माछापुच्छ्रे गाउँपालिकाको आफ्नो वडामा ट्रान्सफर्मर चोरी हुँदा अध्यक्ष गुरुङ छक्क परे पछि…

-


     पोखरा क्लिक     
     चैत्र १५ गते २०८० मा प्रकाशित



दीननाथ बराल,

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बिद्युत ट्रान्सफर्मर चोरी भएको छ । बुधबार राति ५० केभिए क्षमताको बिद्युत ट्रान्सफर्मर माछापुच्छ्रे गाउँपालिका ८ स्थित इदि खोलामा रहेको ट्रान्सफर्मर चोरी भएको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम बहादुर गुरुङले बताए ।

विगत ५ महिना अघि नेपाल बिद्युत प्राधिकरणले मंसिरमा उक्त बिद्युत ट्रान्सफर्मर जडान गरेको थियो तर चाजीङ नगरेका कारण बिद्युत जडान नभएको अबस्थामा उक्त ट्रान्सफर्मर चोरी भएको हो । ट्रान्सफर्मर भित्रको तार चोरी गर्ने उद्धेश्यले ट्रान्सफर्मर चोरी भएको स्थानियले आशंका गरेका छन्। उक्त ट्रान्सफर्मर रहेको स्थान भन्दा करिब १५ मिटर तल खोलामा ट्रान्सफर्मरको बाहिरि कभर भेटिएको तर त्यस भित्रको तार भने निकालिएको अबस्थामा रहेको वडा अध्यक्ष गुरुङले बताए । सरकारी विधि र प्रकृया नै ढिला सुस्ती हुने कारणले गर्दा समाजमा यस्ता घटना हुने गरेको अध्यक्ष गुरुङले दाबी गरे । इदि खोला क्षेत्रमा स्थानिय केही कुखुरा पालक किसानले व्यवसायीक रुपमा कुखुरा पालना गर्दै आएको अबस्थामा बिद्युत सेवा प्रभावकारी नभएको अबस्थामा उक्त ट्रान्सफर्मर जडान गरे पनि प्रभावकारी बनाउने उद्धेश्यले ट्रान्सफर्मर मात्र राखिएको जसलाई समयमै बिद्युत जडान गर्न ढिलाई हुँदा त्यसको फाइदा चोरीले उठाएको हुन सक्ने स्थानियको भनाई छ । पोलमा करिब भुइबाट १० फुट माथि रहेको अबस्थामा उक्त ट्रान्सफर्मर चोरी हुँदा हालसम्म कसैले चोरी गर्नेहरुलाई पक्ता लगाउन सकेका छैनन् ।

अध्यक्ष गुरुङले आफ्नो फेसबुक स्टाटसबाट उक्त ट्रान्सफर्मर चोरी भएको घटना सार्वजनिक गर्दै भने हामी “छक्क परेका छौ, यो ट्रान्सफर्मर कता गयो होला, हिजो बाट यहाँ छैन । ” स्थानिय प्रेम गौतमले अध्यक्ष ज्यू खै हाम्रो इदि खोलामा रहेको ट्रान्सर्फर कहाँ लेजानु भएको भनि प्रश्न गरे पछि अध्यक्ष गुरुङले बिद्युत कार्यालयमा सोध पुछ गर्दा उक्त ट्रान्सफर्मर चोरी भएको बल्ल थाहा भएको उनले पोखराक्लिवलाई जनाए । स्थानियले चारै तर्फ खोज तलास गर्दा ट्रान्सफर्मर भित्रको तार निकालेर त्यसको बाहिरी कभर मात्र खोलामा फालेको अबस्थामा भेटिएको अध्यक्ष गुरुङले जनाए ।

इदि खोला क्षेत्रमा बिद्युत कम भोल्टेज भएको कारण समस्या भएकोले गर्दा छिटो छरियो रुपमा बिद्युत सेवा संचालन गर्न माग गर्दै आउने क्रममा उक्त ट्रान्सफर्मर केही समय अघि जडान गरे पनि त्यसलाई संचालनमा ल्याउदा ढिलाई गर्दा त्यसको फाइदा चोरहरुले लिएको अध्यक्ष गुरुङले जनाए । यस्ता चोरलाई पक्राउ गरी हदैसम्मको कारवाही गर्न उनले माग समेत गरे । यदि कसैले ट्रान्सफर्मर भित्रको तार खरिद बिक्रि गरेको देखेको खण्डमा नजिकको प्रहरी समक्ष जानकारी गराउन समेत अध्यक्ष गुरुङले आग्रह गरे । उक्त घटनाको बिषयमा चोरी गर्ने व्यक्तिहरुको खोजी कार्य तिव्र पारिएको कास्की प्रहरीले जनाएको छ ।