गण्डकीको बजेट खर्च ११ महिनामा ५० प्रतिशत भन्दा कम

-


     पोखरा क्लिक     
     जेठ ३१ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३१, जेठ,

गण्डकी प्रदेश सरकारले यस चालु आर्थिक वर्ष ०८१÷०८२ को ११ महिनामा जम्मा ४६.७० प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेश सरकारले हालसम्म १५ अर्ब ४० करोड २८ लाख ७ हजार ७ सय ५८ रुपैया अर्थात ४६.७० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय गण्डकीका सूचना अधिकारी सुदिप गौतमले पोखराक्लिकलाई बताउनु भयो ।

कुल खर्चमध्ये चालुतर्फ ६ अर्ब १५ करोड एक लाख ७० हजार ६ रुपैया अर्थात ४६.८३ प्रतिशत र पुँजीगततर्पm ९ अर्ब २५ करोड २६ लाख ३७ हजार ७ सय ५६ अर्थात ४७.३६ प्रतिशत बजेट खर्च गरेको उहाँले जनाउनु भयो । चालु आर्थिक वर्षमा गण्डकीले पुँजीगत तर्फ १९ अर्ब ५३ करोड ८७ लाख ९३ हजार, चालुतर्फ १३ अर्ब १३ करोड ९७ लाख ८२ हजार र वित्तिय व्यवस्थापनतर्फ ३० करोड गरि कुल ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट विनियोजन गरेको थियो ।

यसै गरि प्रदेशको आन्तरिक आयतर्फ गण्डकीले ५ अर्ब १७ करोड संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ३ अर्ब २९ करोड ९१ लाख ३३ हजार १ सय ४६ रुपौया संकलन गरेको गौतमले उल्लेख गर्नुभयोे । संकलन भएको आन्तरिक आय सरकारको लक्ष्यको ६३.६३ प्रतिशत रहेको हो ।

आउदो असार १ गते गण्डकी प्रदेश सरकारले पनि आर्थिक बर्ष ०८२÷०८३ को बजेट ल्याउने भएको छ । यस बर्ष बजेट शिलिङ चालु बर्षको भन्दा केही कम हुने भएको आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले बताउनु भयो । उहाँका अनुसार यस बर्ष करिब २९ अर्ब ३० करोडको बजेट आउने भएको छ । बहुवर्षे योजनाहरु धेरै रहेकाले बजेट खर्च यस बर्ष पनि सुधार हुन नसकेको मन्त्री डा.गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो “पूर्वतयारी बिना गरिने विनियोजनका कारण पनि खर्च कम भएको छ, विकास बजेट खर्चका लागि केही कठिनाइहरु पनि छन्। ”