पुम्दी भुम्दीको परिवर्तन युवा क्लबको बिबिध कार्यक्रम सप्पन्न

-


     पोखरा क्लिक     
     चैत्र २४ गते २०८० मा प्रकाशित


पोखरा २४ चैत,

पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दी—भुम्दीको विभिन्न सामाजिक कार्यमा सक्रिय परिवर्तन युवा क्लबले शनिबार बिबिध कार्यक्रम आयोजना गरेको छ । शनिबार भित्तेपात्रो विमोचन ,ठुलिबिडी खेल मैदान उदघाटन एवं नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान सहितको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको अवसरमा छेलो हान्ने तथा घैटो फुटाउने प्रतियोगिता पनि भएको थियो । छेलो हान्ने तर्फ खुसिराम बराल प्रथम र राजन बराल द्दितिय हुनु भएको थियो भने घैटो फुटाउने तर्फ सरोज बराल विजेता हुनु भयो । गण्डकी प्रदेशका पुर्व अर्थमन्त्री एबम नेकपा माओबादी केन्द्र कास्की जिल्ला इन्चार्ज रामजी प्रसाद बराल जिवनले कार्यक्रमको उद्घाटन गर्दै क्लवको प्रशंसा गर्नु भएको थियो । समाजका युवालाई खेलकुद र सामाजिक कार्यमा क्लवले यस्तै कृयाकला गर्न उहाँले आग्रह गर्नु भयो ।

क्लबका अध्यक्ष नरेन्द्र बरालको अध्यक्षता र कार्यक्रम संयोजक एबम सचिव सुदिप बराल द्दारा संचालित उक्त कार्यक्रममा पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल, जिल्ला समन्वय अधिकारी नवराज बराल ,वडा सदस्यहरु बिभिन्न राजनीतिक दल ,युवा क्लब,विभिन्न टोल बिकासका प्रतिनिधिहरु,बिद्यालयका प्रअहरु एवं आमा समुहको उपस्थिति रहेको थियो ।