पोखरामा बुद्ध एयरको जहाजमा चरा ठोकियो, चालक दलका सदस्य सहित यात्रु सुरक्षित

-


     पोखरा क्लिक     
     मंसिर १३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १३ मंसिर,

बुद्ध एयरको जहाजमा आज पोखरामा चरा ठोकिएको छ । काठमाडौं देखि पोखरा आउदै गरेको फ्लाइट नम्बर ६१७ को जहाजमा चरा ठोकिएको बुद्ध एयरले पोखराक्लिकलाई जनाएको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा शनिबार काठमाडौँबाटबाट पोखरा आउने क्रममा दिउसो ३ः४५ बजे गिद्ध जहाजमा ठोकिदा पपलरको ब्लेडमा केही क्षति पुगेकोले उक्त ब्लेड नै परिवतन गर्नु पर्ने अबस्था रहेको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताउनु भयो ।

प्राविधिक टोलीले त्यसको मर्मत र निरीक्षण गर्न थालेको कम्पनीले जनाएको छ । उक्त जहाजमा ६८ जना यात्रु सवार हुनु भएको थियो । यात्रु सहित चालक दलका सबै सदस्य सकुशल हुनुहुन्छ । कल साइन नाइन एन ए।ओ।सी नम्बरको जहाजमा चरा ठोकिए पछि पोखराबाट काठमाडौँ जाने ७२ यात्रुहरूको लागि अर्को जहाजको व्यवस्था गरिएको बरालले जनाउनु भयो । पोखरामा यसरी जहाजमा चरा ठोकिने समस्या दोहोरिन थालेको छ । चराका कारण पोखरा अन्तराष्ट्रिय विमानस्थलमा थप सुरक्षा व्यबस्थित बनाउनु पर्ने यात्रुको माग रहेको छ ।