँगको सहकार्यमा नेपालमा टिभीएस आइक्यूबका दुई नयाँ भेरियन्ट (टिभीएस आइक्यूब ३.० र टिभीएस आइक्यूब ३.५ सार्वजनिक गरेको छ ।
स्क्वायर मोटर्स पोखराले न्युरोडस्थित सिटि स्क्वायर ब्याङ्केटमा विशेष कार्यक्रम गरी नयाँ मोडेल आइतबार बेलुका सार्वजनिक गरेको हो । स्क्वायर मोटर्स प्रा। लि। जगदम्बा मोटर्स प्रा। लि। का लागि कास्की जिल्लाको आधिकारिक विक्रेता हो । नयाँ प्रस्तुत टिभीएस आइक्यूब ३.० मा १०० किलोमिटरको वास्तविक दायरा र १२३ किलोमिटरको कम्पनी दायरा रहेको छ । यसको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकिए पनि दशैं विशेष अफरमा ३१४,९०० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, ११५ किलोमिटरको वास्तविक विश्व दायरा र १४५ किलोमिटरको कम्पनी दायरा भएको टिभीएस आइक्यूब ३.५ को मूल्य ३ ५९,९०० रुपैयाँ तोकिएको छ भने दशैं अफरमा ३३९,९०० रुपैयाँमा खरिद गर्न सकिने छ । गत वर्ष प्रस्तुत भएको विद्यमान टिभीएस आइक्यूब २.२ भने २ लाख ९९ हजार ९ सय रुपैयाँमै उपलब्ध हुनेछ । चाडपर्वको अवसरमा नयाँ मोडेल बेजोड एक्सचेन्ज र फाइनान्स योजनासहित आएको छ । साथै चार भाग्यशाली विजेताले ५०,००० रुपैयाँसम्म नगद फिर्ता पाउने लक्की ड्र अफरको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
स्क्वायर मोटर्सले नयाँ दायराका परीक्षण सवारीको सुविधा समेत उपलब्ध गराएको छ । सार्वजनिक कार्यक्रममा कम्पनीका अध्यक्ष आदर्शमान श्रेष्ठले दशैंलाई लक्षित गर्दै पोखरा अमरसिंह चौर हस्पिटल चोक नजिक र नयाँबजारस्थित सोरुममा विशेष अफर उपलब्ध हुने जानकारी दिनुभयो । त्यसैगरी कम्पनीका प्रबन्धक निर्देशक विनोज पोटेले दशैं विशेष छुटसहितको अफर लिन सबैलाई नयाँबजार सोरुममा स्वागत गर्दै टिभीएस परिवारसँग दशैं मनाउन अनुरोध गर्नुभयो ।





