पोखरामा शनिबार भारतको चर्चीत ओडिसा नृत्य प्रदर्शन हुने

-


     पोखरा क्लिक     
     चैत्र ९ गते २०८० मा प्रकाशित


पोखरा ९, चैत,

पर्यटनको राजधानि पोखरामा भोलि (शनिबार) भारतको चर्चीत ओडिसा नृत्य प्रदर्शन हुने भएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र नेपाल पर्यटन बोर्ड तथा पोखरा पर्यटन परिषदको समन्वयमा शनिबार पोखराको बाराहीघाँटमा उक्त कार्यक्रम हुने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार भारतको ओडिसा नृत्य सहित नेपालको समेत नृत्य प्रर्दशनी हुने भएको छ । बेलुका ५ः०० जबे देखि साँझ ७ बजेसम्म उक्त कार्यक्रम हुने भएको हो । पोखरालाई नेपालको पर्यटनको राजधानि घोषणा भएको अबस्थामा उक्त कार्यक्रम पोखरामा पहिलो पटक हुनुले पोखरामा भारतीय पर्यटकको प्रबद्र्धनमा धेरै मद्धत पुग्ने अध्यक्ष श्रेष्ठले दाबी गर्नु भयो ।

नेपाल र भारतको कला संस्कृति धेरै मिल्दो जुल्दो भएकोले यस्ता कार्यक्रमले दुबै देशको कला संस्कृति सहित पर्यटन प्रबद्र्धनमा मद्धत पुग्ने नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेलले जनाउनु भयो ।