समाज

मिनि वार, वाथरुम सहितको सुपर डिलक्स बस सेवा पोखरा हेमजा देखि काठमाडौँ भक्तपुरसम्म सरर ..

दीननाथ बराल,पोखरा १४, असार, पर्यटनको राजधानि पोखरा देखि काठमाण्डौं रुटमा कोइली ट्राभल्सले मिनिवार, साथरुम सहितको नयाँ सुपर डिलक्स बस सेवा सञ्चालनमा ल्याएको हो । पोखराको हेमजा बाट काठमाडौँ भक्तपुर सम्मका लागि कम्पनीले एक साता अघि देखि उक्त बस सेवा संचालन गर्दै आएको सञ्चालक मेघराज त्रिपाठीले पोखराक्लिकलाई बताउनु भयो ।विगत ७ महिना देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएको कोइली ट्राभल्सले अघिल्लो आइतबार देखि दिवा सेवा समेत संचालन गरेको हो । यात्रुको माग र चापका कारण आफुहरुले थप सेवा विस्तार गरेको… पुरा पढौ

एपिएफले जित्यो प्रथम गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि

पोखरा १४, असार, शसस्त्र प्रहरी वलको एपिएफ क्लवले प्रथम गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि चुमेको छ । पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई फाइनल खेलमा १७ का बिरुद्ध ३१ गोल गरी उपाधि चुमेको हो । उपाधिसँगै एपिएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । शनिबार सेमीफाइनलसँगै तेस्रो स्थान र फाइनल खेल भएका थिए । सेमीफाइनलमा एपिएफले कोशी… पुरा पढौ

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशद्धारा मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण

पोखरा, मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । एकेडेमीले मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुलाई सहयोग स्वरुप चामल, दाल, नुन, तेल, आलु लगायतका खाद्यान्न सामाग्री प्रदान गरेको हो । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका एमाले दलका नेता तथा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीले जनताको बहुदलिय जनवादको प्रतिपादक मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले मानव सेवा आश्रममा आश्रितहरुलाई खाद्यान्न… पुरा पढौ

भद्रकाली माविका ४ जनाले ल्याए फो जिपिए, ८६ विद्यार्थी उत्तीर्ण

पोखरा, असार १४, पोखरा–१३ स्थित भद्रकाली माध्यमिक विद्यालयका बिद्यार्थीहरुले यस बर्षको एसईई (२०८२) मा ४ जनाले फो जिपिए ल्याउनु भएको छ । सृष्टि अधिकारी, प्रेरना परियार, सिजन ढेवाजु र प्रिया मगरले फो जिपिए ल्याउनु भएको बिद्यालयले जनाएको छ । यस बर्षको एसईईमा १ सय जना बिद्यार्थीहरु सहभागि भएकोमा ८६ जना विद्यार्थी उत्तीर्ण हुनु भएको छ, जसमा २० जनाले ३.६० भन्दा माथि ल्याउनु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार… पुरा पढौ

पोखरा सहित कास्कीका कुन कुन बिद्यालयका कति बिद्यार्थीले प्राप्त गरे फो जिपिए !

पोखरा १३, असार, पोखराको मदरल्याण्ड स्कुलका ११ जना बिद्यार्थीहरुले यस बर्षको एसईई परिक्षामा फोजिपिए ल्याउनु भएको बिद्यालयका प्राचार्य नारायण बरालले बताउनु भयो । त्यसै गरी पोखराको फिस्टेल एकेडेमीका ४ जना बिद्यार्थीले फो जिपिए ल्याउन सफल भएको बिद्यालयका प्रिन्सिपल चिनु रानाभाटले बताउनु भयो । त्यसै गरी भद्रकालि माध्यामिक बिद्यालयबाट ४ जनाले फो जिपिए ल्याएको बिद्यालयले बताएको छ । सृष्टि अधिकारी, प्रेरना परियार, सिजन ढेवाजु र प्रिया मगरले फो जिपिए ल्याउनु भएको बिद्यालयका शोभाकान्त सिग्देलले बताउनु भयो । जनप्रिय माविका ४ विद्यार्थीले… पुरा पढौ

एसईईमा मदरल्याण्ड माविको ऐतिहासिक सफलता, ११ विद्यार्थीले ल्याए ४ जीपीए

पोखरा, १३ असार, पोखरा–७ मासबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयले एसइई २०८१ को परीक्षामा नेपालमै उत्कृष्ट नतिजा हासिल गरेको छ । हालसम्म प्राप्त विवरण अनुसार विद्यालयका ११ जना विद्यार्थीले पूर्ण ४ जीपीए ल्याउन सफल भएको बिद्यालय परिवारले जनाएको छ । ४ जीपीए ल्याउने विद्यार्थीहरूमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मी रहेको बिद्यालयका विद्यालयका प्राचार्य नारायण बरालले पोखराक्लिकलाई बताउनु भयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष… पुरा पढौ

कुमुदिनी होम्सको साहित्यिक मञ्चको अध्यक्षमा योमन श्रेष्ठ र पदाधिकारी निर्वाचित चयन

पोखरा, १३ असार, पोखरा महानगरपालिका वडा नं ३ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा नर्विाचन शिक्षण सिकाईपछि देशको संघ, प्रदेश र स्थानीय निर्वाचन प्रणाली अनुसार कुमुदिनी साहित्यिक मञ्च गठन गरिएको छ । मञ्चको अध्यक्षमा कक्षा १२ व्यवस्थापनका योमन श्रेष्ठ निर्वाचित भएका छन् । चरा पार्टीका श्रेष्ठले ११८ मत पाएर चयन भएका छन् । उपाध्यक्षमा कक्षा १० ग का कलम पार्टीका प्रतिक पौडेलले १०० मत पाएर निर्वाचित भएका छन् । सचिवमा कक्षा ९ क का चरा पार्टी लियोन पुनले १११ मत… पुरा पढौ

तस्विरमा पोखरा–९’फोटो प्रदर्शनीमा उल्लेखनिय सहभागिता, (भिडियो सहित)

दीननाथ बराल,पोखरा १३, असार, नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको आयोजनामा ‘तस्विरमा पोखरा–९’फोटो प्रदर्शनी भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा शुक्रबार महेन्द्रपुलस्थित झण्डा पार्क नजिकैको फल्चामा फोटो प्रदर्शनी भएको नपीजेए कास्कीका अध्यक्ष राम गुरुङले पोखराक्लिकलाई जानकारी दिए । https://www.youtube.com/watch?v=dJe6w8Q2J88 उक्त कार्यक्रममा फोटो अवलोकन गर्नेहरुको उल्लेखनिय सहभागिता रहेको उनले दाबी गरे । प्रदर्शनीमा पोखरा महानगरपालिका–९ क्षेत्रसँगै पोखराको ऐतिहासिक, पर्यटकीय र समसामायिक विषय झल्कने फोटो राखिएको र फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य… पुरा पढौ

राष्ट्रिय महिला ह्याण्डबलमा लिग चरणका खेल सकिए, सेमिफाइनल र फाइनल भोलि

पोखरा १३, असार, पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता २०८२ मा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन एवं बुल्समेन क्लबको सहयोगमा जारि प्रतियोगितामा शुक्रबार ६ खेल सकिएसँगै लिग चरण सम्पन्न भएको हो । प्रतियोगितामा एपिएफ र आर्मी आ–आफ्नो समूहमा विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् भने आयोजक गण्डकी प्रदेश र कोशी उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरे । शुक्रबार समूह ‘ए’ तर्फ भएको खेलमा गण्डकी प्रदेशले मधेश… पुरा पढौ

फिस्टेलएसइई कप तथा फिस्टेलएसइई स्कलर्श कप २०८२ सम्पन्न

पोखरा, १३ असार, पोखरा १७ मा रहेको फिस्टेल एकेडेमी आई.बी.वल्र्ड स्कुलले एसइई २०८१ मा सहभागी भएका विद्यार्थीहरूका बिच विभिन्न खेलकुद तथा सिर्जनात्मक प्रतियोगिता सम्पन्न गरेको छ । यही असार १० गतेबाट सुरु भएको सेभेन ए साइड छात्र फुटबल प्रतियोगितामा वेलनन समूहले पोखरा टप्स समूहलाई ७–२ गोलले पराजित गर्दै च्याम्पियन बन्यो । विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. बिस हजार हात पार्दा उपविजेता पोखरा टप्सले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. दश हजार हात पा¥यो ।यस प्रतियोगितामादेशभरका विभिन्न जिल्लाबाट जम्मा ३६ टिम… पुरा पढौ