दीननाथ बराल, पोखरा ४, असार, पोखरा महानगरपालिका ३१ बेगनासताल र रुपाताल नजिक पचभैयाको डाँडामा हिमालयन फरेष्ट रिसोर्ट हालै संचालनमा आएको छ । पोखराको मुख्य बजार देखि केही शान्त र तालतलैयाको क्षेत्रमा हरियाली वातावरणमा प्रकृति प्रेमी पर्यटकहरुलाई लक्षित गरी उक्त रिसोर्ट हालै संचालनमा ल्याईएको पोखराका एक युवा व्यवसायी प्रमोद भण्डारीले पोखराक्लिकलाई बताए । पोखराको दोस्रो ठूलो ताल बेगनास, रुपाताल सहितका अन्य ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा दिने उद्धेश्यले आफुले सो क्षेत्रमा उक्त रिसोर्ट सञ्चालन गरेको उनले जनाए…
पुरा पढौ