समाज

गणेशमान पालिखेको योगदानलाई संझिरहने छौं ः अध्यक्ष विजुक्छे

पोखरा, २९ जेठ, जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गणेशमान पालिखेको शैक्षिक योगदानलाई संझिरहने बताएका छन् । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको २० औं स्मृति दिवसका सन्दर्भमा बोल्दै विजुक्छेले भने, पालिखे सरको शैक्षिक, राजनीतिक, उद्यमी, व्यावसायिक जीवन कडा परिश्रम र संघर्षले नै सफल भएको बताए । आफ्नो समयको नेतृत्वदायी भूमिका खेलेका पालिखेले क्याम्पस कै लागि ज्यानको आहुति दिई शिक्षा मै सहादत पाएका क्रान्तिकारी व्यक्तित्व भएको जानकारी दिए । क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पसमा पढ्दा पालिखे सरबाट आफू… पुरा पढौ

कोटिहोममा भोलि देखि विभूति (भष्म) तिलक र प्रसाद वितरण गरिने

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि देखि विभूति (भष्म) तिलक र प्रसाद वितरण गरिने भएको छ । यज्ञको पूर्णाहुतिसँगै भष्म, तिलक र प्रसाद वितरण गर्ने कार्यक्रम राखिएको थियो । तर लामो समयको हवन कार्यले तातो भएका कारण भोलि देखि भष्म, तिलक र प्रसाद भोलि र पर्सी वितरण गर्न लागिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । त्यसै गरी हवन कुण्डमा रहेका इट्टा पनि वितरण गरिने भएको छ । उनका अनुसार १ सय… पुरा पढौ

पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता जारी, भोलि सेमिफाइनलका खेल हुने, गण्डकी र रामपुर बाहिरिए

दीननाथ बराल,पोखरा २९, जेठ, पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ अन्र्तगत भोलि (शुक्रबार) सेमिफाइनलका दुई खेल हुने भएको छ । न्यु डायमण्ड र एपिएफ र अर्को खेलमा पुलिस बिरुद्ध एभेरेष्ट क्लव बिच सेमिफाइनलको खेल हुने भएको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले पोखराक्लिकलाई बताउनु भयो । यसैबिच, विभागीय टोली शसस्त्र प्रहरी वलको एपिएफ क्लब र एभरेस्ट भलिबल क्लब ले विहिबारको खेलमा जित हासिल गरेसंगै सेमिफाइनलमा प्रवेश गरेका हुन् । पोखरा रंगशालाको कभर्डहलमा आज (बिहीबार) भएको समुह ‘ए’… पुरा पढौ

एयर इन्डिया उडान दुर्घटना, लण्डन जाँदै गरेको विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त

अहमदाबाद, भारत, आज ( बिहीबार ) दिउँसो भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको लण्डन ग्याटविक तर्फ उडिरहेको विमान दुर्घटना भएको छ । दुर्घटनाग्रस्त विमान बोइङ ७८७–८ ड्रीमलाइनर हो, जसको पञ्जिकरणरहेको थियो। लण्डन ग्याटविकका लागि उडेको करिब ५ मिनेटमै ‘मेघानी नगर’ आवासीय क्षेत्रमा दुर्घटना भएको भारतीय समाचार एजेन्सिहरुले जनाए । उक्त विमानमा जम्मा २४२ जना सवार थिए भने २३० यात्री र १२ चालक दलका सदस्य रहेका थिए । १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक ७ जना पोर्चुगिज नागरिक, १ जना… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीमा मल्टिमिडिया पत्रकारिता तालिम सुरु

पोखरा, २९ जेठ, नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा तीन दिने मल्टिमिडिया पत्रकारिता तालिम आजदेखि पोखरामा सुरु भएको छ। तालिमको उद्घाटन गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले गरे। उद्घाटन कार्यक्रममा बोल्दै सभामुख धितालले समाजलाई सचेत, सुशुचित र सक्रिय बनाउने मुख्य जिम्मेवारी पत्रकारिताको भएको उल्लेख गर्दै प्रविधिको प्रयोगमार्फत पत्रकारले राजनीतिक नेतृत्वलाई पनि सचेत गराउनुपर्ने आवश्यकता औंल्याए। उनले पत्रकारिताको माध्यमबाट सामाजिक रूपान्तरण सम्भव हुने बताए। कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संचार क्षेत्रमा हाल आर्थिक मन्दीको… पुरा पढौ

कफी खेतीमा बायोडायनामिक पद्धति र कपिङ कार्यक्रम यही जेठ ३१ गते पोखरामा हुने

पोखरा, २८ जेठ, नेपालमा कफी खेतीको व्यावसायिक विस्तारसँगै गण्डकी प्रदेशमा कफीको गुणस्तर सुधार र उत्पादन प्रवर्द्धन गर्न दुईदिने कार्यक्रम आयोजना हुने भएको छ। “कफी खेतीमा बायोडायनामिक पद्धति र कफी कपिङ कार्यक्रम” यही जेठ ३१ र असार १ गते पोखरामा आयोजना हुने गण्डकी प्रदेश कफी विकास बोर्डले जनाएको छ। कार्यक्रममा जैविक तथा प्राकृतिक चक्रमा आधारित बायोडायनामिक खेती पद्धतिबारे जानकारी दिइनेछ। साथै, कपिङ अर्थात् विभिन्न विधिबाट उत्पादित कफीको स्वाद, सुगन्ध र बनावटको परीक्षण तथा मूल्याङ्कन गरिनेछ। कार्यक्रममा युवाको सहभागिता, गुणस्तरीय उत्पादन र… पुरा पढौ

गुणस्तरिय प्राविधिक शिक्षाका लागि विभिन्न मोडेलमा मूल्यांकन, उद्यमशीलता तालिम र व्यवसायमा लगानीको प्रतिबद्धता

पोखरा, जेठ २८ – प्राविधिक शिक्षाको गुणस्तर सुनिश्चित गर्नका लागि सीटीईभीटी गण्डकी प्रदेश कार्यालयले शिक्षालयहरूलाई विभिन्न मोडेलमा आधारित भएर मूल्यांकनको प्रक्रियामा सामेल गराउने भएको छ। पोखरामा आयोजित एक अभिमुखीकरण कार्यक्रममा गुणस्तर मापन, स्वमूल्याङ्कन, डकुमेन्टेशन, तथा सार्वजनिक सूचना प्रकाशनको आवश्यकता उल्लेख गर्दै गुणस्तरको आधारमा संस्थागत सुधार गर्ने योजना सार्वजनिक गरिएको हो। सीटीईभीटी क्वालिटी प्रोजेक्टका निर्देशक प्रमोदभक्त आचार्यले विभिन्न मोडेल अन्तर्गत शुसासन तथा व्यवस्थापन, भौतिक पूर्वाधार, मानव स्रोत, शिक्षण सिकाइ, श्रम बजारसँगको समन्वय, विद्यार्थी सहयोग, र अनुसन्धान लगायतका पक्षको मूल्यांकन गरिने बताए।… पुरा पढौ

कास्की प्रहरी परिसरमा नयाँ बहुउद्देश्यीय भवनको उद्घाटन, स्थानीय सहयोगमा सम्पन्न

पोखरा, जेठ २८, जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा नवनिर्मित दुईतले बहुउद्देश्यीय भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दिनेशकुमार आचार्यले सोमबार आयोजित एक समारोहबीच उक्त भवनको उद्घाटन गरेका हुन्। पोखरा महानगरपालिका तथा स्थानीय नागरिकहरूको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो। ३२ लाख ७४ हजार रुपैयाँको लागतमा सम्पन्न भवनको निर्माणका लागि पूर्वतयारीदेखि नै विशेष समिति गठन गरिएको थियो। समारोहमा भवन निर्माण समितिका अध्यक्ष शंकरप्रसाद बास्तोला, नेपाल प्रहरी प्रधान कार्यालयका डिआइजी ओमबहादुर राना, कास्कीका सहायक प्रमुख जिल्ला… पुरा पढौ

गण्डकीमा द्वन्द्वपीडितहरू आन्दोलनको तयारीमा, आयोग बहिष्कार गर्ने चेतावनी

दीननाथ बराल, पोखरा २८, जेठ, गण्डकी प्रदेशका ९ जिल्लाका द्वन्द्व पीडितहरूको भेलाले हाल पुनर्र गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्ण रूपमा अवैध, अपारदर्शी र दलीय भागबण्डामा आधारित भन्दै ती आयोगहरूलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् । संकटग्रस्त सङ्क्रमणकालीन न्याय प्रकृयाः अबको बाटो अवधारणाः सरकारलाई खबरदार बिषयक बुधबार पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागि गण्डकी प्रदेशका ९ जिल्लाका द्वन्द्व पीडितहरूले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्ण रूपमा अवैध, अपारदर्शी र दलीय भागबण्डामा आधारित… पुरा पढौ

पोखराको फेवातालमा प्याराग्लाइडिङ दुर्घटनाः दुई पर्यटक सहित ४ जनाको उद्धार

दीननाथ बराल,पोखरा २८, जेठ, पोखराको फेवातालमा आज(बुधबार) दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना भारतीय पर्यटक सहित ४ जनाको सकुसल उद्धार गरिएको छ । बुधबार दिउँसो करिब ३ः२० बजेको समयमा हावाको गति तिव्र भएको कारण दुई वटा प्याराग्लाईडिङले तालमा फोर्स ल्याण्डिङ गर्दा दुई जना पर्यटक सहित ४ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका अन्तर्गतको फेवा रेस्क्यु टावरमा खटिएको टोलीले पोखराक्लिकलाई जनाएको छ । फेवा रेस्क्यु सहित महावीर गण (रेन्जर) र नं. १ विपद् व्यवस्थापन… पुरा पढौ