समाचार

पोखरा महोत्सवको पूर्व सन्ध्यामा कार र्याली

पोखरा २५, पुष बाह्रौं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा कार र्याली सम्पन्न भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा पोखरामा कार र्यालीको आयोजना गरेको हो । महोत्सव स्थल पोखराको अमरसिंह मैदानबाट सुरु भएको र्याली अमरसिंह चोक, हस्पिटलचोक, रानीपौवा, सितलादेवी, भद्रकाली, बाँझापाटन, मियापाटन, कदममार्ग, चाउथे चोक, मझेरीपाटन, काजीपोखरी, विरेन्द्रचोक, रामबजार, बुद्धचोक हुदै पुन अमरसिंह मैदानमा पुगी समापन भएको हो । र्यालीको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय… पुरा पढौ

गण्डकी प्रदेश स्तरिय पिएम कप क्रिकेट छनौटमा स्याङजा र तनहुँ भिड्ने

सागर सुनारपोखरा २४, पुष पोखरा रंगशालामा जारी गण्डकी प्रदेश स्तरिय पिएम कप क्रिकेट छनौटमा तनहुँ र स्याङजा बिच फाइनल खेलमा बुधबार प्रतिष्प्रर्धा हुने भएको छ । दुबै टिमले लिक चरणका खेलमा उत्कृष्ट खेल प्रर्दशन गरी दुई खेलमा आफ्नो अपराजित यात्रा जारी राख्दै फाइनलमा यात्रा बनाएका हुन्। उक्त फाइनल खेल बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहान ९ः०० बजे पछि हुने भएको गण्डकी प्रादेशीक क्रिकेट संघ प्रदेशका अध्यक्ष संजयकान्त सिग्देलले बताए । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा ६ टिम बिच उक्त प्रतियोगितामा… पुरा पढौ

पोखरामा दुध खादा सचेत रहन आग्रह

खुल्ला प्रतिष्प्रर्धाको अर्थतन्त्रमा कुनै पनि ठाँउको बस्तु तथा सेवा बिक्रि वितरण गर्न पाइन्छ तर एक ठाँउको बस्तु तथा सेवा अर्को ठाँउमा उत्पादन भएको भनी ढाट छल गर्नु अबैधानिक व्यपार हो । कुनै कम्पनी वा ठाँउमा उत्पादन हुने बस्तु वा सेवाले आम जनमानसमा ठुलो प्रभाव वा ब्राण्ड नै बनेको हुन्छ यस्तो अबस्थामा केही व्यपारी तथा बिचौलियाहरुले त्यसको फाइदा लिन खोजि राखेका हुन्छन । दुध सायद अमृत समान जन्मेदेखि मृत्यु नहुदासम्म आम ज्येष्ठ नागरिकहरुले समेत प्रयोग गर्ने बस्तु हो तर पनि यसमा… पुरा पढौ

नियम भित्र रहेर नदि तथा खानिजन्य पदार्थको उत्खनन गर्न आग्रह

पोखरा , पुस २४ जिल्ला समन्वय समिति कास्कीले पहिलो पटक नदिजन्य तथा खानीजन्य पदार्थ सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरेको छ। कार्यक्रममा नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन सम्बन्धी जिल्ला अनुगमन समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले राज्यका निति नियम भित्र रहेर नदि तथा खानिजन्य पदार्थको उत्खनन गर्न आग्रह गर्नुभयो । कतिपय स्थानमा लापरबाहीपूर्बक गरिएका उत्खननले बिकास निर्माण ध्वस्त पारेको , खतरा उन्मुख रहेको पाइएको हुँदा सो प्रती सचेत हुन स्थानिय सरोकारवाला सहित व्यबसायिहरूलाइ आग्रह गर्नुभयो… पुरा पढौ

एन प्याव्सनले सरुभक्त र जर्ज जोनलाई सम्मान गर्ने

पोखरा, २४ पुस नेशनल प्याव्सन कास्कीले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । एन प्याव्सन कास्कीको मंगलबार वसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पु¥याएका जर्ज जोन लाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । उनीहरुलाई यहि पुस २७ गते एन प्याव्सनको २५ औं स्थापना दिवसको अवसरमा शिक्षा सेवा सम्मान २०८० वाट सम्मान गरीने एन प्याव्सनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकाजी गुरुङले जानकारी दिए ।त्यसैगरी स्थापना… पुरा पढौ

रोटरीको राइलामा ४५ सहभागी

पोखरा, २४ पुस रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत कास्कीमा रोटरी युथ लिडरसिप अवार्ड ९राइला० हुँदैछ ।कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत लेवाडेमा यही जनवरी ११ देखि १४ ९पुस २६ देखि २९० सम्म हुने सो कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । १६ देखि २० वर्ष उमेर समूहकाले भाग लिन पाउने उक्त कार्यक्रम विशेषगरी नेतृत्व कौशल विकासका लागि महत्वपूर्ण मानिन्छ । सुन्दर, मनोरम स्थान लेवाडेमा प्रकृतिसँग रमाउँदै ४ दिनसम्म हुने सो कार्यक्रम रोटरीका विभिन्न कार्यक्रममध्ये महत्वपूर्ण रुपमा लिने गरिन्छ । कार्यक्रमका… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीको विषयवस्तु लेखन तालिम सम्पन्न

पोखरा २४, पुष नेपाल पत्रकार महासंघ कास्कीको विषयवस्तु लेखन तालिम सम्पन्न भएको छ । आइतबार देखि सोमबारसम्म महासंघको सभाहलमा चलेको तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल थिए । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव सुनाए । सोमबार तालिमको समापन गर्दै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले सिक्ने र सिकाउने प्रक्रिया कहिल्यै अन्त्य नहुने उल्लेख गरे । ‘सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ’, उनले भने,… पुरा पढौ

गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल

पोखरा २४, पुष गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षहरुमा तोरण बहादुर बानियाँ र इन्द्रा मल्ल चयन भएका छन् भने महासचिवमा मान बहादुर थापा, सचिवमा अरुण गुरुङ, कोषाध्यक्षमा शिरोमणी थापा चयन भए । त्यसै गरी कार्यसमिति सदस्यमा ललित कुमार गुरुङ ९नवलपुर०, इन्द्र पाठक ९बागलुङ०, बिनोद कुमार घर्ती ९म्याग्दी०, जगदिश कुवंर… पुरा पढौ

२३ औं आहा रारा पोखरा गोल्डकपलाई ग्लेज स्प्रिङ वाटरको साथ

पोखरा, २४ पुस २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई पोखरा नेचुरल फुड्स एण्ड वेभरेज प्रालिले साथ दिएको छ । अफिसियल ड्रिङ्किङ वाटरको रुपमा कम्पनीका तर्फबाट अध्यक्ष रविमोहन बराल र आयोजक सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा क्लब र कम्पनीतर्फबाट प्रतिनिधिको पनि उपस्थिति थियो । पोखरा रंगशालामा आगामी माघ ९ देखि २० सम्म हुने सो प्रतियोगितामा कम्पनीले प्रतियोगितास्थल, कार्यालय एवं पत्रकार सम्मेलन लगायतमा आवश्यकता अनुसार कम्पनीको उत्पादन ग्लेज स्प्रिङ… पुरा पढौ

बाह्रौं पोखरा महोत्सवको तयारी पुरा, महोत्सवमा हिमाली भेगको याक प्रदर्शनी

पोखरा २४, पुष बाह्रौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । रबि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए । स्थापना कालदेखीनै महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र… पुरा पढौ