फुटसल उपाधि यात्रा नेपाललाई, प्रदेशको साख जोगाउन अहिलेबाटै प्रशिक्षण आवश्यकः सदस्य गुरुङ

-


     पोखरा क्लिक     
     चैत्र २४ गते २०८० मा प्रकाशित


दीननाथ बराल,
पोखरा २४, चैत,

हार्ड वोण्ड फ्रेण्ड्सको आयोजनामा पोखरामा शनिवार सम्पन्न भएको प्रथम एमेचर फुटसल प्रतियोगिता २०८० मा यात्रा नेपालको टिमले उपाधि जितेको छ । स्पोट्स क्यासल फुटसलमा शनिबार भएको फाईनल खेलमा यात्रा नेपालले मिलन टोल समुहलाई ४–० को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

यात्रा नेपालको जितमा संदिप तामाङ, दिनेश गुरुङ, अंकिल गुरुङ र प्रनिल रानाभाटले एक÷एक गोलको गोगदान दिनु भयो । प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रहेको थियो भने दोश्रो पुरस्कार २५ हजार ५ सय ५५ रूपैया रहेको थियो । प्रतियोगितामा यात्रा नेपालका संदिप तामाङ म्यान अफ दी म्याच घोषित हुनु भयो ।

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरूङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै राखेप सदस्य गुरूङले खेलाडीहरूलाई अनुशासनमा रहन आग्रह गर्दै सुर्खाेतमा हुने १० ओैं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गरि उत्कृष्ट खेल प्रदर्शन गर्न सुझाव दिनु भयो । साथै उहाँले नवौं प्रतियोगितामा गण्डकीले राखेको साख जोगाउने गरी विभिन्न खेलको प्रशिक्षण अब सुरु गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रतियोगितामा २९ समुहले सहभागीको लागि टिम दर्ता गराएकोमा ९ समुहले अन्तिम समयमा सहभागि नभएको आयोजकले जनाएको छ । यसैबिच शनिबार महिला तर्फ भएको रियल म्याड्रिड एफ.सी. पोखरा ए र बी बिचको खेलमा ए को समुह बिजयी भएको हार्ड वोण्ड फ्रेण्ड्सका अध्यक्ष विश्वास गुरुङले बताउनु भयो । प्रतियोगितामा मिलन टोलका नामास थापा मगर उत्कृष्ट खेलाडी घोषित हुदा उत्कृष्ट गोलरक्षकमा यात्रा नेपालका अन्जन क्षेत्री घोषित हुनु भएको प्रतियोगिताका संयोजक अरुण थापा मगरले बताउनु भयो ।



This will close in 20 seconds