समाचार

गण्डकीमा चाडपर्वमा भाडा नबढाउन यातायात व्यवसायी सहमत

पोखरा, २२ असोज, गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिनेमा यातायात व्यवसायी सहमत भएका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका हुन् । बैठकले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिने, सिट संख्याभन्दा बढी यात्रु नराख्ने, सुरक्षित यात्रा गर्न÷गराउनेसहित चाडपर्व केन्द्रित ६ वटा निर्णय गरेको मन्त्री केसीले जानकारी दिए । यातायात व्यवस्थापनलाई चुस्त बनाउन आपसी समन्वय गर्ने, लामो दुरीमा चल्ने सवारी साधनले… पुरा पढौ

ठाकुर युआरएल अध्यक्ष

पोखरा, २२ असोज, गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को छैटौ अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । युआरएल सञ्चालक समिति अध्यक्षमा र ठाकुरप्रसाद पन्थ र प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइरालाले निरन्तरता पाएका छन् । सञ्चालक समिति सदस्यमा गीता कार्की पन्थ, डा वसन्त पंगेनी र शशिधर पौडेल चुनिएका छन् । अधिवेशनले ३ जनालाई सल्लाहकारको जिम्मेवारी दिएका छ । युआरएलका प्रशासनिक सल्लाहकारमा तारिणीप्रसाद लम्साल, प्राविधिक सल्लाहकारमा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी र आर्थिक सल्लाहकार बालाकृष्ण शर्मा… पुरा पढौ

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

पोखरा,२२ असोज , राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताएका छन्। मंगलबार पार्टीले आफूलाई गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख नियुक्त गरेको जानकारी दिँदै उनले पर्यटन र संस्कृतिसँग जोडिएका प्रादेशिक र राष्ट्रिय एजेन्डाहरूमा एक मिनेट पनि खेर नफालिकन काम गर्ने योजना रहेको बताए। उनले लामो समयको संचारकर्म र वैकल्पिक राजनीतिको यात्रामा क्रियाशिल रहिआएको सन्दर्भमा पार्टीले दिएको यो जिम्मेवारीलाई आफूले जनसेवाको सुन्दर… पुरा पढौ

दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्, वेष्ट बैंक नेपाल सहित पाँच उपाधि जित्यो लुम्बिनी विकास बैंकले

इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ । इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवंम् बेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जित्न सफल भएको छ… पुरा पढौ

क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

पोखरा २१ असोज, क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा सहित विधि पुर्वक महाआरती गर्ने भएको छ। ऐतिहासिक स्थल बाटुलेचौरमा रहेका चण्डिका, कालिका र अम्बिका मन्दिरमा असोज २४ गते फुलपातीका दिनदेखि विहान कलश यात्रा सहित शुभकामना आदानप्रदान र चियापान गरिने र साँझ महाआरती गर्ने गरी तयारी तीव्र पारिएको सोमवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ। विभिन्न जातजाति र समुदायको समवन्यमा हुने कलश यात्रा चण्डिका मन्दिरबाट सुरु भई, गणेश मन्दिर, अम्बिका मन्दिर,राजपँधेरा हुदै कालिका मन्दिरमा पुगेर… पुरा पढौ

पठन संस्कृतिको बिकासमा राष्ट्रिय पुस्तक नीति महत्त्वपूर्ण हुने मन्त्री भट्टराईको दाबी

असोज २१, शठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय पुस्तक नीति २०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने कार्य प्रारम्भ गरेको छ । सो क्रममा सोमबार सो मन्त्रालयले मन्त्री बिद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायहरूसंग अन्तरक्रीया कार्यक्रम गर्यो। कार्यक्रममा मन्त्री भट्टराईले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालय‌लाई अत्यावश्यक पुस्तक सहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको उल्लेख गर्नुभयो । पुस्तक नीतिलाई अन्तिम रूप दिन बृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै सुझाब सङ्‌कलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई… पुरा पढौ

पामे बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नवराज पराजुली

पोखरा, २० असोज, पामे बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनले नवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा खिमनाथ तिमिल्सिना, सचिवमा सालिकराम लामिछाने, कोषाध्यक्ष लेखनाथ पराजुली सहसचिव गिता कुमारी दवाडी चयन भएका छन् । समितिको सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, घनश्याम अधिकारी, रेवती देवकोटा, दुर्गा तिमिल्सिना, भोलानाथ अधिकारी र रमेश गौतम चयन भएका छन् । समितिका लेखा सुपरिवेक्षण समिति संयोजकमा बिष्णुहरी तिमिल्सिना सदस्य सन्तोष शर्मा तिमिल्सिना र पुष्पराज दवाडी रहेका छन् ।… पुरा पढौ

चाँडपर्वको अवसरमा सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु

पोखरा, असोज १९, पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा चाँडपर्वलक्षित मिनी मेला आयोजना गरिएको छ । नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वर्त तथा छठ पर्वको पावन अवसरमा सर्वेश्वर व्यवसायी समितिको आयोजनामा होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु भएको हो । असोज १७ गतेदेखि शुरु भएको मिनी मेला चाँडपर्व भरी जारी रहने सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । मेला हरेक दिन साँझ ५ बजेदेखि शुरु भई राती ८ बजेसम्म जारी रहने उनले बताए ।… पुरा पढौ

सामुदायिक र निजि विद्यालयको अधिकार समान – प्रदेश प्रमुख भट्ट, एन प्याव्सन कास्कीको साधारण सभा

पोखरा, २० असोज गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक विद्यालय र निजि विद्यालयको अधिकार समान हुनु पर्ने बताउनुभएको छ । नेशल प्याव्सन कास्कीको आइतबार सम्पन्न २६ औं वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले समान अधिकारका लागि आवज उठाउन आग्रह गर्नुभयो । ‘अव छिट्टै नै शिक्षा सम्वन्धि नयाँ कानुन आउदैछ’ भट्टले भन्नुभयो, ‘कानुन वन्ने वेलामानै तपाईहरु तात्नु पर्ने वेला आएको छ ।’ निजी विद्यालयकै अथक मेहनेतले रिजल्ट राम्रो आएको उहाँको भनाई थियो ।… पुरा पढौ

पठाओ वार्षिक सम्मानमा ३९  जना सम्मानित, १५ जनालाई पठाओ‌ बेनिफिट कार्यक्रम अन्तर्गत सहयोग

पठाओ नेपालले पठाओ दशैँ महोत्सव २०८१ तथा वार्षिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँमा ‘पठाओ वार्षिक सम्मान कार्यक्रम २०८१’  आयोजना गर्दै पठाओले पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुरेन्ट, पार्सल मर्चेन्ट र पार्टनरहरूको योगदानलाई सम्बोधन गरेको कम्पनीका प्रबन्ध निर्देशक असिम मानसिंह बस्न्यातले बताए । मानिसको दैनिकी तथा जीवनयापनमा सहज बनाएको भन्दै पठाओलाई विभिन्न व्यक्तित्वहरू मार्फत धन्यवाद आइरहेको उनले बताए । उनले यसको सबै श्रेय आफ्ना मेहनती तथा लगनशील चालक, क्याप्टेन तथा हिरोहरुलाई जाने… पुरा पढौ

This will close in 20 seconds