समाचार

आलु महोत्सव सुरु, प्रति केजी आलु ४० मा उपलब्ध

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताए ।उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको स्पष्ट पनि पारे । प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै… पुरा पढौ

तेश्रो मनुश्री÷भिग्नाजित जुनियर टेनिस ः दर्शिलले जिते दोहोरो उपाधि

तेश्रो मनुश्री÷भिग्नाजित जुनियर टेनिस प्रतियोगितामा दर्शिल श्रेष्ठले दोहोरो उपाधि जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनमा आइतबार सम्पन्न फाइनलमा दर्शिलले यू–१६ सिंगल्स र ओपन ब्वाइज डवल्सतर्फ गरी उपाधि जितेका हुन् । उनले यू–१६ सिंगल्सतर्फ सृजन भट्टराईलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे भने ओपन डबल्सतर्फ शास्वत बज्रचार्य संग जोडी बनाएका दर्शिलले स्पन्दन उदास र एड्रिन थापाको जोडीलाई फाइनलमा ६–२, ६–२ को सेटमा पराजित गरे ।सिंगल्सतर्फ उपाधि जितेका दर्शिलले नगद रु २० हजार र उपविजेता सृजनले नगद रु १०… पुरा पढौ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः खगराज अधिकारी नियुक्त

दीननाथ बराल,पोखरा २५, चैत, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः खगराज अधिकारी नियुक्त हुनु भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले संसदीय दलका नेता अधिकारीलाई आइतबार पुनः दोश्रो पटक मुख्मन्त्रीमा नियुक्त गर्नु भएको हो । प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । आजै नेता अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८ र एक स्वतन्त्र राजीव गुरुङ(दिपक मनार्ङ) गरी ३१ जनाको समर्थनको पत्र प्रदेश प्रमुखलाई बुझाउदै नयाँ… पुरा पढौ

पाल्पाली समाज पोखराको २१ औं साधारणसभा

पाल्पाली समाज पोखराको २१ औं साधारणसभाले विधान संशोधन प्रस्ताव पारित गरेको छ । पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा शनिबार भएको सभाले समाजका पूर्व अध्यक्ष एवं विधान संशोधन समिति संयोजक जगदीश गौतमले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत् पारित गरेको हो । जसअनुसार समाजको कार्यसमिति अब १५ सदस्यीय मात्र हुनेछ । गएको अधिवेशनबाट २७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । कार्यसमितिमा अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष तथा बाँकी ८ सदस्य निर्वाचित हुने छन् । कार्यकाल २ वर्ष यथावत् हुनेछ… पुरा पढौ

पुम्दी भुम्दीको परिवर्तन युवा क्लबको बिबिध कार्यक्रम सप्पन्न

पोखरा २४ चैत, पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दी—भुम्दीको विभिन्न सामाजिक कार्यमा सक्रिय परिवर्तन युवा क्लबले शनिबार बिबिध कार्यक्रम आयोजना गरेको छ । शनिबार भित्तेपात्रो विमोचन ,ठुलिबिडी खेल मैदान उदघाटन एवं नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान सहितको कार्यक्रम शनिबार सम्पन्न भएको हो । उक्त कार्यक्रमको अवसरमा छेलो हान्ने तथा घैटो फुटाउने प्रतियोगिता पनि भएको थियो । छेलो हान्ने तर्फ खुसिराम बराल प्रथम र राजन बराल द्दितिय हुनु भएको थियो भने घैटो फुटाउने तर्फ सरोज बराल विजेता हुनु भयो ।… पुरा पढौ

पौडेल वंश महासंघ नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशन पोखरामा सम्पन्न

पोखरा, चैत २४ गते, ‘पौडेल थर, हाम्रो साझा घर’ भन्ने मुल नारासहित पौडेल वंश महासंघ नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशन पोखरामा आज सम्पन्न भएको छ । स्वस्तिक वाचन गर्दै शंखध्वनीका साथ कार्यक्रमको उद्घाटन गरिएको थियो ।अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रिय अध्यक्ष हरिराम पौडेलले विभिन्न ठाउँमा छरिएर कुल पुजा गर्दै आउनुभएका पौडेल बन्धुहरुलाई यस पौडेल वंश महासंघ नेपालमा आवद्ध भई एउटै तिथिमा पुजा गर्न आग्रह गर्नुभयो । उहाँले आत्रेय गोत्रको कुल उत्थानको लागि पौडेलबन्धुहरु एक हुुुनुपर्ने भन्दै कुल पुजा एकै ठाउँमा… पुरा पढौ

फुटसल उपाधि यात्रा नेपाललाई, प्रदेशको साख जोगाउन अहिलेबाटै प्रशिक्षण आवश्यकः सदस्य गुरुङ

दीननाथ बराल,पोखरा २४, चैत, हार्ड वोण्ड फ्रेण्ड्सको आयोजनामा पोखरामा शनिवार सम्पन्न भएको प्रथम एमेचर फुटसल प्रतियोगिता २०८० मा यात्रा नेपालको टिमले उपाधि जितेको छ । स्पोट्स क्यासल फुटसलमा शनिबार भएको फाईनल खेलमा यात्रा नेपालले मिलन टोल समुहलाई ४–० को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । यात्रा नेपालको जितमा संदिप तामाङ, दिनेश गुरुङ, अंकिल गुरुङ र प्रनिल रानाभाटले एक÷एक गोलको गोगदान दिनु भयो । प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रहेको थियो भने दोश्रो पुरस्कार २५ हजार… पुरा पढौ

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनका उपाधि पुन र श्रेष्ठलाई

लुम्बिनी लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथनको उपाधी बाग्लुङका तिर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधि संगै नगद ५ लाख रुपैयां, स्वर्ण पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, सो दुरीलाई २ घण्टा २१ मिनेट ११ सेकेण्डमा भट्टाउदै नेपाली सेनाका खड्क बहादुर खड्काले द्धितीय स्थानमा आए । उनले नगद ३ लाख सहित रजत पदक र प्रमाणपत्र पाए । त्यस्तै कर्णाली –जुम्ला)का दुर्गाबहादुर बुढाले… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीलाई फुटसल उपाधि

पोखरा, २४ चैत, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ । विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको मैत्रीपूर्ण खेल मञ्चले जितेको हो । शनिबार अमरसिंह फुटसलमा भएको फाइनल खेलमा पोखरा संगीत समूहलाई ५–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिमले उपाधि जितेको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे । अर्जुन गाहा ‘सुशान्त’ र प्रवेश पोखरेलले १÷१ गोलको योगदान दिए । संगीत समूहको तर्फबाट विश्वास गुरुङ र… पुरा पढौ

लायन्स क्लबको सामाजिक योगदान महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको बताएका छन् । पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनका प्रमुख अतिथि भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पु¥याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकारसहित सबैका लागि उदाहरणीय रहेको बताए ।क्लबका असल अभ्यासको अनुशरण र सहकार्य गर्नुपर्ने खाँचो औंल्याउँदै प्रमुख भट्टले नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, भूकम्पपीडितलाई सहायता जस्ता राम्रो काम गरिरहेको उल्लेख… पुरा पढौ