
पोखरा, जेठ २३,
पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको सेमीफाइनल समीकरण पूरा भएको छ । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शुक्रबार समूह ‘डी’ अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा सृजना माविले अमरसिंह माविलाई ५ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेसँगै सेमीफाइनल पुग्ने सबै टिमको टुंगो लागेको हो ।
यसअघि समूह ‘ए’बाट मदरल्याण्ड, समूह ‘बी’बाट रत्न ज्योति र समूह ‘सी’बाट प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिता अन्तर्गत शनिबार सेमीफाइनलका खेलहरु हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । उनका अनुसार शनिबार पहिलो सेमीफाइनल खेल प्रतिभा मावि र रत्न ज्योति सेकेण्डरी स्कुल तथा दोस्रो खेल मदरल्याण्ड मावि र सृजना माविबीच प्रतिष्पर्धा हुनेछन् ।
शुक्रबारको अन्तिम सेमीफाइनल खेलमा सृजना माविले अमरसिंह माविलाई ५ विकेटले पराजित ग¥यो । सृजना माविले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा आएको अमरसिंह माविले निर्धारित २० ओभरमा ६ विकेटको क्षेतीमा १३६ रनको योगफल तयार गरेको थियो । अमरसिंह माविका लागि सत्कार चालीसेले ४७ रनको योगदान दिए । अमरसिंहलाई सस्तैमा समेट्न सृजना माविका समीर यादव एक्लैले ३ विकेट लिए ।
१३७ रनको मध्यम लक्ष्य पछ्याएको सृजना माविले १८.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै सेमीफाइनल यात्रा तय ग¥यो । सृजना माविका लागि अभिनय विकले ४२ रनको योगदान दिए । अमरसिंह माविका सुकी यादवले २ विकेट लिएपनि जित दिलाउन सकेनन् । सो खेलमा सृजना माविका अभिनय विक प्लेयर अफ दी म्याच घोषित भए ।
यसअघि समूह ‘डी’ कै खेलमा सृजना माविले नै न्यूलाइट सेकेण्डरी स्कुललाई ७४ रनले पराजित गर्दै सेमीफाइनल पुग्ने बाटो खोलेको थियो । टस जितेर पहिलो व्याटिङ गरेको सृजना माविले १३ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै ६ विकेटको क्षेतीमा ११२ रन बनाएको थियो । सृजनाका लागि ईश्वर चन्द्र सुवेदीले २५ रनको योगदान दिए । सृजनालाई दवाबमा राख्ने क्रममा न्यूलाईटका सन्दीप सुवेदीले २ विकेट लिएका थिए ।
११३ रनको मध्यम लक्ष्य पछ्याएको न्यूलाईट ९.४ ओभरमा अलआउटहुँदै केवल ३८ रनमा सिमित भएपछि पराजित भयो । न्यूलाईटका कसैलेपनि उत्कृष्ट प्रदर्शन नगर्दा झिनो रनमा समेटिएको हो । न्यूलाईटलाई सस्तैमा समेट्न सृजनाका सचिन शर्मा र विशाल ढकालले ३÷३ विकेट लिए । सो खेलमा सृजनाका विशाल ढकाल प्लेयर अफ दी म्याच घोषित भए ।
अर्को खेलमा वाराही माविले त्रिवेणी पव्लिक स्कुललाई ११८ रनले पराजित ग¥यो । टस जितेर पहिलो व्याटिङ गरेको वाराही माविले १९ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै ४ विकेटको क्षेतीमा १६२ रनको योगफल तयार ग¥यो । वाराहीका मनोज घर्ती मगरले ३२ तथा अभिषेक अधिकारीले १८ रनको योगदान दिए ।
१६३ रनको लक्ष्य पछ्याएको त्रिवेणी पव्लिक ९.४ ओभरमा केवल ४४ रनमा समेटिएपछि वाराही मावि बिजयी भयो । त्रिवेणीलाई सस्तैमा समेट्ने क्रममा वाराहीका अभिषेक अधिकारी एक्लैले ४ विकेट तथा विवेक विकले ३ विकेट लिएका थिए । सो खेलमा विवेक विक प्लेयर अफ दी म्याच घोषित भए ।





