समाचार

पोखरामा सोमबार महाकमेडी विथ महाजात्रा हुने, चर्चीत हाँस्यकलाकारको उपस्थिति हुने

दीननाथ बराल, पोखरामा भोली (सोमबार) महाकमेडी विथ महाजात्रा हुने भएको छ । महाकमेडी विथ महाजात्रा साँझ सभागृह हलमा आयोजना गरिने तयारी गरिएको निर्देशक विशाल भण्डारीले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त कार्यक्रममा चर्चीत हाँस्यकलाकार हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत सहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ लगायतको प्रस्तुति रहने भण्डारीले जनाउनु भयो । दर्शकहरुलाई सहर—सहरमा पुगेर हसाउने उद्देश्यका… पुरा पढौ

महाशिवरात्री विश्वसंगीत महोत्सव शुक्रबार काठमाण्डौंमा र शनिबार पोखरामा हुने

दीननाथ बराल महाशिवरात्री पर्वको अवसरमा महाशिवरात्री विश्वसंगीत महोत्सव काठमाण्ठौं र पोखरामा हुने भएको छ । गित संगित क्षेत्रलाई प्रबद्र्धन गर्न सुरु गरेको नमस्ते ब्याण्डको ३५ औं बार्षिक उत्सव तथा सत्रौं महाशिवरात्री विश्वसंगीत महोत्सव २०२४ मा शुक्रबार काठमाण्डौं र शनिबार पोखरामा हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । नेपाल जापानको साथमा चर्चिंत नेपाली व्याण्डहरू सहित सत्रौं महाशिवरात्री विश्वसंगीत महोत्सव २०२४ मा जापान, अमेरीका र वेलायतका समेत कलाकारको बिषेश प्रस्तुती रहने भएको कार्यक्रम संयोजक एवं नमस्ते व्याण्डका… पुरा पढौ

खानपिनमा ध्यान दिदै शारीरिक व्यायम गरी मोटोपन घटाउन चिकित्सकको सुझाव

खानपिनमा बिषेश ध्यान दिदै शारीरिक व्यायम गरी मोटोपन घटाउन चिकित्सकहरुले सुझाव दिनु भएको छ । मोटोपन दिवसको सन्दर्भमा पोखरा नयाँबजारमा रहेको बिद्याज डाइट एण्ड र फिट्नेस सेन्टरले सोमबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा चिकित्सकहरुले उक्त सुझाव दिनु भएको हो । रातो मासु, सुकाएका तथा पोलेको मासु नखाने, तेलमा पकाइएको खाना कम खाने, धेरै भन्दा धेरै फलफुल र साग सब्जी खाने, चना र अंकुरित चनाको सेवन गर्ने, शरीरका वजनलाई संतुलित राख्नका लागि प्रतिदिन शारीरिक व्यायम गर्न चिकित्सकहरुले सुझाव दिनु भएको हो… पुरा पढौ

नयाँ गठबन्धनले पदम गिरी, बर्षमान पुन र रवि लामिछानेलाई मन्त्री

नेपाली राजनीतिले नयाँ मोड लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वले पुरानो गठबन्धनलाई भत्काउदै नेकपा एमाले सहितको रास्वपासंग नयाँ गठबन्धन गरेको हो । नयाँ गठबन्धन भएसंगै तीन पार्टीका तीन जना युवा नेतालाई विना विभागीय मन्त्री पदमा नियुक्ति गरिएको हो । कागेंस सहितको गठबन्धन भत्किएसंगै सोमबार नै सानो आकारको मन्त्रिमण्डल बनेको हो । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बने भने रास्वपाबाट रवि लामिछाने विना विभागित मन्त्री भए । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नै… पुरा पढौ

बागमतीमा हुने अन्तर प्रदेश खेलकुदका लागि परिषदले तोक्यो जिम्मेवारी

प्रदेश खेलकुद परिषद गण्डकीले बागमती प्रदेशमा पहिलो पटक सञ्चालन हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदकोे तयारी सुरु गरे संगै जिम्मेवारी समेत तोकेको छ । प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजनामा यहि फागुन ३० देखि चैत्र ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि जिम्मेवारी तोकेको हो । परिषदको सोमबार सम्पन्न कार्यकारी समितिको बैठकले परिषदका सदस्यहरुलाई विभिन्न ९ खेलका लागि संयोजकको जिम्मेबारी दिएको हो । परिाषदका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा सम्पन्न बैठकले परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ… पुरा पढौ

पत्रकार महिला सम्मान तामाङलाई

२१ फाल्गुन, पोखरा स्वतन्त्र पत्रकार संघ नेपालद्वारा पत्रकार महिलाको प्रोत्साहनका लागि सञ्चालित पत्रकार महिला सम्मान यस वर्ष कास्कीकी रजनी तामाङ स्याङ्बोलाई अर्पण गरिने भएको छ । पूर्व सम्मानित प्रतिभा शीला गुरुङको संयोजकत्वमा कृष्ण रानाभाट र कल्याण पन्त रहेको प्रतिभा छनौट समितिको सिफारिसलाई संघको बैठकले सर्वसम्मत अनुमोदन गरेको कास्की शाखा सचिव गंगासागर उपाध्यायले जानकारी दिए । उक्त सम्मानबाट यस अघि अग्रज पत्रकार दुर्गा अधिकारी (रेडियो सफलता), शीला गुरुङ (रेडियो नेपाल) रविना आले मगर (रेडियो तरङ्ग), शान्ति राणा (रेडियो नेपाल), ईश्वरी पौडेल… पुरा पढौ

मन्त्री सिंखडाद्वारा परिवार नियोजन संघ कास्कीको निरीक्षण

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सोमबार नेपाल परिवार नियोजन संघ कास्कीको निरीक्षण गर्नुभएको छ । उहाँलाई संघका सभापति नवीन सिग्देल, शाखा प्रवन्धक नवराज तिवारी लगायतले स्वागत गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले संघको सेवा र समस्याका बारेमा जानकारी लिनुभएको छ । संघका विविध विषयका बारेमा प्रवन्धक तिवारीले जानकारी दिनुभएको थियो । मन्त्री सिंखडाले मानवीय जीवनका आवश्यकतालाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले सरकार र संघ बीचको समन्वय बढाउनुपर्ने भन्दै सहजिकरणका लागि तयार रहेको उल्लेख… पुरा पढौ

विन्दवासिनी सहकारीका अध्यक्ष सहित ३ जना पक्राउ

दीननाथ बराल, पोखरामा सहकारीको रकम हिनामिना गरी ठगी आरोपमा पोखरा ९ मा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ३ जना पक्राउ पर्नु भएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा कास्की प्रहरीले सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य तथा ऋण संयोजक कृष्णमान श्रेष्ठ र सहकारीको जग्गा खरिद गरेका उदित संदिप पौडेललाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले आइतबार साँझ विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन कास्की प्रहरीलाई बुझाएसंगै प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।… पुरा पढौ

भरतपुर र पोखराको पर्यटन प्रबद्र्धनमा दुबै तर्फ सहकार्य हुने

दीननाथ बरालभरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाको पर्यटन प्रबद्र्धनमा दुबै तर्फ सहकार्य हुने भएको छ । भरतपुर महानगरपालिका मेयर रेणु दाहाल र पोखराका पर्यटन व्यवसायीहरु बिचको हालै भएको भेटघाट कार्यक्रममा दुबै शहरको पर्यटन प्रर्बद्धन गर्न सहकार्य हुने बिषयमा छलफल भएको हो । मेयर दाहालले आफुहरुले हालै भरतपुर भ्रमण बर्ष घोषणा गरी अघि बढेकोले यस बर्ष सहयोग गर्न आग्रह गर्दै आउदो बर्षमा पोखराको पर्यटन प्रबद्र्धन गर्न सहयोग गर्ने बताउनु भयो । मेयर दाहालले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल पार्न पोखराका… पुरा पढौ

मोडिफाई गरेका मोटरसाइकल चलाउने चालक सहित वर्कसप संचालकलाई कारवाही सुरु

दीननाथ बराल पोखरामा स्वरूप परिवर्तन (मोडिफाई) गरी मोटरसाइकल चलाउने चालक सहित वर्कसप संचालकलाई कारवाही गर्न सुरु गरिएको छ । पोखरामा पछिल्लो समयमा मोडिफाइ गरी मोटरसाइकल चलाउने युवाको सङख्यामा बृद्धि भएसंगै जिल्ला प्रहरी कार्यालय कास्कीले मोडिफाई गरी सवारी चलाउने र मोडिफाइ गर्ने वर्कसपलाई समेत कार्वाही गर्न सुरु गरिएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरामा पछिल्लो तीन दिनमै ५९ वटा मोडिफाइ गरेका मोटरसाइकलहरु नियन्त्रणमा लिई आवस्यक कारबाहीको प्रकृया अघि बढाइएको कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले बताउनु… पुरा पढौ