समाज

हिमालय एयरलाइन्सको १०औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, जेठ २३, नेपालको प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव काठमाडौंमा एक समारोहको आयोजना गर्दै मनाएको छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चीन जनवादी गणतन्त्रको दूतावास, र नागरिक उड्डयन प्राधिकरण नेपाल (CAAN) का विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। समारोहका प्रमुख अतिथि चीनका नेपालस्थित राजदूत महामहिम चेन् सोंग रहेका थिए। अन्य विशिष्ट अतिथिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव श्री मुकेश डंगोल र नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक श्री देवचन्द्रलाल कर्ण रहनुभएको थियो। कार्यक्रममा वक्ताहरूले… पुरा पढौ

कालिदासको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थ विमोचन

पोखरा , २३ जेठ, त्रिभुवन विश्वविद्यालयका निवृत उपप्राध्यापक कालिदास शर्मा तिमिल्सिनाको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थको विमोचन गरिएको छ । नेपाल नाट्यप्रतिष्ठान पोखरा, नेपालले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ग्रन्थको विमोचन गरेका हुन् । ६७८ पृष्ठको सो ग्रन्थमा सर्जक पर्वत जिल्लाको मोदी गाउँपालिका ७ अन्र्तगत राम्जा देउराली घर भै हाल पोखरा चाउथे बस्दै आएका तिमिल्सिनाको आत्मकथा र आत्मबोध सगै तिमिल्सिनाको बारेमा परिवारजनका, स्वजनका, जन्मस्थानका साथीभाई र छिमेकी, नवजागृत मावि पर्वतका… पुरा पढौ

पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगितामा भोलि सेमीफाइनलका खेलहरु हुने

पोखरा, जेठ २३, पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको सेमीफाइनल समीकरण पूरा भएको छ । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शुक्रबार समूह ‘डी’ अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा सृजना माविले अमरसिंह माविलाई ५ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेसँगै सेमीफाइनल पुग्ने सबै टिमको टुंगो लागेको हो । यसअघि समूह ‘ए’बाट मदरल्याण्ड, समूह ‘बी’बाट रत्न ज्योति र समूह ‘सी’बाट प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिता अन्तर्गत शनिबार सेमीफाइनलका खेलहरु हुने आयोजक पोखरा… पुरा पढौ

प्रशासनिक संरचना पूनरावलोक समितिले मुख्यमन्त्रीलाई प्रतिवेदन बुझायो

गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष शुक्रवार प्रतिवेदन पेश गरेको छ । प्रादेशिक संरचना पूनरावलोकन गर्न गठित समितिका संयोजक शरदचन्द्र पौडेलले तीन सय २४ पृष्ठको प्रतिवेदन शुक्रवार मन्त्री र सचिवहरुको उपस्थितिमा मुख्यमन्त्री समक्ष बुझाएका हुन् । समितिका संयोजक पौडेलले कुनैपनि दवाव, प्रभाव, आग्रह पूर्वाग्रह विना प्रदेश सरकारको एक सय ७४ वटा संगठन संरचनाको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताए । ‘यो प्रतिवेदनले प्रदेश सरकारले चाहेजस्तो आफ्ना संरचनालाई चुस्त… पुरा पढौ

टान गण्डकीको आयोजनामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम हुने

पोखरा, २३ जेठ, पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम संचालन हुने भएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको आयोजना गरिएको टान गण्डकीका द्धितिय उपाध्यक्ष एवं तालिम संयोजक मोहन प्रसाद सुवेदीले जानकारी दिए । तालिमका लागि दरखास्त आह्वान गरिएकोमा शुक्रबार भएको अन्तरबार्ताबाट ३ सय ५० जना छनोट भएको सुवेदीले बताए । तालिम पोखरा महानगरपालिका वाडानम्बर ६ मा रहेको बाराही माध्यामिक विदालयमा हुने छ… पुरा पढौ

कोटीहोममा भोलि २१ करोड दीप प्रज्ज्वलन गर्ने दाबी

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन गरिने दाबी गरिएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ । मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गर्नु भएको छ । शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे प्रज्ज्वलन गरिने थापाले बताए । शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेलिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक… पुरा पढौ

पर्वतीय संग्रहालयमा हर्जाेगको आइस एक्स र सालिक

पोखरा, २३ जेठ, पर्यटन राजधानी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा नयाँ आकर्षण थपिएको छ । ७५ वर्षअघि अन्नपूर्ण हिमाल प्रथम पटक आरोहण गर्ने मौरिस हर्जाेगको आइस एक्स (हिउँ काट्ने औजार) बिहीबार उनका छोरा माथियसले सङ्ग्रहालयलाई हस्तान्तरण गरे । स्विटजरल्यान्डको ओलम्पिक म्युजियमबाट ल्याइएको आइस एक्स अबको एक वर्ष यहाँ राखिनेछ । झ्यालबाट अन्नपूर्ण हिमाल देखिने सङ्ग्रहालय नै आइस एक्सका लागि सबैभन्दा उपयुक्त स्थान भएको माथियस बताउँछन् । अन्नपूर्ण आरोहणको हिरक महोत्सवमा सहभागी हुन सपरिवार नेपाल आएका माथियससहित संघीय संस्कृति पर्यटन तथा… पुरा पढौ

प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ हुने

पोखरा, जेठ २३, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले गण्डकी प्रदेशस्तरिय क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२ आयोजना गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आउँदो असार १ देखि ७ गतेसम्म विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता हुने विद्यालयले बताएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र असार ७ गते हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन । यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता हुने प्राचार्य… पुरा पढौ

नेपाल खेलकुद महासङ्घ गण्डकीको दोस्रो अधिवेशन जेठ ३०–३१ गते पोखरामा हुने

दीननाथ बराल, पोखरा, २२ जेठ, नेपाल खेलकुद महासङ्घ गण्डकीको दोस्रो अधिवेशन यही जेठ ३० र ३१ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्ला र ७ वटा खेलका प्रतिनिधिहरू गरी करिब १ सय ५० जनाको सहभागितामा उक्त अधिवेशन हुने तयारी गरिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । महासंघका केन्द्रीय सचिव बिष्णु पुनले अधिवेशनमा दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने बताउदै नेतृत्व चयन सर्वसम्वत हुने दाबी गर्नुभयो । यसअघि महासंघले दुई वटा खेलकुद… पुरा पढौ

टेवानद्वारा पर्यटनकर्मी तुलाचन र गुरूङ पुरस्कृत

पोखरा, २२ जेठ, यस वर्षको ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका २ जना पर्यटनकर्मी पुरस्कृत भएका छन् ।पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० को सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन अवसरमा बिहीबार आयोजित समारोहमा अग्रज पर्यटन उद्यमी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङ पुरस्कृत भएका हुन् । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उनीहरूलाई नगद १५ हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरे । सो अवसरमा संस्थाको स्मारिका ‘परिकल्पना’ पनि विमोचन… पुरा पढौ