दृष्टिविहिन एक महिला पोखरामा आमरण अनसनमा
दीननाथ बराल पोखरा १४, असोज पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै एक दृष्टिबिहिन महिलाले पोखरामा आमरण अनसरमा सुरु गर्नु भएको छ । पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दा गर्दै ६ महिना समय वितेसंगै अन्तिम विकल्पको रुपमा आइतबार विहान ९ः३० बजे देखि शिक्षा विकास निर्देशनालयको परिसरमै दृष्टिविहिन शोभा पौडेल आमरण अनसनमा बस्नु भएको हो । शिक्षक सेवा आयोगबाट निम्न माध्यामिक तहमा सिफारिस हुनु भएको पोखराकी दृष्टिबिहिन पौडेल पदस्थापना गर्ने क्रममा लम्जुङको दोर्दी गाउँपालिका…
पुरा पढौ
सुदुर पश्चिमका विष्ट मिस्टर योगी बन्दा बागमतीकी ढकाल बन्नु भयो मिस योगिनी
डि.एन.बी. पोखरा १४, असोज सुदुर पश्चिम प्रदेशका रोशन विष्ट मिस्टर योगी बन्न सफल हुनु भयो भने महिला तर्पm बागमती प्रदेशकी विशिका ढकाल मिस योगिनी बन्न सफल हुनु भएको छ । नेकोस खेलकुद महोत्सव २०८० अन्तर्गत आइतबार पोखरामा सम्पन्न भएको योगखेलको प्रतिष्प्रर्धामा विष्ट र ढकालले उत्कृष्ट योग खेल प्रर्दशन सहित उक्त उपाधि हात पार्न सफल हुनु भएको हो । सात प्रदेशबाट सहभागी ४९ योग खेलका खेलाडीहरुमध्ये पुरुषतर्फ विष्ट र महिला तर्पm ढकाल उत्कृष्ट हुदै उक्त उपाधिको साथमा जनही नगद ६ हजार…
पुरा पढौ
एक सय तीन बर्षिय महानगरपिता पोखरेललाई सम्मान
लेखनाथ÷असोज १४ पोखरा महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । पोखरेललाई सम्मान गर्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले महानगरकै जेष्ठ नागरिकलाई महानगरपिताका रुपमा सम्मान गर्न पाउँदा गौरव महसुस गरेको उल्लेख गर्दै, उहाँमा रहेका ज्ञान र शिपलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिए । जीवन शैली, खानपान, रहनसहनले…
पुरा पढौ
तेक्वान्दो प्रशिक्षक जगन सम्मानित
पोखरा १४, असोज नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्रि तथा युएईको पहिलो नेपाली राष्ट्रिय रेफ्रि जगन अधिकारीलाई नुवाकोटको पहिलो सामुदायीक रेडियो नुवाकोट एफएमले सम्मान गरेको छ । एफएमको १५ औं बार्षिक साधारणसभाको अवसरमा नुवाकोट विदुरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले अधिकारीलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका हुन् । नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री, तथा संयुक्त अरब इमिरेट्स ९युएइ०मा तेक्वान्दो खेलको पहिलो राष्ट्रिय रेफ्री बन्न सफल भएकोमा अन्तर्राष्ट्रियस्तरमा समग्र नुवाकोट जिल्ला र देशकै…
पुरा पढौ
