देश तथा समाज पत्रिका

भूकम्पबाट ७ जना घाइते

पोखरा १६, असोज बझाङ केन्द्रविन्दु भएर आज दुई पटक गएको भूकम्पको धक्काका कारण ७ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशको बझाङमा केन्द्रबिन्दु भएर दिउसो दुई पटक गएको भूकम्पबाट घर तथा संरचना भत्कँदा ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिएका छन् । उनीहरु सामान्य घाइते भएको उनको भनाई थियो । उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए । पाण्डेका अनुसार भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी… पुरा पढौ

बेगनास तालमा एक युवा मृत अबस्थामा भेटिए

पोखरा १६, असोज पोखराको बेगनास तालमा एक युवा मृत अबस्थामा भेटिएका छन् । पोखरा महानगरपालिका वडा नं.३१ अलैची कुना स्थित बेगनास तालमा तैरियको अवस्थामा एक पुरुष युवाको शव प्रहरीले फेला पारेको हो । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको ७ जनाको टोलीले उक्त शव तालबाट बाहिर निकालेको कास्की प्रहरीले जनाएको छ । तालमा भेटिका व्यक्तिले बोकेको कालो झोला भित्र रहेको नागरिकता अनुसार जिल्ला प्युठान मलरानी गा.पा. वडा नं.४ बस्ने २२ को अनिस श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उक्त घटनाको बिषयमा… पुरा पढौ

कास्कीकोटमा प्रथम सेभेन ए साइड कश्यप कालिका कप हुने

पोखरा १६ असोज पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा प्रथम सेभेन ए साइड कश्यप कालिका कप २०८० हुने भएको छ । कश्यप कालिका युवा क्लबको आयोजनामा आगामी कार्तिक १ र २ गते हुने उक्त प्रतियोगीतामा पोखरा महानगरपालिका वडा नं। २४, १८ र २३ का खेलाडीहरुमात्र सहभागी हुन पाउने क्लबले जनाएको छ । संस्थाका अध्यक्ष तिर्थ अधिकारीले सेभेन ए साइड फुटबल र खुल्ला दौड प्रतियोगीताबाहेक मुख्य आकर्षणको रुपमा प्रथम कश्यप कालिका भेन्ट्रान्स कप रहेको जानकारी दिए । फुटबल तर्फका विजेताले ५५… पुरा पढौ

बिश्व च्याम्पियनसिपमा सहभागी हुने फुटसल टोलीलाई बिदाई

पोखरा १६, असोज सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्र्ड स्कुल च्याम्पियनसिप फुटसल २०२३ मा सहभागी हुने नेपाली टोलीलाई निमित्त सदस्य सचिव प्रकास कुमार कुसारी ‘सम्राट’ ले राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार शुभकामना सहित नेपालको झण्डा प्रदान गरेर बिदाई गरे । नेपाल स्कुल स्पोर्टस् महासंघका महासचिव राजकुमार कार्कीको नेतृत्वमा सर्विया जाने टोलीमा प्रशिक्षकमा अंकित श्रेष्ठ रहेका छन् भने खेलाडीहरुमा सैदीप दाहाल, सारांश पुरी, सुगत श्रेष्ठ, स्यामिर श्रेष्ठ, स्यायुम श्रेष्ठ, रजत श्रेष्ठ र तेन्जिङ्ग दावा लामा रहेका छन् । प्रतियोगिता अशोज २१ गते… पुरा पढौ

प्रथम एट टु नाइन खुल्ला फुटबल भोलिदेखी

पोखरा १६, असोज पोखराको माछापोखरी खेल मैदानमा भोलीदेखी एट टु नाईन युवा क्लवको आयोजनामा खुल्ला सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । ‘युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फुटबल प्रतियोगिताको आयोजना हुन लागेको हो । भोलिदेखी २३ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसंगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपविजेताले ६० हजार रुपैयाँसंगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।े प्रतियोगिताबाट बचत हुन आएको रकम रग्बी खेलाडी… पुरा पढौ

दृष्टिविहिन शिक्षक पौडेलको आमरण अनसन तोडियो

दीननाथ बराल पोखरा १६, असोज पोखराकी एक दृष्टिविहिन शिक्षक शोभा पौडेलले आमरण अनसन तोड्नु भएको छ । आफ्नो माग पूरा हुने आश्वासन पाए संगै शिक्षा विकास तथा समन्वय इकाइ कास्की र शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको परिषरमा तीन दीन देखि बसेको आमरण अनसनरत मंगलबार साँझ तोडेको निमावि तह तृतीय श्रेणी नेपाली विषयका शिक्षक शोभा पौडेलले बताउनु भयो । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षक पौडेलको माग पूरा गराउदै बताउदै जुस खुवायर आमरण अनसन तोड्न लगाउनु भएको… पुरा पढौ

बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प

पोखरा असोज १६ । बझाङमा फेरि भूकम्पको कडा धक्का महसुस गरिएको छ ।   आज दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६ .३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङका जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको बताइएको छ । यस अघि ‘दिउँसो २ बजेर ४० मिनेटमा तलकोट आसपास केन्द्र भएर ५ दशमलब ३ रेक्टरको भूकम्प गएको थियो ।क्षतिको थप विवरण भने आउन बाँकी… पुरा पढौ

सुशासनको अभियानलाई तुहाउन खोज्नेहरु परास्त हुन्छन् .> गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १५ असोज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अघि बढाएको सुन तस्करीमा छानबिन प्रक्रियालाई आम जनताको ठुलो समर्थन रहेको बताउनुभएको छ। गृहमन्त्री श्रेष्ठले अहिले भ्रष्टाचारी, तस्कर र अपराधीविरुद्ध अभियान चलाउँदा तीनि या तीनका संरक्षकहरु सरकार, सम्बन्धित मन्त्रालय र मन्त्रीविरुद्ध आक्रमण ढंगले प्रस्तुत गरिरहे पनि जनताको ठुलो समर्थन प्राप्त भएको भन्दै सुशासनको अभियानलाई तुहाउन खोज्ने षड्यन्त्रलाई परास्त पारिने उल्लेख गर्नुभयो । देशमा भइरहेको सुन तस्करी प्रकरणमा सीआईबीले गरेको छानबिन एकहदसम्म सफल भएको बताउनु भएको छ । गृहमन्त्री श्रेष्ठले तस्करीका घटनालाई… पुरा पढौ

नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई

पोखरा १५, असोज युएनडिपि नेपाल तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा ग्लोबल ट्राभल एण्ड टुरिजम पार्टनर नेपाल र टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युटद्वारा काठमाडौंमा हालै सम्पन्न राष्ट्रिय पर्यटन सम्मेलनमा आयोजित विभिन्न विधासँग सम्बन्धित प्रतियोगितामा पोखरा–१७, विरौटामा अवस्थित बालोदय माध्यमिक विद्यालयले नेशनल च्याम्पियनको उपाधि हात पारेको छ । उक्त सम्मेलनमा साँस्कृतिक नृत्य प्रतियोगिता, पर्यटन सम्बन्धी रिसर्च रिपोर्ट र पावर पोइन्ट प्रेजेन्टेशन कम्पिटिशन तथा ट्राभल फोटो कन्टेस्टका तीन वटै विधाहरुमा बालोदय माध्यमिक विद्यालयका विद्यार्र्थीहरुले सर्वोत्कृष्ट प्रस्तुति गरी न्याशनल च्याम्पियन बन्न सफल भएका हुन… पुरा पढौ

पोखराको रामघाटमा व्यवसायिक रुपमा सुरु भयो ड्रागन फ्रुट खेती, गत बर्षको तुलनामा यस बर्ष तीन गुणा बढी उत्पादन

डि.एन.बी. पोखरा १५, असोज पोखराको रामघाट क्षेत्रमा व्यवसायिक रुपमा ड्रागन फ्रुट खेती गर्न सुरु गरिएको छ । पुन समाज पोखराको व्यवस्थापनमा पोखराको रामघाट क्षेत्रमा २०७७ साल देखि ड्रागन फ्रुट खेती गर्न सुरु गरिएको पुन समाज नेपालका संस्थापक तथा उक्त ड्रागन फ्रुट खेतीका संयोजक राजकुमारी पुनले बताउनु भयो । विगत साँढे दुई बर्ष अघि देखि सुरु भएको उक्त ड्रागन फ्रुट खेती १६ महिना देखि उत्पादन हुन थालेको हो । आफ्नो फार्ममा उत्पादन भएको ड्रागन फ्रुट लट लटमा टिप्ने गरेको बताउदै उहाँले… पुरा पढौ