समाचार

पूर्ब कर्मचारी सेवा परिषदको बृहत् स्वास्थ सेवा तथा सचेतना कार्यक्रमबाट २ सय जना लाभान्वित

पूर्ब कर्मचारी सेवा परिषद कास्कीको आयोजनामा बृहत् स्वास्थ सेवा तथा सचेतना कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा करिब २ सय जना भन्दा बढीको सहभागिता रहेको परिषदका अध्यक्ष नरहरी बरालले बताउनु भयो । गण्डकी प्रदेशका सचिब तिर्थ भट्टराईले कार्यक्रमको उद्घाटन गर्दै उक्त कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भयो । कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्ब उपकुलपति डा. बुद्धि बहादुर थापा , ॐ अस्पतालका अध्यक्ष डा.मुकुन्द आचार्य, प्रतिष्ठानका डा.शरद बराल ,ग्यालेक्सी अस्पतालका डा.कल्याण बराल,डा.श्रृजना शर्मा ,डा.सन्दिप पौडेल , नर्श सहितका प्राबिधिक टोली,… पुरा पढौ

अन्तर्राष्ट्रिय खेलकुद दिवस ः खेलकुदको बहुआयमिक पक्षलाई आत्मसात गरौं–अध्यक्ष श्रेष्ठ

अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा पोखरामा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटि (एनओसी)का अध्यक्ष जिवनराम श्रेष्ठले खेलकुदको बहुआयमिक पक्षलाई सबैले आत्मसात गर्नु पर्ने बताएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजनामा बिहिबार खेलकुद सम्बन्धी गोष्ठीमा बोल्दै अध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन् । विकास र शान्तिका लागि खेलकुद दिवसको अवसरमा आयोजित गोष्ठीको सम्बोधन गर्दै श्रेष्ठले दिवसलाई मनाउन लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको बताए । ‘शान्ति’ भगवान् बुद्धसँग जोडिएको मात्रै नभई लुम्विनी नेपाली खेलकुदको जग समेत भएकोले उक्त दिवस लुम्बिनीमा मनाउन लागेको… पुरा पढौ

पोखरा ६ मा क्षमता अभिवृद्धि तथा उद्धघोषण तालिम सम्पन्न

पोखरा चैत्र २२, पोखरा महानगरपालिका वडा नम्वर ६ महिला संजाल को आयोजनामा भएको क्षमता अभिवृद्धि तथा उद्धघोषण तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ६ को सहकार्यमा तालिम सम्पन्न भएको हो । समापन समारोहलाई संबोधन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले वडाले महिला तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताउनुभयो । उहाँले वडावासीको सेवा सुविधाका लागि वडा कार्यालय सधै तत्पर रहेको बताउनुभयो । वडा सदस्य पवित्रा थापाले समाज परिवर्तनमा महिलाको ठूलो… पुरा पढौ

तेश्रो मनुश्री र भिग्नाजित जुनियर टेनिसमा भोली सेमीफाइनलका खेल हुने

पोखरा २२, चैत, पोखरामा जारी तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिसमा भोली ९शुक्रबार० सेमीफाइनलका खेल सञ्चालन हुने भएका छन् ।कास्की जिल्ला टेनिस संघको आयोजना उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा दोश्रो दिन विभिन्न उमेर समुहका २१ खेलहरु सम्पन्न भए संगै भोली सेमीफाइनलका खेलहरु सञ्चालन हुने भएका हुन् । प्रतियोगितामा यू–१२ गर्ल्स सिंगल्समा सारा पन्त र ऐरा खत्री र अनुश्री धोजु र जिवाश्री भट्टराई समेीफाइनलमा आमने सामने हुनेछन् । यू–१६ गर्ल्स सिंगल्समा आइशा म्याक्ग्लान र सुनिरा थापा सेमीफाइनलमा भिड्नेछन् । यू–१०… पुरा पढौ

केन्द्रिय सदस्य बराललाई कास्की इन्चार्जको जिम्मेवारी

पोखरा २२, चैत, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीको इन्चार्जमा रामजी प्रसाद बराल(जीवन) जिम्मेवारी दिइएको छ । पार्टीको केहीदिन अघि बसेको बैठकले नेताहरुको कार्यविभाजन गरेको र कास्कीको इन्चार्जको जिम्मा बराललाई तोकिएको पार्टीका गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताउनु भयो । विसं २०४७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएका बराल २०४८ मा संयुक्त जनमोर्चा नेपाल गाउँ इकाइको अध्यक्ष र ४९ मा जिल्ला सदस्य बन्नु भएको थियो । जनयुद्धको २०५९ को अन्त्य तिर पहिलोपटक कास्की जिल्लाको इन्चार्ज र सेक्रेटरीको जिम्मेबार वहन गर्नु… पुरा पढौ

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोली सिरुवारीमा

पोखरा, २२ चैत पर्यटन क्षेत्रमा कृयाशिल महिलाहरूको संस्था महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ) को टोली बुधबार स्याङजाको पर्यटकीय गाउँ सिरुवारी आइपुुगेको छ । २०७४ सालदेखि पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा कृयाशिल ओटेफले आफ्नो वार्षिक कार्ययोजना अनुसार विभिन्न पर्यटकीय गाउँहरूमा कार्यक्रम गर्दै आएकोमा सिरुवारीमा कार्यक्रम गर्न लागिएको ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिनुुभयो । पर्यटन क्षेत्रमा कृयाशिल व्यवसायी, सञ्चारकर्मी सहितको टोली सिरुवारी आएको जानकारी दिदै अध्यक्ष रेग्मीले बिहीबार आँधिखोला गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागितामा “गाउँ पर्यटन प्रवद्र्धनका लागि स्थानीय समुदायको… पुरा पढौ

गण्डकी प्रदेशमा चैत २७ गतेभित्र सरकार गठन गर्न आह्वान

दीननाथ बरालपोखरा २१, चैत, गण्डकी प्रदेशमा यही चैत २७ गतेसम्म नयाँ सरकार गठनको लागि आव्हान गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बिहान राजीनामा दिएपछि गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले एक साताको समय सिमा दिदै सरकार गठनको लागि आव्हान गर्नु भएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई… पुरा पढौ

पोखरा रोयल सहकारीद्धारा १ लाख ११ हजार सहयोग

पोखरा २१, चैत पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जिल्ला सहकारी संघ लिमिटेड कास्कीलाई सहयोेग रकम हस्तान्तरण गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उक्त सहकारीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ अक्षयकोषको लागि सहयोग गरेको हो । पोखरामा आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले जिल्ला सहकारी संघ लि.कास्कीका अध्यक्ष एवं ६७औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति कास्कीका अध्यक्ष सावित्रा कोईरालालाई हस्तान्तरण गर्नुभएको हो ।कास्की जिल्लामा क्रियाशिल सहकारी संस्थाका अध्यक्षहरु मध्ये उत्कृष्ट… पुरा पढौ

पोखरामा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

काठमाडौँ २१, चैत, राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले पोखरासँगै मुलुकभर थप १७ सहरमा ुबाइक राइडु सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरु बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ ।… पुरा पढौ

कानुन मन्त्री गिरीले भेटे, दम्पत्ति हत्याका परिवारलाई

२१ चैत, पर्वत पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया कमला जिसीका हत्या भएको छ । हत्याबाट मृत्यु भएका जिसी दम्पत्तिको परिवारलाइ आज कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले भेटघाट गरेका छन् । पिडित परिवारको घर जलजला २ दहमा पुगेका गिरीले परिवारका सदस्यहरुलाई भेट गरेका हुन् । हत्या भएको २ दिनसम्म पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन् । परिवारसंगको भेटमा कानुन मन्त्री गिरीले हत्यारा छिट्टै पक्राउ पर्ने… पुरा पढौ