समाचार

ओलम्पिक दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम हुने

दीननाथ बराल,पोखरा ३, जेठ, ओलम्पिक दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम हुने भएको छ । ओलम्पिक दिवसको अवसरमा पोखरामा विभिन्न संघ संस्थाहरुले विभिन्न खेल सहितका गतिविधि आयोजना गर्दै ओलम्पिक दिवस मनाउने भएको नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले बताउनु भयो । यसै सन्दर्भमा पोखरा नदीपुरको माउण्ट अन्नपूर्ण माबिमा चौथो संस्करणको एसईई छात्रछात्रा लक्षित बास्केटवल सहितका विभिन्न प्रतियोगिता आयोजना हुने भएको उहाँले जनाउनु भयो । शिक्षासंगै खेलकुदको बिकास गराउने उद्वेश्यले ओेलम्पिक दिवसको अवसरमा बास्केटवल प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट स् नवलपुर र स्याङजाको जित

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट अन्तर्गत नवलपुर र स्याङजाले जित निकालेका छन् । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी समुह ‘बी’ को खेलमा उनीहरुले जित निकालेका हुन् । नवलपुरले पर्वत विरुद्धको खेलमा ६ विकेटले जित हात पारेको छ । वर्षाका कारण ५ ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुवात गरेको पर्वतले ७ विकेटको क्षतीमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए भने अमृत गुरुङले १५ बलमा… पुरा पढौ

पोखरा २६ को योजना महिलाले छनौट गर्ने

लेखनाथ÷असार ०३, पोखरा महानगरपालिका वडा नं. २६ ले आगामी आर्थिक बर्ष २०८१÷०८२ का योजना छनौट गर्ने जिम्मा महिलाहरुलाई दिएको छ । वडा भित्र रहेका विभिन्न आमा तथा महिला समूहलाई आगामी आर्थिक बर्षको योजना छनौट गर्ने जिम्मा दिईएको वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । मातृशक्तिमा समन्यायिक बजेट विनियोजन र आवश्यकता पहिचान गर्ने क्षमता हुने भएकाले योजना छनौटको जिम्मा दिइएको अध्यक्ष थापाले बताए । वडा भित्रका महिला तथा आमासमूहलाई एक करोडको बजेट सिलिङ भित्र सवैलाई समेट्ने गरी योजना ल्याउन अध्यक्ष थापाले आग्रह… पुरा पढौ

कास्कीका सीडिओ र एसपीको स्वागत र सम्मान

पोखरा, ३ असार होटल संघ पोखरा नेपालले कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । सोही अवसरमा संघले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान पनि गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्दै विविध विकृति नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रहरी प्रमुख थापालाई सम्मान गरिएको हो । प्रहरी प्रमुखका रुपमा थापाले पोखरा भित्रिंदै गरेका पर्यटकलाई गैरकानूनी रुपमा स्कर्टिङ गरी उनीहरुलाई दुःख र हैरानी दिने गिरोहलाई निस्तेज पारेको संघका अध्यक्ष… पुरा पढौ

आज बकर इद, सार्वजनिक बिदा

काठमाडौँ ३, जेठ मुस्लिम धर्मावलम्बीको दोस्रो महान् चार्ड बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदहरुमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्नु हुन्छ। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गर्नु हुन्छ । मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने गर्नु हुन्छ । यो पर्व को अवसरमा सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ… पुरा पढौ

दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

पोखरा, २ असार, पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउादै उपाधि सहित नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्न सफल भयो । उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त… पुरा पढौ

हेमजा भेट्रान्स कपको दोस्रो दिन ३ खेल सम्पन्न

असार २ हेमजा । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ । जस्मा वडा न. ६ ले वडा न. १५ लाई २–० र वडा न.१० ले वडा नं २० लाई ३–१ र वडा नं २५ ले वडा नं २९ लाई ५–२ को गोल अन्तरले अग्रता निकालदै वडा न ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश गरेको छ । भोलि पहिलो… पुरा पढौ

विद्यार्थीका लागि विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

शुक्लागण्डकी), असार चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले शुक्लागण्डकी नगरपालिका वडा नं १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा आज विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको हो । कार्यक्रममा क्लबका अध्यक्ष सुमबहादुर रानाले विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गर्नुभएको थियो । क्लबका अध्यक्ष सुमबहादुर रानाको अध्यक्षता एवम् विद्यालयका… पुरा पढौ

भरतपोखरीको प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न आग्रह

असार २ ,पोखरा, लैङ्गिक हिंसा ब्यबस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले लैगिक हिंसा प्रभाबितहरूको लागि अल्पकालिन आवास गृह एबम प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको आमा चौरमा प्रदेश सरकारको लगानिमा भवन निर्माण सम्पन्न भए पनि केन्द्र संचालनमा आउन नसकेको प्रती समितिको गम्भीर ध्यानाकर्षण भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेललेजिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर… पुरा पढौ

गण्डकी प्रदेशको बजेट गत बर्ष भन्दा ४४ करोड ८७ लाखले कमी,भौतिक पूर्वाधारमा ३८.५ प्रतिशत बजेट

दीननाथ बराल , गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि अघिल्लो बर्षको तुलनामा ४४ करोड ८७ लाख कम बजे प्रस्तुतः गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैया बराबरको बजेट विनियोजन गरेको हो । उक्त बजेट चालु आर्थिक बर्षको भन्दा केही कम भएको शनिबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङले बताए । उक्त बजेटको पूँजिगत तर्फ ५९.१९ प्रतिशतले १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजारको बजेट… पुरा पढौ

This will close in 20 seconds