समाज

गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल हुँदै

पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा आगामी बिहिबारदेखी राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता हुन लागेको हो । १२ गतेदेखी हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमति प्रदेश, माधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको सहभागिता रहनेछ । यस्तै विभागीय कलब एपीएफ र आर्मीको सहभागिता रहने प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष गिरमान गुरुङले जानकारी दिए । लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ,… पुरा पढौ

कास्कीको मादी गाउँपालिकाको गाँउसभा स्थगित, दुई पार्टीका सदस्य बिच बिबाद

दीननाथ बराल,पोखरा ९, असार, कास्कीको मादी गाउँपालिकाको गाउँसभा स्थगित भएको छ । मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले आउँदो बर्षको लागि बार्षिक नीति तथा कार्यक्रम प्रस्तुतः गरे पश्चात टेवल भई छलफलकै क्रममा केही सदस्यहरुले नियम आपती जनाएसंगै सोमबार नै बजेट ल्याउने तयारी गरे पनि बैठक स्थगित भएको पालिकाले पोखराक्लिकलाई जनाएको छ । मादी गाउँपालिकाका पालिकाका सदस्य सचिव धनेन्द्र भूजेलले जारी गरेको गाउँसभा स्थगित सम्बन्धि सूचनामा अर्को सूचना प्रकाशन नहुँदासम्म मादी गाउँपालिका गाउँसभाको १७ औं अधिवेशन स्थगित भएको उल्लेख गरिएको छ ।… पुरा पढौ

भरतपुर महानगरपालिकाको १७ औँ नगरसभा सकियो

चितवन, असार ९, आइतबारदेखि वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा (आज) सोमबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास गर्दै सकिएको छ । महानगरपालिकाले आर्थिक वर्ष  २०८२÷०८३ का लागि अनुमानित आय व्ययसहितको ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रूपैयाँको बजेट पास गरेको छ । १७ औँ नगर सभाले भरतपुर महानगरपालिकाको लेखा समिति, विधायन समिति, सुशासन समिति, न्यायिक समिति तथा लेखा समितिको प्रतिवेदन र राजस्व र व्ययको अनुमान (बजेट), आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२… पुरा पढौ

‘तस्विरमा पोखरा–९’फोटो प्रदर्शनीको तयारी

पोखरा, ९ असार, नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको आयोजनामा ‘तस्विरमा पोखरा–९’फोटो प्रदर्शनी हुने भएको छ ।पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा असार १३ गते (शुक्रबार) महेन्द्रपुलस्थित झण्डा पार्क नजिकैको फल्चामा फोटो प्रदर्शनी गरिने भएको हो । प्रदर्शनीमा पोखरा महानगरपालिका–९ क्षेत्रसँगै पोखराको ऐतिहासिक, पर्यटकीय र समसामायिक विषय झल्कने फोटो राखिने एनपीजेए कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए । फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले सुनाए । पोखरामा रहेका फोटो पत्रकारहरुको सीप र… पुरा पढौ

अभियानमा हर्पिंक, फिनेल र झोल साबुन बनाउने तालिम सम्पन्न

पोखरा, ९ असार, पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्गस्थित अभियान महिला समुहले आफना सदस्यहरुको लागि आयोजना गरेको हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ । आफनो समूहमा आबद्ध सदस्यहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित सिप सिकै र आत्मनिर्भर बनौ भन्ने नारा सहित पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा आईतबारदेखि सुरु दुर्ई दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा समुहमा आवद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिईन । तालिम पछि सिकेका… पुरा पढौ

पीसीएममा रोजगार तथा इन्टनसीप मेला सम्पन्न, २ सय जना लाभान्वित

पोखरा, ९ असार, पोखरा ३ नदिपुरमा रहेको पोखरा कलेज अफम्यानेजमेन्ट (पीसीएम) ले वार्षिक कार्यतालिका अनुरूप सञ्चाल नगरिएको एक सातालामो कार्यक्रम अन्तर्गत “पीसीएममा रोजगार तथा इन्टनसीप मेला“सम्पन्न भएको छ । उक्त मेलामा बैंक, उत्पादन, सूचना तथा प्रविधि, व्यापार जस्ता विभिन्न क्षेत्रका २० प्रतिष्ठित संस्थाहरूको सहभागिता रहेको थियो । बिबिए र बीसीएसआईटी अध्ययनरत करिब २ सय जना विद्यार्थीहरूले मेलाबाट प्रत्यक्ष लाभ उठाएको कलेजले विश्वास व्यक्त गरेको छ । मेलाको प्रमुख आकर्षणहरूमा सीभी प्रस्तुति, अन्तर्वार्ता, करियर परामर्श लगायत रहेका थिए । कलेज प्रमुख… पुरा पढौ

ट्रेकिङ गाइड प्रशिक्षार्थीलाई मेथलाङ्को भिरमा रक क्लाइम्बिङ तालिम

पोखरा, ९ असार, पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक क्लाइम्बिङ तालिम दिइएको छ । साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडलाई रक क्लाइम्बिङ तालिम दिइएको हो । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई भिरमा रक क्लाइम्बिङको तालिम… पुरा पढौ

गण्डकी प्रदेशसभा हलमा बजेटको किताब च्यात्दै सांसद जुग्जालीको आक्रोश ः ‘यो अन्यायको दस्तावेज हो’

दीननाथ बरालपोखरा, असार ९, गण्डकी प्रदेशसभामा सोमबार एक असाधारण दृश्य देखियो, जब नेकपा (माओवादी केन्द्र) का सांसद तथा गण्डकीका पूर्व भौतिक पूर्वाधार मन्त्री रेशम बहादुर जुग्जालीले सदनको रोष्ट्रमबाटै बजेटको पुस्तक च्यात्दै सरकारको बजेटप्रति तीव्र असन्तुष्टि पोखे। सभामुख समक्ष अनुमति माग्दै उनले उक्त बजेट च्यातेका हुन् । विशेषगरी म्याग्दी जिल्लालाई अत्यन्त न्यून बजेट विनियोजन गरिएको भन्दै उनी असन्तुष्ट मात्रै होइन, आक्रोशित हुदै भौतिक पूर्वाधार मन्त्रालयले म्याग्दीका लागि साढे ३ करोड मात्र बजेट विनियोजन गरेको भन्दै उनले प्रश्न उठाए, “म्याग्दीको भूगोल थाहा… पुरा पढौ

रूपा गाउँपालिकाले ४८ करोड ५५ लाखको बजेट सार्वजनिक गर्‍यो

पोखरा, असार ९ कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आइतबार गाउँसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। उपाध्यक्ष गुरुङका अनुसार बजेटमध्ये ३३ करोड ३४ लाख ४८ हजार रुपैयाँ चालु खर्चका लागि र १५ करोड २० लाख ५७ हजार रुपैयाँ पूँजीगत तर्फ विनियोजन गरिएको छ। बजेटको मुख्य स्रोतमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, ससर्त तथा समपुरक अनुदान गरी करिब ४० करोड… पुरा पढौ

पोखराको बजेट ल्याउदा मिलेन तालमेल…हल पनि खाली जस्तै..

पोखरा, क्षेत्रफलका हिसावले देशकै ठुलो पोखरा महानगरपालिकाले आइतबार बजेट सार्वजनिक गर्दा केही तालमेल मिलाउन नसक्दा आलोचित हुनु परेको छ । संविधान त यही असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याएसंगै असार १० गते भित्र बजेट ल्याउनु पर्ने बाध्यतामा रहेको महानगरले यसपाली भने ८ गते नै बजेट ल्याउदा हतार हतारमा ल्याउदा कतै तालमेल नमिलेको देखियो । बजेट भाषणमा राम्रो तालमेल नमिल्दा भाषणमा केही समस्या भएको थियो । कार्यक्रममा सार्वजनिक गरिएको बजेट तथा कार्यक्रम एवं रकम समेत फरक पर्न गएको छ… पुरा पढौ