धान्द्रुक महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट

-


     पोखरा क्लिक     
     चैत्र १५ गते २०८० मा प्रकाशित



पोखरा १५, चैत

घान्द्रुक पर्यटन व्यवस्थापन समितिले यही चैत २७ गतेदेखि संचालन हुने घान्द्रुक पर्यटन महोत्सव २०८० को अवसरमा महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा चैत्र ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिने समितिका अध्यक्ष विक्रम गुरुङले बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ । घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।



This will close in 20 seconds