
पोखरा, चैत ९,
नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ । पोखराको नयाँ बजारस्थित प्रर्दशनी केन्द्रमा एमाले अध्यक्ष एवं पूूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने भएका छन् । अधिवेशनकोा सम्पूर्ण तयारी पुरा भएको एमाले कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । आइतबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने छ । १ सय २० जनाको निर्वाचनबाट चयन हुने भएको छ भने १० प्रतिशत मनोनित र बाँकी १० प्रतिशत अन्य पार्टी प्रबेशबाट आएकाहरुको लागि चयन हुने व्यबस्था गरेको एमालेले जनाएको छ ।
अधिवेशनमा कास्की जिल्लाका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तिन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी र आयोजक कमिटीबाट गरी ९३५ जना प्रतिनिधिको सहभागिता रहने एमाले कास्कीका अध्यक्ष एवं अधिवेशन मुल समारोह संयोजक मनबहादुर गुुरुङले जानकारी दिए । उनका अनुसार प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको समेत बताए । अधिवेशन उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउन जिल्ला कमिटी, महानगर, पालिका, ईलाका, वडा, जनवर्गीय संगठनलाई परिचालन गरिएको उनले बताए । अधिवेशनलाई ऐतिहासिक र सफल बनाउनका लागि जिल्ला कमिटी अध्यक्ष । मनबहादुर गुरूङको अध्यक्षतामा मूल व्यवस्थापन कमिटी गठन गरिएको छ । उक्त कमिटीमा जिल्ला कमिटीका सदस्यहरु सबै, जिल्ला लेखा कमिटी, पालिका÷ईलाका कमिटीका अध्यक्षहरु रहेको एमाले कास्कीका उपसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक दर्शन लामाले बताए ।
सहकारी ठगी प्रकरणमा एमालेका नेता कार्यकर्ताहरु परेकाछन यसलाई कसरी लिनु भएको छ भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष गुरुङले अदालतले दोषी ठहर गरेको खण्डमा मात्र आफुहरुले बार्वाही गर्ने बताए ।
अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष मनबहादुर गुुरुङको संयोजकत्वमा तेजनारायण अधिकारी, हिराकुमारी गिरी, भेषराज बराल,ऋषिराम लामिछाने, श्रीराम पोखरेल, डिलु पौडेल र प्रमिला बराल सदस्य रहेका छन् भने संगठनात्मक प्रतिवेदन लेखनका लागि संयोजकमा सचिव बैनबहादुर अधिकारी क्षेत्री तथा सदस्यहरूमा आरपी शर्मा, विजया सुवेदी, बलराम पौडेल, झपट रानाभाट, बालाकृष्ण शर्मा, खेमराज सापकोटा, प्रकाश गुरूङ, खगराज आचार्यलाई जिम्मेवारी दिइएको छ ।
यस्तै, आर्थिक प्रतिवेदन लेखनका लागि कोष तथा वित्त व्यवस्थापन विभागका प्रमुख चिरञ्जीवी पोखरेललाई संयोजक र सदस्यहरु जिल्ला लेखा समितिका अध्यक्ष निर्मल खत्री,ज्ञानबहादुर कार्की, सीबी सुवेदी, सूर्यबहादुर जिसी, बिलबहादुर भुजेल, निर्मला पौडेल अधिकारीलाई जिम्मेवारी तोकिएको छ ।
अधिवेशनलाई सुव्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ । स्वयंसेवक उपसमिति संयोजक तेजनारायण अधिकारी र सदस्यहरुमा कर्णबहादुर गुरूङ, ओम सुवेदी, पसबहादुर बास्तोला, शिवप्रसाद अधिकारी, हरिबोल गौतम, प्रमिला बराल, खेमराज आचार्य, श्रीधर पौडेल, विष्णुकुमार गुरूङ, विक्रम रायमाझी, पूर्णबहादुर गुरुङ, रेशमकुमार नेपाली, सीता बिक, सोमनाथ पौडेल, कमला केसी, संगीता सुवेदी झलक पोखरेल, दामोदर घिमिरे, बमबहादुर बिक, नवीन गिरी रहेका छन् ।
यस्तै प्रतिनिधि व्यवस्थापन संयोजकमा बैनबहादुर अधिकारी क्षेत्री र सदस्यहरुमा हिराकुमारी गिरी, आरपी शर्मा, विजया सुवेदी, सुरेन्द्र गुरूङ, चिरञ्जीवी पोखरेल, विष्णुबहादुर केसी, सन्तुदेवी सुवेदी, बैनबहादुर गुरूङ, राधिका शाही योगी, दानबहादुर बानियाँ रहेका छन् भने प्रचार प्रसार संयोजकमा दर्शन लामा र सदस्यहरुमा झपट रानाभाट, एकराज गिरी, दुर्गा भण्डारी, विवेक त्रिपाठी, संगीता सुवेदी, सुरेन्द्रमान सिंह भण्डारी, मेनुका श्रेष्ठ, श्रीराम पोखरेल, आर।एन। शर्मा, लालसिंह विश्वकर्मा ९घताने०, उषा बरुवाल, रामकृष्ण जिसी र जुमबहादुर परियार रहेका छन् ।
यता जनपरिचालन तथा अनुगमन संयोजकमा नवराज ओझा र सदस्यहरुमा सुवर्ण श्रेष्ठ, दीपक घिमिरे, गणेश पाख्रिन, हरिबहादुर बराल, प्रकाश पौडेल, तीर्थराज अधिकारी, रणबहादुर थापा, केशवशरण पौडेल, मोहन सुवेदी, कमलबहादुर थापा, विष्णुमाया पौडेल, सन्तोष गुरूङ ९उमरबहादुर०, चुडामणि अधिकारी, कमला गुरूङ, सुशीला आचार्य, किसान सुनार, ईन्दिरा आचार्य, अमृता बाँस्तोला, पम्फा पहारी, शोभा पौडेल, दामोदर शर्मा रिमाल, दीननाथ सुवेदी, नारायणदत्त अधिकारी, सरीता कुमाल, लीलाबहादुर जिसी, प्रेम जलारी, रेशम नेपाली, पार्वती बाँस्तोला, मेनुका श्रेष्ठ, झलक बराल, रामु गुरूङ, तारा सेवा, तीलकुमारी थापा, शान्ति पाध्याय, आशा नेपाली रहेका छन् भने अतिथि सत्कार संयोजकमा हिराकुमारी गिरी र सदस्यहरुमा सन्तुदेवी सुवेदी, शोभा पहारी, गीतादेवी विश्वकर्मा, राधिका शाही योगी रहेका छन् । अधिवेशनको मञ्च व्यवस्थापन संयोजकमा आरपी खनाल, सदस्यहरुमा ओमप्रसाद गौचन, सुवर्ण श्रेष्ठ, सन्तुदेवी सुवेदी, दीपक घिमिरे, दिननाथ सुवेदी, परशुराम बराल, गोपी तुलाचन, रमेश रानाभाट, कुलबहादुर रानाभाट, शारदाकुमारी पराजुली, नन्दलाल अधिकारी, झलक बराल, ईमानराज पौडेल, सुवास ढुंगाना, लक्ष्मीप्रसाद सुवेदी रहेका छन् भने खाना खाजा व्यवस्थापन संयोजकमा चिरञ्जीवी पोखरेल र सदस्यहरुमा विष्णु केसी, दामु अधिकारी, परशुराम बराल, चुडामणि बराल, रणबहादुर थापा, बालाकृष्ण शर्मा, आशिर्वाद सुवेदी, नन्दलाल अधिकारी, हरि लम्साल, पसबहादुर बास्तोला, ईमानराज पौडेल, सुवास ढुंगाना रहेका छन् ।
यस्तै सांस्कृतिक व्यवस्थापन संयोजकमा सुरेन्द्र गुरूङ र सदस्यहरुमा केशवशरण पौडेल, राममाया विश्वकर्मा, अस्मिता परियार, यमबहादुर गुरूङ, किसन परियार रहेका छन् भने आवास व्यवस्थापन संयोजक कृष्णप्रसाद न्यौपाने र सदस्यहरु विष्णु केसी, उज्ज्वल खत्री तथा स्वास्थ्य व्यवस्थापन संयोजकमा छममाया पुन र सदस्यमा विष्णुप्रसाद भण्डारी, चिरञ्जीवी शर्मा, दिनेश खड्का, विनिता दाहाल रहेका छन् ।