देश तथा समाज पत्रिका

पत्रकार महासंघ कास्कीमा विषयवस्तु लेखन तालिम सुरु

पोखरा २२, पुष नेपाल पत्रकार महासंघ कास्कीले विषयवस्तु लेखन तालिम सुरु गरेको छ । आइतबार देखि महासंघको सभाहलमा सुरु भएको तालिम सोमबार सम्म चल्नेछ । तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल रहेका छन् । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव समेत सुनाउनेछन् । आइतबार भएको सेसनमा मोदनाथ ढकालले मिडिया नीति बनाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनका अनुसार समाजले अपेक्षा गरेका विषयवस्तु मिडियामा आउनुपर्छ । प्रतिस्पर्धाले… पुरा पढौ

पोखराबेसि बहुउद्देश्यीय सहकारीमा दोहोरीए ः पहारी

पोखरा, पुष २२ पोखरा महानगर पालिका वडा नं २, बागलुङ बसपार्क मा अवस्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नारायण पहारी पुन चयन भएका छन । सहकारीको शनिबार सम्मपन्न दोस्रो निर्वाचन सहितको पाचौं बार्षिक साधारण सभाले आगामि चार बर्षे कार्यकालका लागि पहारीलाई सर्वसम्र्मत अध्यक्षमा चयन गरेको हो । तेसै गरि संस्थाको उपाध्यक्षमा दयाल गिरी, सचिब कमल तिमिल्सीना, ससचिब शक्ति प्रधानाङ, कोषाअध्यक्ष सनोज पहारी, सदस्य तिलाबति अधिकारी कोइराला र महेन्द्र पुन चयन भएका हुन । नौ सदस्यीय कार्यसमितिमा दुई सदस्य संचालक समितिले… पुरा पढौ

२०औँ संस्करणको स्पोर्टस अवार्ड आगामी माघ १२ गते हुने

काठमाडौँ २२, पुष नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा यस बर्ष हुने २०औँ संस्करणको स्पोर्टस अवार्ड आगामी माघ १२ गते हुने भएको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधामा पुरस्कार प्रदान गरिने आइतबार पत्रकार भेटघाट कार्यक्रममा बताउनुभयो । वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स… पुरा पढौ

जन्म भूमिलाई नभुल्न युवा बर्गलाई वात्सायनको आग्रह, पोखराका संचारकर्मी बराल जापान जाने

पोखरा २२, पुष अग्रज काटुनिष्ट दुर्गा बराल (वात्सायन) ले आफ्नो जन्म भूमिलाई नभुल्न युवा बर्गलाई बिषेश आग्रह गर्नु भएको छ । एटुजेड डटकम तथा पोखराक्लिक डटकममा विगत दुई बर्ष देखि कार्यरत जीवन बराल उच्च शिक्षा हासिल गर्न जापान जान लागेको पूर्वसन्ध्यामा आइतबार शुभकामना दिने कार्यक्रममा बोल्दै वात्सायनले उच्च शिक्षा हासिल गर्ने नाममा धेरै युवाहरु विदेशीको प्रशंग उठाउदै आफ्नो जन्म भूमिलाई नभुल्न युवा बर्गलाई आग्रह गर्नु भएको हो । पत्रकारिता पेशा हरेक दिन जोखिम बन्दै आएको बताउदै उहाँले पत्रकारिता पेशालाई अझ… पुरा पढौ

कास्की वचत संघमा शेरबहादुर

गण्डकी, २२ पुस कास्की वचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा शेरबहादुर कार्की चयन हुनु भएको छ । संघको २३ औ साधारण सभाले ११ सदस्यीय सञ्चालक समिति र लेखा समिति निर्विरोध निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा इश्वरप्रसाद सुवेदी,सचिव मिनराज तिमिल्सिना, कोषाध्यक्ष केशवशरण पौडेल राष्ट्रिय प्रतिनिधि बर्षाकेशवर पराजुली र सदस्यहरुमा किरण अधिकारी, दिपकराज घिमिरे, जानकी अधिकारी, मेनका पौडेल, बृन्दा सुवेदी, र कल्पना श्रेष्ठ निर्वाचित हुनु भएको छ । साधारण सभाले केशवप्रसाद ढकालको संयोजकत्वमा कृष्णप्रसाद पोखरेल र किसान परियार सदस्य रहनुभएको… पुरा पढौ

विन्ध्यबासिनीलाई दुई लाख नगद सहित श्रीपती समाजसेवा पुरस्कार अर्पण

पोखरा, २१ पुस पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिलाई नगद २ लाख सहित श्रीपती समाज सेवा पुरस्कार २०८० अर्पण गरिएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट यस बर्ष धार्मि एवं सामाजिक क्षेत्रमा उल्लेखनिय रुपमा योगदान दिएको उक्त समितिलाई गुठीले पुरस्कार अर्पण गरेको हो । श्रीपती कोईराला गुठीको ३१ औं साधारण सभाको अवसरमा शनिबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोईराला लगायतले विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं उद्योगपती गणेशबहादुर श्रेष्ठ र… पुरा पढौ

कृषि यान्त्रीकरण प्रदर्शनीमा २० हजार दर्शक

पोखराको प्रर्दशनी केन्द्रमा जारी प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीको दोश्रो दिन शनिबारसम्म करिब २० हजार दर्शक भित्रिएको दाबी गरिएको छ । शुक्रबार देखि सुरु भएको प्रर्दशनीमा दुई दिनमा करिब २० हजार दर्शक भित्रिएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो । प्रर्दशनीमा शनिबार मात्र नगद ३० लाख मुल्य बराबरको आर्थिक कारोवार भएको छ भने ३ करोड मुल्य बराबरको कृषि औचार तथा सामानहरुको खरिद गर्न अग्रिम बुकिङ भएको अध्यक्ष शर्माले बताउनु भयो । उक्त प्रर्दशनीमा हाते ट्याक्टरको बढी… पुरा पढौ

बाह्रौं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाले झांकी र्याली सहभागी गराउने

पोखरा २१, पुष रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका छन । महोत्सवको सुरुवातीदेखीनै पोखराका संघ संस्थाहरुले सहयोग गर्दै आइरहेकोमा बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै पोखराका संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका हुन । शनिवार पोखरा महोत्सव स्थल अमरसिंह खेल मैदानमा संघ संस्था समन्वय तथा झांकी र्याली ब्यवस्थापन उपसमिति द्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका… पुरा पढौ

नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्ष पदमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित भएका छन् । नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्षमा दवाडीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, द्वितिय उपाध्यक्षमा रन देवी गुरुङ, सचिबमा शर्मिला शर्मा र सहसचिवमा सन्तोष काफ्ले र कोषाध्यक्षमा रिता श्रेष्ठ थापा निर्वाचित भए । सम्पन्न अधिवेशनले कार्यसमितिको सदस्यमा सविता तामाङ, जिम प्रसाद श्रेष्ठ र सुनिल रावल निर्वाचित भएका छन् । यस… पुरा पढौ

ट्रायथ्लोनको नेतृत्वमा निलेन्द्रको निरन्तरता

पोखरा २१, पुष नेपाल ट्रायथ्लोन संघको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठलाई निरन्तरता प्रदान गर्दै २१ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ ।आज शनिबार ललितपुरमा सम्पन्न चुनावी साधारण सभाले संघको बरिष्ठ उपाध्यक्षमा पूर्व गण्डकी प्रदेश साँसद दीपक कोईराला, उपाध्यक्ष द्वयमा सुमन देवकोटा र पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज श्रेष्ठलाई सर्व सम्मत चयन गरेको हो । यस्तै सदस्यहरुमा युवराज सुनुवार, श्रृजना त्रिपाठी, रेणुका देवी सिटौला, रचना सिंह, दिवाकर राज श्रेष्ठ, दामोदर अर्याल पनि निर्विरोध निर्वाचित भएका… पुरा पढौ