
पोखरा, असार १० –
गेमिङ पारखीहरूका लागि उत्साहजनक खबर आएको छ। Infinix Nepal ले हालै सार्वजनिक गरेको गेमिङ-केंद्रित स्मार्टफोन GT 30 Pro अब पोखरामै पनि बिक्री वितरण सुरु गरिएको छ।
पोखरामा यस स्मार्टफोनको आधिकारिक बिक्री तथा वितरणको जिम्मा एमटिएस ट्रेडर्स (MTS Traders) प्रा.लि.ले लिएको छ। उपभोक्ताहरूले अब पोखरामा नै यो उच्च प्रदर्शनयुक्त स्मार्टफोन रु. ४७,९९९ मा सहज रूपमा किन्न सक्नेछन्।
GT 30 Pro को औपचारिक सार्वजनिक कार्यक्रम असार ७ गते (June 21) भक्तपुरस्थित Infinity Lounge मा आयोजित 2025 PUBG Mobile Super League (PMSL) CSA Spring Finals Offline Watch Party मा सम्पन्न भएको थियो। उक्त इभेन्टलाई हालसम्मकै सबैभन्दा ठूलो PUBG वाच पार्टी मानिएको छ, जसमा देशभरिका गेमर, स्ट्रिमर र टप PUBG खेलाडीहरूको उपस्थिति रहेको थियो।
ब्रान्डले उक्त अवसरमा अनबक्सिङ, गेमप्ले डेमो र फिचर प्रेजेन्टेशनमार्फत GT 30 Pro को क्षमता प्रस्तुत गर्दै यसलाई “ओरिजिनल गेमर (OG)” का लागि तयार गरिएको “युद्ध हतियार” को रूपमा व्याख्या गरेको थियो।
GT 30 Pro ले अघिल्लो सफल मोडेल GT 20 Pro को लोकप्रियतालाई निरन्तरता दिने उद्देश्य बोकेको छ। नयाँ मोडेलमा शक्तिशाली प्रोसेसर, गेमिङ-मैत्री AMOLED डिस्प्ले, र उच्च कूलिङ सिस्टम जस्ता विशेषताहरू रहेको कम्पनीले जानकारी दिएको छ।
पोखराका उपभोक्ताहरूका लागि एमटिएस ट्रेडर्समार्फत उपलब्ध Infinix GT 30 Pro अब लोकल वारेन्टी, सहज सेवा सुविधा र गेमिङ-अनुभव सहित खरिद गर्न सकिनेछ।






