फेवाताल संरक्षणको अभियान अन्र्तगत सीमाङ्कन कार्य जारी, हालसम्म ८७ सीमा स्तम्भ गाडियो

-


     पोखरा क्लिक     
     जेठ २३ गते २०८२ मा प्रकाशित


पोखरा, जेठ २३,

सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको सीमाङ्कन कार्य तीव्र पारिएको छ । हालसम्म तालको विभिन्न स्थानमा ८७ वटा सीमा स्तम्भहरू गाडिएका छन्। शुक्रबार नेपाल पर्यटन बोर्डको कार्यालय र ड्यामसाइड पार्क परिसरमा स्तम्भहरू गाडिएको महानगरीय प्रहरी प्रमुख पुरुषोत्तम थापाले पोखराक्लिकलाई जानकारी दिनुभयो।

पोखरा महानगरपालिका, गण्डकी प्रदेश र संघ सरकारको संयुक्त पहलमा १८ महिनाको अध्ययनपछि सीमाङ्कन कार्य सुरु गरिएको हो। तालको सीमामा कुल १,०५५ वटा डिजिटल पिल्लर गाड्ने योजना छ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार, तालको हालको क्षेत्रफल ६।३४३ वर्गकिमी ९१२,४६८ रोपनी ३ पैसा ३ दाम० कायम छ भने ६५ मिटरको मापदण्ड अनुसार कुल क्षेत्रफल ७।६१६ वर्गकिमी ९१४,९७० रोपनी० पुग्नेछ। ड्रोन र डिजिटल प्रविधिबाट विस्तृत नापजाँच सम्पन्न भइसकेको छ।

सर्वोच्च अदालतले २०८० असार ४ गते दिएको आदेशको पूर्णपाठ २०८० असोज ९ गते आएको थियो, जसमा ताल क्षेत्रभित्रका सबै संरचना ६ महिनाभित्र हटाउन निर्देशन दिइएको छ। सीमाङ्कनपछि जग्गाको स्वामित्वको अवस्था अध्ययन गरिने र आवश्यक भए क्षतिपूर्ति दिइने मेयर आचार्यले बताउनुभयो।

यसअघि विभिन्न समयमा गरिएको नापजाँच अनुसार फेवातालको क्षेत्र संकुचित हुँदै आएको पाइएको थियो। अबको सीमाङ्कनले ६५ मिटरको हरित क्षेत्र कायम गर्दै अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिने बताइएको छ।
यसको बिषयमा बिरोध र समर्थन गरी मिश्रित स्वरहरु आएको छ ।