एमाले माथि चौतर्फी आक्रमण र घेराबन्दी भएको छः महासचिव पोखरेल
डि.एन.बी. असोज १५ ,पोखरा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले माथि चौतर्फी घेराबन्दी र आक्रमण भई रहेको बताउनु भयो । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीकोे पोखरामा सुरु भएको प्रथम ऐतिहासिक अधिबेशनको सोमबार उद्घाटन गर्दै महासचिव पोखरेलले उक्त कुरा बताउनु भएको हो । एमाले नेतृत्वमा लगातार ३ बर्ष सरकार चलाउदा उच्च आर्थिक बृद्धिदर भएको दाबी गर्दै नेता पोखरेलले जब अदालतको फौसलाबाट सरकार परिवर्तन भयो त्यहाँबाट मुलुक अवैधानिक बाटोमा लागेको आरोप लगाउनु भयो । मुलुक चौतर्फी संकटमा परेको उहाँको भनाई थियो…
पुरा पढौ
नेकोस खेलकुद महोत्सव अन्र्तगत स्केटबोर्डमा कोशी प्रदेशको वर्चोश्व
पोखर १५, असोज नेकोस खेलकुद महोत्सव २०८० अन्तर्गत स्केटबोर्ड तर्फको प्रतिष्प्रर्धामा कोशी प्रदेशको वर्चोश्व रहेको छ । नेपाल खेलकुद महासंघ समाजबादीको आयोजनामा हालै पोखरामा सम्पन्न भएको उक्त प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन सहित वर्चोश्व कायम गर्न सफल भएको हो । उक्त प्रतियोगितामा स्केट वोर्ड तथा स्केट बोर्डिङ खुल्ला तर्फको प्रतियोगितामा बसन्त राईले उत्कृष्ट खेल प्रर्दशन गरी विजेता हुनु भएको छ । त्यसै गरि कोशी प्रदेशकै शरद कुमार राई दोश्रो हुँदा मधेश प्रदेशका अंकित यादव तेश्रो हुन सफल हुनु भयो…
पुरा पढौ
एसियाडमा आर्चरीको उत्कृष्ट सुरुवात
पोखरा १४, असोज चाइनामा जारी एसियाडमा नेपाली आर्चरी खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्न सुरु गरेका छन्। आर्चरी खेलको पहिलो दिन आइतबार नेपालका चार खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका हुन्। तिलक पुन मगर र योगेन्द्र शेरचन तथा महिला तर्फ इमायुङ राई र मन्जु बजगाईंले छनौट चरण पार गर्न सफल भएका हुन् । चारैले व्यक्तिगत इभेण्टमा प्रतिस्पर्धा गरेका हुन्। पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर ल्याउदा सोही इभेण्टमा महिला तर्फ मन्जुंले ५ सय ६ अंक ल्याउन सफल भइन् । रिकर्भमा…
पुरा पढौ
डाक्टर माथि हातपात गर्नेलाई कार्वाही गर्नुपर्र्छःमुख्यमन्त्री पाण्डे, स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव
डि.एन.बी. पोखरा १४ , असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर माथि हातपात गर्ने माथि कडा कार्वाही गर्नुपर्ने बताउनु भयो । आइतबार पोखरामा आयोजना भएको गण्डकी प्रदेश स्तरीय स्वास्थ्यको बार्षिक समिक्षा कार्यक्रममा वोल्दै मुख्खमन्त्री पाण्डेले डाक्टर माथि नै हातपात गरी अपराधि गतिविधि गर्नेहरु माथि कार्वाही गर्नुपर्नेमा जोड दिनु भएको हो । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा होहल्ला गरि अस्पताल माथि तोडफोड गर्ने अनि अस्पताल प्रशासनसंग रकम अशुल्न खोज्ने नराम्रो संस्कारको विकास भएको उहाँको भनाई थियो । पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा केही…
पुरा पढौ
१८ महिना देखि सम्पर्क विहिन भएका एक बृद्धाको शव भेटियो
पोखरा १४, असोज कास्कीमा विगत १८ महिना देखि सम्पर्क विहिन हुनु भएको एक बृद्धको शव भेटिएको छ । कस्कीको माछापुच्छ«्रे गाउँपालिका वडा नं.७ कमेरेपानी स्थित जङ्गलमा सडेगलेको र रुखमा झुण्डिएको अबस्थामा कास्की प्रहरीले एक बृद्धको शव फेला पारेको हो । माछापुच्छ«्रे गाउँपालिका वडा नं. ७ घर भई हाल माछापुच्छ«े ८ खोराकोमुख बस्दै आउनु भएका ७० बर्षका बुद्धि बहादुर बि.क. को शव उहाँका छोरा हिटमान बि.क.ले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताउनु भयो । उहाँ करिब…
पुरा पढौ
संयुक्त राष्ट्रसंघमा नेपाललाई देखिनेगरी प्रस्तुत गर्ने सफलता मिलेको छ ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, १४ असोज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघमा यसपटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको ७८औं महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको बताउनुभएको हो। आफनो हालै सम्पन्न संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमणबारे आइतबार प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सदभाव बटुल्न पनि आफ्नो भ्रमण सफल भएको पनिजानकारी दिनुभयो । नेपालमा द्वन्द्वबाट शान्तितर्फ…
पुरा पढौ
दृष्टिविहिन एक महिला पोखरामा आमरण अनसनमा
दीननाथ बराल पोखरा १४, असोज पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै एक दृष्टिबिहिन महिलाले पोखरामा आमरण अनसरमा सुरु गर्नु भएको छ । पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दा गर्दै ६ महिना समय वितेसंगै अन्तिम विकल्पको रुपमा आइतबार विहान ९ः३० बजे देखि शिक्षा विकास निर्देशनालयको परिसरमै दृष्टिविहिन शोभा पौडेल आमरण अनसनमा बस्नु भएको हो । शिक्षक सेवा आयोगबाट निम्न माध्यामिक तहमा सिफारिस हुनु भएको पोखराकी दृष्टिबिहिन पौडेल पदस्थापना गर्ने क्रममा लम्जुङको दोर्दी गाउँपालिका…
पुरा पढौ
सुदुर पश्चिमका विष्ट मिस्टर योगी बन्दा बागमतीकी ढकाल बन्नु भयो मिस योगिनी
डि.एन.बी. पोखरा १४, असोज सुदुर पश्चिम प्रदेशका रोशन विष्ट मिस्टर योगी बन्न सफल हुनु भयो भने महिला तर्पm बागमती प्रदेशकी विशिका ढकाल मिस योगिनी बन्न सफल हुनु भएको छ । नेकोस खेलकुद महोत्सव २०८० अन्तर्गत आइतबार पोखरामा सम्पन्न भएको योगखेलको प्रतिष्प्रर्धामा विष्ट र ढकालले उत्कृष्ट योग खेल प्रर्दशन सहित उक्त उपाधि हात पार्न सफल हुनु भएको हो । सात प्रदेशबाट सहभागी ४९ योग खेलका खेलाडीहरुमध्ये पुरुषतर्फ विष्ट र महिला तर्पm ढकाल उत्कृष्ट हुदै उक्त उपाधिको साथमा जनही नगद ६ हजार…
पुरा पढौ
एक सय तीन बर्षिय महानगरपिता पोखरेललाई सम्मान
लेखनाथ÷असोज १४ पोखरा महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । पोखरेललाई सम्मान गर्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले महानगरकै जेष्ठ नागरिकलाई महानगरपिताका रुपमा सम्मान गर्न पाउँदा गौरव महसुस गरेको उल्लेख गर्दै, उहाँमा रहेका ज्ञान र शिपलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिए । जीवन शैली, खानपान, रहनसहनले…
पुरा पढौ
तेक्वान्दो प्रशिक्षक जगन सम्मानित
पोखरा १४, असोज नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्रि तथा युएईको पहिलो नेपाली राष्ट्रिय रेफ्रि जगन अधिकारीलाई नुवाकोटको पहिलो सामुदायीक रेडियो नुवाकोट एफएमले सम्मान गरेको छ । एफएमको १५ औं बार्षिक साधारणसभाको अवसरमा नुवाकोट विदुरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले अधिकारीलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका हुन् । नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री, तथा संयुक्त अरब इमिरेट्स ९युएइ०मा तेक्वान्दो खेलको पहिलो राष्ट्रिय रेफ्री बन्न सफल भएकोमा अन्तर्राष्ट्रियस्तरमा समग्र नुवाकोट जिल्ला र देशकै…
पुरा पढौ
