समाचार

४१ देशका पर्यटक पोखरा सहित गण्डकी प्रदेशमा, दैनिक ७ हजार खर्च गर्ने

दीननाथ बराल,पोखरा ११, साउन, पर्यटनको राजधानि पोखरा सहित गण्डकी प्रदेशमा करिब ४१ देशका पर्यटकहरु सहज ढंगले आउने गरेका छन्। प्रदेशमा भित्रिएका पर्यटकहरु एउटा अध्ययन तथा सर्वेक्षणमा उक्त सङख्यामा पर्यटक आउने गरेको खुलेको हो । नेपालमा पर्यटकको बसाई अवधि २२ दिन रहेको पाइयो भने गण्डकी प्रदेशको हकमा १२ दिन हुने गरेको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको सर्वेक्षणमा उल्लेख छ । ४ सय पर्यटकहरुबाट सिएको नमुना परिक्षणको आधारमा उक्त रिपोर्ट तयार पारिएको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयल निर्देशक विना ढकाल पौडेलले… पुरा पढौ

अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश र स्वालम्बन जीवनपद्धति केन्द्र पोखराले मस्यौदा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापालाई हस्तान्तरण गरेको हो । कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले बनाउन लागेको अपाङ्गता सम्बन्धी ऐनलाई प्रभावकारी बनाउन मस्यौदा सहायकसिद्ध हुुने बताए । “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणमा स्वालम्बन जीवनपद्धति केन्द्र पोखरा र राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशले तयार पारेको मस्यौदाले प्रदेश सरकारलाई सहयोग मिल्नेमा आशावादी छु… पुरा पढौ

पोखरा–३३ शिववस्तीमा महायज्ञ हुने

पोखरा, १० साउन , पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा यही साउन १४ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव हुने भएको छ । महायज्ञबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ महायज्ञ गर्न लागिएको शुक्लेश्वरधाम क्षेत्र विकास संस्था, शिववस्तीका अध्यक्ष पदमराज पौडेलले जानकारी दिनुुभयो ।कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलको प्रमुख बाचकत्वमा हुने महायज्ञमा विभिन्न देवलिला, जनचेतनामूलक नाटक सहित संगीतमय कथा… पुरा पढौ

एक महिने श्रमदवीतक एवं श्रीकृष्ण कथा प्रवचन शुरु

पोखरामा आजदेखी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन शुरु भएको छ । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको प्रवचन कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पर्यटकीय राजधानीमा आयोजना हुने कार्यक्रमहरुले धार्मिक पर्यटनलाई टेवा पुग्ने वताए । धार्मिक अथवा आध्यात्मिक कार्यक्रमले सकारात्मक सोंचको बिकासका लागि धार्मिक तथा अध्यात्मिक प्रवचन कार्यक्रमको उल्लेख्य भुमिका रहने बताउदै मन्त्री थापाले मन्दिर सञ्चालक समिति संग साथमा रहेर सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । स्थानीय निकायहरु संग… पुरा पढौ

नेपाल आइडल ५ का विजेता करण परियारको आज पोखराको प्याराडिसोमा लाइभ कन्सर्ट हुने

पोखरा, ११ साउन, नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पोखरा लाइभ कन्सर्ट हुने भएको छ । आज( शुक्रबार) पोखराका लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा हुन लागेको हो । परियारलाई द व्यण्डका साथै सुनिल बस्याल र सञ्जित सेवानले साथ दिने छन् । नेपाल आइडलको विजेता बनेपछि उनी लाइभ कन्सर्टका लागि पोखरामा पहिलो पटक आउन लागेका हुन् । नेपाल आइडलमा निकै रुचाएका परियार आइडल पछि विभिन्न गीत निकाली सकेका छन् । उनले आफ्ना नयाँ गीत र चर्चित पुराना… पुरा पढौ

पोखरामा यातायात व्यवसायी आन्दोलित, सडक अबरुद्ध हुँदा प्रशासन मौन, जनतालाई सास्ती (भिडियो सहित)

दीननाथ बराल,पोखरा १०, साउन, पोखरामा यातायात व्यवसायीहरु आन्दोलित हुँदा जनताले सास्ती भोग्नु पर्यो । व्यवसायीको आन्दोलनको क्रममा ठाँउ ठाँउमा सडक अबरुद्ध हुने गरी सडक बाटोमा तेर्सायर अबरोध गर्दा जनताले सास्ती भोग्नु परेको स्थानियले गुनासो गर्नु भयो । भिडियो https://www.youtube.com/watch?v=ngm3e5uG3dc&t=926s गण्डकी प्रदेश सरकारले २ पाङ्ग्रे ४ पाङ्ग्रे निजी (रातो प्लेट) का सवारी साधनलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना ल्याउने तयारी गरेको भन्दै त्यसको बिरोधमा आज (विहिबार) पोखरामा सडक आन्दोलन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका प्रदेश संयोजक केदार पौडेलले बताउनु… पुरा पढौ

होटल संघ पोखरा नेपालद्वारा दुःख व्यक्त

पोखरा, १० साउन पछिल्ला महिनाहरुमा नेपालमा भएका सवारी र हवाई दुर्घटना तथा प्राकृतिक विपत्तीमा परी दर्जनौं व्यक्तिहरुले ज्यान गुमाएको घटनाप्रति होटल संघ पोखरा नेपालले दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले विहीबार जारी गरेको विज्ञप्तिमा गत २८ असारको विहान नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका– २९ सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशुली नदीमा बग्दा भएको धनजनको क्षतिले संघ मर्माहत भएको उल्लेख छ । यसैगरी श्रावण नौ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान… पुरा पढौ

“नेपाली वाङ्मय सत्ता र स्वेच्छिक दासताको चेपुवामा”

पोखरामा सम्पन्न एक साहित्यिक कार्यक्रमका वक्ताले वर्तमान नेपाली वाङ्मय क्षेत्र सत्ता र स्वेच्छिक दासताको चेपुवामा परेको बताएका छन् ।प्रतिष्ठानद्वारा आयोजित रजत वर्ष २०८० विशेष अन्तरक्रिया,२६ औं स्थापना दिवस, स्रष्टा सम्मान तथा २५० औं शुभप्रभात काव्यमाला समारोहका वक्ताले उक्त धारणा व्यक्त गरेका हुन् ।कार्यक्रमका प्रमुख अतिथि संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वर्तमानमा राज्यसंस्थाबाट नै नेपाली भाषा माथि अन्याय भएकोमा चिन्ता व्यक्त गरे । उनले थपे– एकातर्फ राज्यको दासता छ, अर्कोतर्फ हाम्रा छोराछोरीलाई बाबाआमा होइन, ममी ड्याडी संस्कार सिकाउँदा गर्व गर्दछौं । अतिथि श्रेष्ठले… पुरा पढौ

कास्कीमा एक बर्षमा ८४ हजार सवारी कार्वाहीबाट ६ करोड ८७ लाख राजश्व संकलन

दीननाथ बराल, पोखरा ९, साउन, कास्कीमा एक बर्षमा सवारी दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको छ । आर्थिक बर्ष २०७९÷८० मा ४४ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो भने गत आर्थिक बर्ष २०८०÷८१ म भने ४५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीमा गत बर्ष ८४ हजार ५ सय २३ वटा सवारी साधन तथा सवारी धनिलाई कार्वाही गर्दा ६ करोड ८७ लाख १३ हजार ६ रुपैया राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी… पुरा पढौ

श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा

एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा पोखरामा कलश यात्रा निकालिएको छ । श्रीक कृष्ण प्रणामी सेवा समिति पोखरा ८ रत्नचोकको आयोजनामा आगामी श्रावण १० श्रावण कृष्ण पञ्चमी देखि भदौ १० गते भाद्र कृष्ण अष्टमी सम्म श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजना गर्न लागेको श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा बुधवार पोखरामा कलश यात्रा सम्पन्न भएको हो । श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृह चोक, पृथ्वीचोक, नागढुंगा, चरक हस्पिटल,… पुरा पढौ