सागर सुनार
पोखरा २४, पुष
पोखरा रंगशालामा जारी गण्डकी प्रदेश स्तरिय पिएम कप क्रिकेट छनौटमा तनहुँ र स्याङजा बिच फाइनल खेलमा बुधबार प्रतिष्प्रर्धा हुने भएको छ । दुबै टिमले लिक चरणका खेलमा उत्कृष्ट खेल प्रर्दशन गरी दुई खेलमा आफ्नो अपराजित यात्रा जारी राख्दै फाइनलमा यात्रा बनाएका हुन्।
उक्त फाइनल खेल बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहान ९ः०० बजे पछि हुने भएको गण्डकी प्रादेशीक क्रिकेट संघ प्रदेशका अध्यक्ष संजयकान्त सिग्देलले बताए । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा ६ टिम बिच उक्त प्रतियोगितामा भएको हो ।
यसैबिच मंगलबार नवलपुर र पर्वत बिचको खेलमा नवलपुरले ९८ रनको फराकिलो अन्तरले पराजित गर्यो । खेलमा म्यान अफ दी म्याच घोषित नलवपुरका कमल परियारले ८ विकेट लिदै २१ रन समेत जोडेका हुन्। उक्त प्रतियोगितामा छनौट भएका खेलाडीहरुलाई राष्ट्रिय प्रतियोगितामा गण्डकीको प्रतिनिधित्व गर्ने भएका छन्।