समाज

राष्ट्रिय महिला भलिबलः गण्डकी बन्यो चौथो, रिक्जना बोटे बनिन् उदीयमान खेलाडी

पोखरा, नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले चौथो स्थान हासिल गरेको छ । हेटौंडामा बुधबार तेस्रो स्थानमा लागि भएको खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग पराजित हुँदा चौथो स्थानमा रह्यो । गण्डकी पुलिससँग २३–२५, १८–२५ र १८–२५ ले पराजित हुन पुग्यो । चौथो बनेको गण्डकीले नगद ५१ हजार रुपैयाँ हात पा¥यो । गण्डकीकी रिक्जना बोटे प्रतियोगिताकै उदीयमान खेलाडी बनिन् । उनले ट्रफी र नगद ५ हजार पाइन् । तेस्रो बनेको पुलिसले १ लाख प्राप्त ग¥यो । फाइनलमा एपिएफ क्लबलाई… पुरा पढौ

पत्रकार राजबहादुर गुरुङ नेतृत्वमा सूचनाको हकका लागि राष्ट्रिय महासघ गण्डकी प्रदेश समिति गठन

दीननाथ बराल,पोखरा ११, असार, पत्रकार राज बहादुर गुरुङ नेतृत्वमा सूचनाको हकका लागि राष्ट्रिय महासघ गण्डकी प्रदेश समितिको गठन भएको छ । गण्डकी प्रदेश भित्रका सुचनाको हकका अभियान्ताहरुको हालै पोखरामा बसेको एक भेलाले सुचनाको हकका लागि राष्ट्रिय महासंघको गण्डकी प्रदेश समिति गठन गरेको हो । त्यसै गरी समितिको उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिबमा भारत कोइराला, सचिबमा कृष्ण क्षेत्री, महिला सचिबमा माया अधिकारी र कोषाध्यक्षमा टिका आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा गीता लामिछाने बिष्ट, रोशन लामिछाने, शंकर राज… पुरा पढौ

रोपाइँ महोत्सव असार १५ मा पोखरा २६ स्थित लेखनाथको गुँदेताल (तालबेसी) मा हुने

दीननाथ बराल, पोखरा ११, असार, २० औं संस्करणको असारे रोपाइँ महोत्सव २०८२ यस बर्ष यही असार १५ गते पोखरा २६ स्थित लेखनाथको गुँदेताल (तालबेसी) क्षेत्रमा हुने भएको छ । पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका पोखरा पर्यटन परिषद्को आयोजनामा स्थानिय शान्तिप्रेमी आमा समूहको संयोजनमा असार १५ रोपाई महोत्सव हुने भएको परिषदले जनाएको छ । महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा थप टेवा पुग्ने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली… पुरा पढौ

भ्रष्टाचारमा मबाटै छानबिन सुरु गर्न सकिन्छ ः अध्यक्ष डा. बाबुराम भट्टराई (भिडियो सहित)

दीननाथ बराल, पोखरा, असार ११, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफू कहिल्यै भ्रष्टाचारमा संलग्न नभएको दाबी गर्दै अहिले पनि आफुबाटै छानबिन सुरु गर्न चुनौती दिनुभएको छ । नयाँ शक्ति गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले देशमा तीन ठुला दलबाट भ्रष्टचार भएको दाबी गर्दै आफुमा कुनै शंका लागेमा आफुबाटै छानविन गर्न सकिने बताउनु भएको हो । https://www.youtube.com/watch?v=0SJjHU8MsLw डा. भट्टराईले भन्नुभयो “मैले कहीँ कतै राज्यलाई एक रुपैयाँ नोक्सान हुने काम गरेको… पुरा पढौ

मादी गाउँपालिकाले बजेट ल्याउन सकेन, मुल्याङकनमा असर पर्ने

दीननाथ बराल,पोखरा, असार १०, कास्कीको मादी गाउँपालिकाको १७औं गाउँसभा अनिश्चितकालका लागि स्थगित भएपछि आगामी आर्थिक वर्षको बजेट आउन सकेन् । नेपालको संविधान अनुसार असार १० गतेभित्र स्थानीय तहहरूले बजेट ल्याउनुपर्ने प्रावधान छ। तर मादीमा दुई ठुला पार्टी नेताहरु बीचको विवादका कारण यो कार्य समयमै हुन सकेन। गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। तर, छलफलकै क्रममा नियम उल्लङ्घनको आरोप लागेपछि बैठक नै स्थगित भयो। सोमबारको छलफलमा कांग्रेस र एमालेनिकटका केही सदस्यबीच भनाभन भएपछि बैठक अवरुद्ध भयो।… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय एसईई फुटसल प्रतियोगिता पोखराको स्टेप बाई स्टेप माविमा सुरु

पोखरा, असार १०, पोखरा मासवारमा रहेको स्टेप बाई स्टेप माध्यमिक विद्यालयको आयोजनामा ‘गण्डकी प्रदेश स्तरीय तेस्रो एसईई फुटसल प्रतियोगिता’ सुरु भएको छ। एसईई परीक्षा पछि फुर्सदमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु भएको हो। प्रतियोगिताको उद्घाटन विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल र प्राचार्य निर्मला बरालले संयुक्त रूपमा एन्फाका रेफ्रीलाई बल हस्तान्तरण गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै निर्देशक बरालले शिक्षासँगै खेलकुदमा पनि विद्यार्थीको सक्रियता जरुरी रहेको बताउँदै विद्यालयले दुवै पक्षमा समान जोड दिँदै आएको उल्लेख गर्नुभयो।… पुरा पढौ

बजेटका बिषयमा पत्रकार माथि मुख्यमन्त्री पाण्डेले यसरी आक्रोश पोख्नुभयो (भिडियो सहित)

दीननाथ बराल,पोखरा १०, असार, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार माथि आक्रोश पोख्नु भएको छ । हिजोआज बजेटका बिषयमा सदन देखि सडकसम्म चर्को विवाद भएसंगै मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा वोल्दै उहाँले पत्रकार माथि आक्रोश पोख्नु भएको हो । https://www.youtube.com/watch?v=50FdUrrRgYg सूचनाको हकका लागि राष्ट्रिय महासंघको आयोजनामा मंगलबार पोखरामा आयोजना भएको प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै मुख्यमन्त्री पाण्डेले प्रमाण विना सामाजिक संजालमा आएका आधारमा समाचार बनाउनु गलत भएको उल्लेख गर्नुभयो । मुस्ताङ जिल्लामा भन्दा मुख्यमन्त्रीको जिल्लाको… पुरा पढौ

माछापुच्छ्रेको ६७ करोड ९९ लाखको बजेट आयो, कृषि र पर्यटनमा जोड, दाना उद्योग स्थापना गर्ने

दीननाथ बराल,पोखरा, असार १०, कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि रु। ६७ करोड ९९ लाख ५१ हजार बराबरको बजेट प्रस्तुतः गरेको छ। गाउँपालिकाको उपाध्यक्ष सीता अधिकारीले आज (मंगलबार) गाउँसभामा बजेट प्रस्तुत गर्दै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र बैंक मौज्दात समावेश गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट स्रोतहरू यस प्रकार रहेका छन् । संघीय सरकार तर्फ वस्तुगत समानीकरण अनुदान तर्फ ११ करोड २४ लाख सशर्त अनुदान तर्फ २७ करोड ९४ लाख… पुरा पढौ

होटल संचालक र कर्मचारीलाई एआई सम्वन्धि अभिमुखिकरण

पोखरा, १० असार होटल संघ पोखरा नेपालले होटलकर्मी तथा उनीहरुका कर्मचारीका लागि मंगलबार एक दिने अभिमुखिकरण प्रदान गरेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्वन्धमा संघले यो कार्यक्रम आयोजना गरेको हो । कृत्रिम बुद्धिमता पनि भनिने एआई र अनलाईन ट्राभल एजेन्सीको प्रायोगबाट २०२५ मा होटलहरुले कसरी बढी भन्दा बढी आम्दानी बढाउन सक्छन् भन्ने विषयमा केन्द्रित भएर यो कार्यक्रम संचालन गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कार्यक्रममा एक सय जना भन्दा बढी… पुरा पढौ

Infinix GT 30 Pro अब पोखरामा पनि उपलब्ध, बिक्री एमटिएस ट्रेडर्समार्फत सुरु

पोखरा, असार १० – गेमिङ पारखीहरूका लागि उत्साहजनक खबर आएको छ। Infinix Nepal ले हालै सार्वजनिक गरेको गेमिङ-केंद्रित स्मार्टफोन GT 30 Pro अब पोखरामै पनि बिक्री वितरण सुरु गरिएको छ। पोखरामा यस स्मार्टफोनको आधिकारिक बिक्री तथा वितरणको जिम्मा एमटिएस ट्रेडर्स (MTS Traders) प्रा.लि.ले लिएको छ। उपभोक्ताहरूले अब पोखरामा नै यो उच्च प्रदर्शनयुक्त स्मार्टफोन रु. ४७,९९९ मा सहज रूपमा किन्न सक्नेछन्। GT 30 Pro को औपचारिक सार्वजनिक कार्यक्रम असार ७ गते (June 21) भक्तपुरस्थित Infinity Lounge मा आयोजित 2025 PUBG Mobile… पुरा पढौ