पोखराका पर्यटन व्यवसायीहरुले व्याजदर एकल अंकमा ल्याउन माग गर्नु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आज भेटेर उक्त माग सहित ६ बुंदे ज्ञापन पत्र पेश गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो ।
व्याजदर एकल अंक र घर कर्जाजस्तै व्यवसाहिक कर्जाको समायावधी अधिकतम हुनुपर्ने, पर्यटन क्षेत्रमा बैक तथा बित्तिय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने, चालुपँुजी कर्जा निर्देशन अनुसार कारोवारको आधारमा चालुपँुजी कर्जा दिईनेमा पर्यटनमा अहिलेको ब्यापार औशत भन्दापनि कम छ, त्यसैले यसमा पुर्नविचार गर्नुपर्ने माग गरिएको उहाँले जनाउनु भयो । त्यसै गरी व्याज किस्ता तिर्न नसकेको कारणले लाग्ने पेनाल्टी छुट गरिनुपर्ने, पुनर्कर्जा र पुर्नतालिकिकरणको समय बढाउनु पर्ने र भारतिय मुद्राको डिपोजिट सहज एवम् रु.२०० र रु.५०० को नोटलाई सहजरुपमा चल्ने वातावरण बनाउनु पर्ने माग गरिएको अध्यक्ष श्रेष्ठले जनाउनु भयो ।
परिषदले पेश गरेको ज्ञापन पत्र
जस्ताको तस्तै तल प्रस्तुतः गरिएको छ ।
च.न. ८५÷०८०÷८१
मिति ः २०८०।१२।०९
श्रीमान् महाप्रसाद अधिकारीज्यू
गभर्नर, नेपाल राष्ट्र बैंक
मुलुकको अर्थतन्त्र शिथिल बनेको र त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण तथा व्यवसायीहरु परेको अवस्थाबाट गर्भनरज्यू स्वयं जानकार हुनुहुन्छ नै । व्यवसायमा आएको गिरावटकै कारण मुलुकको राजस्व संकलन प्रभावित भई लक्ष्यभन्दा धेरै कम छ । विदेशी मुद्रा आर्जनको प्रमुख मध्येको स्रोत पर्यटन व्यवसाय सुधारोन्मुख छ । सन्तोष मानिहाल्नु पर्ने अवस्था भने होईन ।
पर्यटन व्यवसायले गएका केही वर्षदेखि एकपछि अर्काे संकटको सामना गर्नुपरेको छ । कोभिडको माहामारी पछी पर्यटनलाई लयमा फर्काउन रणनितिक रुपमा हामीले सोचेको सन् २०२४ पर्यटकीय सिजन मार्चको अन्तिम हप्तासम्म पुग्दा आशा गर्ने स्थितीमा छैनौ । व्यवसायमा आएको गिरावट र चर्काे बैंक ब्याजदरकै कारण हामीमध्ये कतिपय पर्यटनकर्मी व्यवसायबाट पलायन भए र कतिपय समयको सोही पदचाप पछ¥याउदै छौं । अधिकांश व्यवसायी व्यवसाय छोड्ने कि गरिरहने भन्ने दोधारको साँधमा छौं । यो स्थितिबाट निकास खोज्न हामीले आफ्नैतर्फबाट भरमग्दुर प्रयास गरिरहेकै छौ । हाम्रो भगीरथ प्रयासको बावजुत पनि समय हाम्रो अनुकुलतामा रहेको छैन । बैंकबाट लिएको ऋण तिर्न वोझ झै लाग्न थालेको छ, मानसिकता नकरात्मक बन्दै छ । त्यसैले यो बेला हामीलाई अविभावक चाहिएको छ । ऋण तिर्न सक्ने समय र उत्प्रेरणा चाहिएको छ । बैंक ऋणको किस्ता र ब्याज नबुझाई हर्जानाको भारी बोक्ने रहर कसैलाई पनि हुदैन। व्यवसाय भएको भए, कारोबार भएका भए र कमाइ भएका भए ऋण तिर्ने मात्रै होइन पोखरा पर्यटनको राजधानी घोषणा संगै व्यवसाय नै विस्तार पनि गथ्र्याैं होला । आर्थिक मन्दीको जर्जरमा व्यवसायी मात्र नभई पर्यटकहरुमा पनि परेको देखिन्छ जस्ले गर्दा पर्यटकीय मुख्य सिजनमा व्यवसाय उठ्न सकेको छैन । रोजगारीको सिलशिलामा दक्ष जनशक्ति वैदेशीनुले एकातर्फ हामीलाई पनि मर्का परेको छ अर्काे तर्फ दिइरहेको रोजगारी कटौती गरिरहनु परेको छ । संकटको यो घडीमा सरकारको निती व्यवसायी जिवनरक्षाको लागि सञ्जिवनी बुटी बन्न सक्छ यसैले गर्भनरज्यूले लिने नीति, दिने निर्देशन र गर्ने कामबाटै ब्यवसायिक जीवन र नविनतम उर्जा पाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
हाम्रा मागहरुः
१. व्याजदर एकल अंक र घर कर्जाजस्तै व्यवसाहिक कर्जाको समायावधी अधिकतम हुनुपर्ने ।
२. पर्यटन क्षेत्रमा बैक तथा बित्तिय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने ।
३.चालुपँुजी कर्जा निर्देशन अनुसार कारोवारको आधारमा चालुपँुजी कर्जा दिईनेमा पर्यटनमा अहिलेको ब्यापार औशत भन्दापनि कम छ, त्यसैले यसमा पुर्नविचार गर्नुपर्ने ।
४. व्याज किस्ता तिर्न नसकेको कारणले लाग्ने पेनाल्टी छुट गरिनुपर्ने ।
५. पुनर्कर्जा र पुर्नतालिकिकरणको समय बढाउनु पर्ने ।
६. भारतिय मुद्राको डिपोजिट सहज एवम् रु.२०० र रु.५०० को नोटलाई सहजरुपमा चल्ने वातावरण बनाउनु पर्ने ।
नेपाल राष्ट्र बैकले वित्तिय संस्थाहरुलाई मौद्रिक नितीले समेटेका विषयहरु लागु गराउने कडाइ गर्ने निर्देशनको निरंतर खाँचो अनि बाँच र बचाऔ भन्ने अवधारणालाई आत्मासाथ गराउन पर्ने पनि ठानेका छौ । मौद्रिक नितीको समिक्षा गरी व्यवसायी मैत्री वनाउन व्यवसायीहरुको राय सुझाब सम्वोधन हुने गरी नेपाल राष्ट्र बैकले सकरात्मक उपायहरु अवलम्बन गर्ने बिषयमा गण्डकी प्रदेशका व्यवसायीहरुको विश्वास छ । पोखरा पर्यटनको राजधानी घोषणा भए संगै व्यवसायी बचाउने र लगानी सुरक्षित गर्दै नविनतम योजनामा नेपाल राष्ट्र बैकले विशेष प्याकेज ल्याउने विश्वास लिएका छौ । यो संगै यस प्रदेशको साना मझौला तहका सवै व्यवसायलाई बाच्न सक्ने गरी निती ल्याउन जरुरी ठानेका छौ यिनै माग श्रीमान गभर्नर समक्ष प्रस्तुत गर्दै नेपाल राष्ट्र बैकले ल्याउने नितीले “हामी व्यवसायी उठ्न सक्ने छौ, पर्यटकिय राजधानी समृद्धीको ढोका खोल्ले छौ ” भन्ने विश्वास संगालेका छौ ।
पोमनारायण श्रेष्ठ
अध्यक्ष,
पोखरा पर्यटन परिषद्