समाज

नेपालगन्ज पोखरा स्तरीय बस सेवा संचालनको माग

नेपालगन्ज, १ असार, पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् । जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको नेपालगन्जमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा पोखरा र नेपालगन्जका ब्यबसायीले दुई शहर जोड्ने गरी पर्यटकीय बस सेवा समेत संचालन गर्नुपर्ने आबश्यकता औंल्याए । पोखरा र नेपालगंजविच जारी हवाई सेवा विस्तार गर्दै उडान संख्या बढाउनुपर्ने विषय पनि कार्यक्रममा उठेको थियो । होटल संघ पोखरा नेपालका अध्यक्ष एबं… पुरा पढौ

बास्तोलाथर टोल विकास संस्थाको अध्यक्षतामा गोपाल प्रसाद बास्तोला चयन

जया पौडेल,पोखरा, जेठ ३१, पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको बास्तोलाथर टोल विकास संस्थाको अध्यक्षतामा गोपाल प्रसाद बास्तोला चयन हुनु भएको छ । शनिबार पोखरामा सम्पन्न भएको बास्तोलाथर टोल विकास संस्थाको साधारण सभा तथा अधिवेशनले गोपालको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ध्रुव गुरुड, सचिवमा प्रकाश वास्तोला, कोषाध्यक्षः गणेश प्रसाद कोइराला, सह–सचिवमा विनिता कोइराला, र सदस्यहहरुमा युवराज वास्तोला अम्बिका कोइराला, पोष्टराज दाहाल, मनोज सापकोटा, गणेश प्रसाद कुंवर, हुतानन्द पाण्डे, मन्जु सिंह हमाल र शेर… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेजमा सफल व्यवसायी र विद्यार्थीवित्र अन्तरक्रिया

पोखरा÷जेष्ठ ३१, त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ ले सफल व्यवसायी र विद्यार्थीहरुका विच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै सफल व्यवसायी नारायण प्रसाद पौडेलले विदेशमा सिप सिकेर आफ्नो मातृभूमिलाई पछ्याउँदै नेपालमा फर्केर व्यवसाय संचालन गरेको बताउनु भयो । उहाँले जापानको लामो बसाईपछि नेपालमै केही गरौ भन्ने उदेश्ले फर्केर शिक्षा, अटो र स्वास्थ्य क्षेत्रमा लगानी गरेको उल्लेख गर्नु भयो । उहाँले नेपालमै उद्यमशिलताको संभावना रहेको स्पष्ट पार्दै, त्यसका लागि आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न सकिने बताउनु भयो ।… पुरा पढौ

पोखरामा एक होटलको छतबाट खसेर एक महिलाको मृत्यु

दीननाथ बराल, पोखरा ३१, जेठ, पोखराको एक होटलको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१०, रानीवन घर भएकी ३२ वर्षीया सरीता भण्डारी पोखरा महानगरपालिका–६ जरेवरमा रहेको होटल रुद्राक्षको पाचौं तलाबाट खसेर गम्भिर घाइते भई उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । छतबाट खसेर गम्भिर घाइते हुनु भएको भण्डारीको गण्डकी मेचकलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताउनु भयो । बुटवलबाट जेठ २९ गते दुई छोरा र श्रीमान सहित पोखरा… पुरा पढौ

गण्डकीको बजेट खर्च ११ महिनामा ५० प्रतिशत भन्दा कम

दीननाथ बराल, पोखरा ३१, जेठ, गण्डकी प्रदेश सरकारले यस चालु आर्थिक वर्ष ०८१÷०८२ को ११ महिनामा जम्मा ४६.७० प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेश सरकारले हालसम्म १५ अर्ब ४० करोड २८ लाख ७ हजार ७ सय ५८ रुपैया अर्थात ४६.७० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय गण्डकीका सूचना अधिकारी सुदिप गौतमले पोखराक्लिकलाई बताउनु भयो । कुल खर्चमध्ये चालुतर्फ ६ अर्ब १५ करोड एक लाख ७० हजार ६ रुपैया अर्थात ४६.८३ प्रतिशत र पुँजीगततर्पm ९ अर्ब २५… पुरा पढौ

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ

पोखरा, जेठ ३१, पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा शनिबारदेखि गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता दुइदिनसम्म चल्नेछ । विद्यालयले आयोजना गरेको यो तेश्रो संस्करण हो । प्रतियोगिता संयोजक विष्णुप्रसाद गौतमका अनुसार प्रतियोगितामा विभिन्न ७८ वटा टिमले सहभागिता जनाएका छन । ७८ वटा टिममा २ सय ३४ जना विद्यार्थी सहभागि छन् । हरेक टिममा ३ जनाको दरले विद्यार्थीले प्रतियोगितामा भाग लिएका छन । ‘एसइइ परीक्षा दिएर फुर्सदिला भएका विद्यार्थीलाई पढाईमा… पुरा पढौ

पोखरामा निःशुल्क स्वास्थ्य शिविर, दुई सय ३७ जना लाभान्वित

पोखरा,३१ जेठ, पोखरामा आज आयोजना गरिएको निःुशल्क स्वास्थ्य शिविरमा दुई सय ३७ जना लाभान्वित भएका छन् ।पोखरा महानगरपालिका वडा नं ४ को कार्यालय र नेशनल प्याथ ल्यावद्धारा गणेशटोलको शहरी स्वास्थ्य सेवा केन्द्रमा मधुमेह र मृगौला सम्बन्धी निःशुल्क जाँच गरिएको थियो । त्यसैगरी स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रममा ल्यावका तर्फबाट अन्य परीक्षणहरुमा समेत विशेष छुट प्रदान गरिएको नेशनल प्याथ ल्याब पोखरा शाखाका प्रमुख अच्युतराज अधिकारीले जानकारी दिनुभयो ।स्वास्थ्य शिविरको सोही वडाका वडाध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गर्दै उहाँले वडावासीको हितका लागि… पुरा पढौ

साढे २ सय जनाको मधुमेह र टिजी जाँच

पोखरा, ३१ जेठ, अधिकृत बिक्रेता संघका सदस्यसहित दुई सय ४५ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) र युरिक एसिड जाँच गरिएको छ । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार शिविर भएको हो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह, युरिक एसिड, टिजी लगायतका समस्याबारे प्रकाश पारे । उनले समाजमा चलेका भ्रमको पछि नलाग्न अनुरोध गर्दै बेला बेलामा स्वास्थ्य परीक्षण गर्न र चिकित्सकको… पुरा पढौ

कोटीहोममा नौ करोड रुपैयाँ संकलन

पोखरा, श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए । संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने प्रण गरे… पुरा पढौ

एपिएफलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि,एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित

दीननाथ बराल पोखरा २९, जेठ, शसस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट… पुरा पढौ