जेष्ठ नागरिकलाई बागलुङ कालीका र पञ्चकोटको तीर्थ यात्रा

-


     पोखरा क्लिक     
     जेठ २४ गते २०८२ मा प्रकाशित


पोखरा, २४ जेठ,

कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडा भित्रका जेष्ठ नागरिकलाई तिर्थ यात्रा गराएको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठ नागरिकलाई बागलुङ कालीका र पञ्चकोटको तीर्थ यात्रामा पठाएको हो । दुईवटा वस मार्पmत एकदिने तिर्थ यात्रामा निस्केका जेष्ठनागरिकलाई वडाअध्यक्ष राधिका शाही योगीले वडाकार्यालयमा जम्मा भएका जेष्ठ नागरिकलाई खादा लगाएर विधाई गर्नु भएको थियो ।

उहाँका अनुसार जेष्ठनागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै अग्रजमा रहेको ज्ञान, सिप, क्षेमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति प्रत्येक परिवारले श्रद्धा, आदर तथा सद्भाव सहितको व्यवहार गर्नु अपरिहार्य छ । स्थानीय तहले नागरिकको जीवन यापनमा समस्या देखेमा निजको सन्तान वा नागरिकको हकवालाको आयश्रोतवाट केही प्रतिशत कटौती गरि सम्वन्धित व्यक्तिको खातामा जम्मा गर्ने संवैधानिक निती रहेको उहाँले जानकारी दिनुभयो । वडा सदस्यहरु विक्रम गुरुङ, विष्णुमाया थापा र तारासेवा एवम् सुचना अधिकृत रुद्रथापा मगर र प्राविधिक हरिहर खड्काले तिर्थयात्रामा सहभागिहरु सेवा पु¥याउँनु भएको थियो ।

यात्रा टोली आजै पोखरा फर्कने कार्यक्रम रहेको छ । वडा कार्यालयले जेष्ठनागरिकको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको छ । यसअघि पनि चितवनको देवघाट र नवलपुरको मौलाकालीकाको तिर्थयात्रा सम्पन्न गर्नुको साथै वडा भित्रका दिवासेवा केन्द्रलाई समेत सहयोग गर्दै आएको छ ।