समाज

सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व कायम

पोखरा, सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको हो । प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो । प्रतियोगितामा… पुरा पढौ

श्रवण कुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घघाटनप्रदेश सरकारको औचित्य झनै बढ्दो मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारको औचित्य झनै बढ्दै गएको बताउनुभएको छ। प्रदेश सरकारको औचित्य माथि प्रश्न उठिरहेको बेला मन्त्री थापाले विकास निर्माण र जनताका प्रतक्ष्य सरोकारका विषयलाई सम्बोधन गर्न पनि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको दावी गर्दै, यसको औचित्य झनै बढेको बताउनुभयो। प्रदेश खारेजीको माग गर्नेलाई आफुहरुले कामबाटै जवाफ दिएको र सो माग औचित्यहिन रहेको तर्क गर्नुभयो। पोखराको बाटुलेचौर स्थित बडहरवोटम निर्माण भएको श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रको भवन उदघाटन गर्दै उहाँले… पुरा पढौ

पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न व्यवसायीको पदयात्रा

पोखरा, २४ जेठ, पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायीले पदयात्रा गरेका छन् । भिजिट पोखरा २०२५ को आयोजनामा भएको कार्यक्रममा पोखराका विभिन्न संघ संस्थाका अध्यक्ष र पर्यटन व्यवसायीको सहभागीता रहेको थियो । मकनपुरमा भएका होमस्टे, पञ्चासे क्षेत्रमा रहेका धार्मिक, सास्कृतीक र होमस्टेहरुको प्रवद्र्धन गर्न उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । भिजिट पोखरा २०२५ कार्यान्वयन समितिका संयोजक गोपी भट्टराईले पञ्चासे क्षेत्रमा रहेका ग्रामीण होमस्टेले पर्यटकलाई स्थानीय जीवनशैली जान्ने बताए । उनले मौलिक सांस्कृतिक प्रस्तुति र परम्परागत जडीबुटीहरु… पुरा पढौ

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिभा मावि र सृजना मावि भिड्ने

पोखरा, जेठ २४, पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको उपाधिका लागि प्रतिभा मावि र सृजना मावि भिड्ने भएका छन् । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शनिबार भएको सेमीफाइनल खेलहरुमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरी स्कुल र सृजना माविले मदरल्याण्ड सेकेण्डरी स्कुललाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त आईतबार हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरीलाई ९… पुरा पढौ

एन प्याब्सनको अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिल साइड प्रथम

पोखरा, नेशनल प्याब्सन कास्कीको आयोजनमा शुक्रबार अंग्रेजी भाषा ज्ञान प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा हिल साइड इङ्लिस सेकेण्डरी स्कुल प्रथम, कास्की मोडर्नाइज्ड एकेडेमी द्धितीय, नेशनल क्रियशन एकेडेमी तृतीय, लाविन रेसिडेन्सियल स्कुल सान्त्वना, अक्सफोर्ड पाँचौ र ओएसिस सेकेण्डरी स्कुल छैटौ भएका छन् । विजयी विद्यालय र विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । एन प्याव्सनको वार्षिक कार्यतालिका अनुसार विद्यार्थीका अन्तर निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा एन प्याव्सनमा आवद्ध कक्षा १ देखि ५ सम्मका ३३… पुरा पढौ

कोटिहोममा भक्तजनको उल्लेखनिय सहभागिता ,२१ करोड दीप प्रज्वलनको दाबी

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अहिले सम्म यत्तिको उपस्थित भएको छैन । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका झन्डै ५ लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको छ । कोटिहोममा देशभर भरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो । जसले गर्दा आयोजकलाई… पुरा पढौ

जेष्ठ नागरिकलाई बागलुङ कालीका र पञ्चकोटको तीर्थ यात्रा

पोखरा, २४ जेठ, कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडा भित्रका जेष्ठ नागरिकलाई तिर्थ यात्रा गराएको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठ नागरिकलाई बागलुङ कालीका र पञ्चकोटको तीर्थ यात्रामा पठाएको हो । दुईवटा वस मार्पmत एकदिने तिर्थ यात्रामा निस्केका जेष्ठनागरिकलाई वडाअध्यक्ष राधिका शाही योगीले वडाकार्यालयमा जम्मा भएका जेष्ठ नागरिकलाई खादा लगाएर विधाई गर्नु भएको थियो । उहाँका अनुसार जेष्ठनागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै अग्रजमा रहेको ज्ञान, सिप, क्षेमता र… पुरा पढौ

७ औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप पोखरामा सुरु, पहिलो दिन गण्डकीको काश्य जित

पोखरा, जेठ २३ – पोखरामा सुरु भएको ७औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ अन्तर्गत शुक्रबार पहिलो दिनको खेलहरू सम्पन्न भएका छन्। प्रतियोगितामा गण्डकी प्रदेशका टिमहरूले केही इभेन्टमा काश्य पदक जितेका छन्। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु भएको प्रतियोगितामा रिकर्व, कम्पाउण्ड र स्ट्यान्डर्ड तीन विधा अन्तर्गत पुरुष तथा महिला खेलाडीहरूबीच र्‍याङ्किङ राउण्ड र केही सेमिफाइनल खेलहरू सम्पन्न भएका हुन्। रिकर्व मेन्स इन्डिभिजुअलतर्फ नेपाल पुलिस क्लबका तिलक पुन ३०० मध्ये २८५ अंकसहित शीर्ष स्थानमा रहे। गण्डकी ‘ए’ का अशिम शेरचन २७८ अंकसहित… पुरा पढौ

विकासशील राष्ट्रमा नेपालको स्तरोन्नति महत्वपूर्ण अवसरः प्रदेश प्रमुख भट्ट

पोखरा, २३ जेठ, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिलाई महत्वपूर्ण अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ । सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रमा सूचीकृत हुँदै गर्दा गण्डकी प्रदेशमा आयोजित ‘स्तरोन्नतिको अवधारणा, आगामी कार्यदिशा, अवसर, चुनौती, रणनीतिक कार्ययोजना र सरोकारवालाहरूको भूमिका विषयक’ अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । ‘अब विश्वमानचित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचिकृत गर्न नेपाल अघि बढेको छ । यो अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उँचो बनाउने महत्वपूर्ण अवसर हो… पुरा पढौ

फेवाताल संरक्षणको अभियान अन्र्तगत सीमाङ्कन कार्य जारी, हालसम्म ८७ सीमा स्तम्भ गाडियो

पोखरा, जेठ २३, सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको सीमाङ्कन कार्य तीव्र पारिएको छ । हालसम्म तालको विभिन्न स्थानमा ८७ वटा सीमा स्तम्भहरू गाडिएका छन्। शुक्रबार नेपाल पर्यटन बोर्डको कार्यालय र ड्यामसाइड पार्क परिसरमा स्तम्भहरू गाडिएको महानगरीय प्रहरी प्रमुख पुरुषोत्तम थापाले पोखराक्लिकलाई जानकारी दिनुभयो। पोखरा महानगरपालिका, गण्डकी प्रदेश र संघ सरकारको संयुक्त पहलमा १८ महिनाको अध्ययनपछि सीमाङ्कन कार्य सुरु गरिएको हो। तालको सीमामा कुल १,०५५ वटा डिजिटल पिल्लर गाड्ने योजना छ। पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार, तालको हालको क्षेत्रफल ६।३४३… पुरा पढौ