समाचार

पोखरामा सोमबार देखि टाईगर कप भलिवल सुरु हुने, उद्घाटन सहित सोमबार लिग चरणका ४ खेल हुने

दीननाथ बराल, पोखरामा भोलि (सोमबार) देखि चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब भलिबल प्रतियोगिता २०८० हुने भएको छ । यही माघ ६ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । सोमबारबाट सुरु हुने उक्त प्रतियोगितामा सोमबार नै लिग चरणका ४ खेल हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले बताउनु भयो । उहाँका अनुसार सोमबार घरेलु टिम… पुरा पढौ

प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने घोषणा

पोखरा २९ पुस प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले सानो कमजोरीले ठुलो समस्या उत्पन्न हुने भन्दै सहि र तथ्यमा आधारित समाचारले समाज परिवर्तनमा भुमिका खेल्ने बताए । अहिले सञ्चार कानुन निर्माणको तयारी भैरहेको बताउदै पत्रकारमैत्री बनाउन आफनो तर्फबाट भुमिका… पुरा पढौ

लायन्स क्लब पोखरा गुडविलको रक्तदान कार्यक्रमबाट १०१ युनिट रगत संकलन

पोखरा २८, पुष पोखराको लायन्स क्लब अफ पोखरा गुडविलले शनिबार आयोजना भएको खुला रक्तदान कार्यक्रमबाट १ सय १ यूनिट रंक्त संकलन भएको छ । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत पोखराका मानवअधिकार चोक (पोखरा ट्रेड मलको गेट अगाडी) आयोजना गरिएको कार्यक्रममा उक्त रंक्त संकलन भएको कार्यक्रमका संयोजक राजेन्द्र शर्मा तिमिल्सिनाले बताए । क्लब यस वर्ष लायन्स क्लबहरु मध्येमा सर्वाधिक रगत संकलन गर्न सफल भएको क्लवको दाबी छ । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डा.अमर नागिलाले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी… पुरा पढौ

बिद्यार्थीकै सक्रियतामा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा फुड फेस्ट आयोजना

दीननाथ बराल, पोखरा १४ छिनेडाँडामा रहेको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा एकदिने फुड फेस्ट (खाना महोत्सव) सम्पन्न भएको छ । कलेजमा अध्ययनरत व्याचलर अफ होटल म्यानेजमेन्ट (बि.एच.एम) ५ औं सेमेस्टरका विद्यार्थीहरुको आयोजनामा उक्त फेस्ट भएको कलेजका अध्यक्ष असोक पालिखेले बताउनु भयो । विद्यार्थीको सैद्धान्तिक सहित व्यवहारिक ज्ञान हासिल गर्न कलेजले हरेक बर्ष उक्त कार्यक्रम गर्न बिद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको उहाँले जनाउनु भयो । आफ्नो कलेजमा अध्ययनरत बिद्यार्थीहरुकै सक्रियतामा विभिन्न खानाका ७ वटा स्टलहरु रहेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले पोखराक्लिकलाई… पुरा पढौ

पोखरा महोत्सवको टिकटमा बम्पर उपहार

पोखरा २८, पुष पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको साथ वढ्दै गएको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती रहयो । दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत दर्शकहरुको भीड लागेको थियो । महोत्सवमा घोडसवार, याक हेर्ने र महोत्सवको टिकटमा राखिएको नेपाल टेलिकमको निशुल्क सिम लिनेहरुको भिड लागेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । पोखरा महोत्सवको प्रवेश टिकटबाट बम्पर उपहार राखिएको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । उनका अनुसार महोत्सवको अन्तिम… पुरा पढौ

लायन्स सेन्ट्रल गार्डनको लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

२९ पौष, पोखरा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सामुदायिक विद्यालयतर्फ माध्यमिक तहका विद्यार्थी लक्षित लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । माछापुच्छे« गाउँपालिकामा अवस्थित गौरीशंकर मनिलाल माध्यमिक विद्यालयमा आयोजना गरिएको सचेतनामा ९० जना विद्यार्थी भाइबहिनीको सहभागी रहेको थियो । कार्यक्रमका सभापति पूर्व अध्यक्ष असफल गौतमले विद्यालय पुस्तकालयका लागि क्लबकातर्फबाट ८ हजार बराबरको पुस्तक हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पुस्तक किन्न पनि नस्कने अवस्थामा ज्ञानमुलक पुस्तकका लागि आर्थिक जोहो अर्को समस्या… पुरा पढौ

रेडक्रस बाँगेफड्के उपशाखाको पाँचाँै अधिवेशन

२९ पुस, पोखरा नेपाल रेडक्रस सोसाइटी भाटखोला बाँगेफड्के उपशाखा फेदीखोला स्याङजाको १८ औं वार्षिक साधारण सभा एवं पाँचौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रेशमलाल रानाभाटको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपसभापति रामकुमारी गुरुङ, सचिव शिवप्रसाद लामिछाने, कोषाध्यक्ष तिलबहादुर क्षेत्री, उप–सचिव मानबहादुर बि.सी., उप–कोषाध्यक्ष ठकबहादुर गुरुङ निर्वाचित भएका छन् । यसैगरी सदस्यमा खड्गबहादुर रानाभाट, गोविन्दबहादुर रानाभाट, टेकप्रसाद लामीछाने, राजकुमार जि.टी. र देवी रानाभाट रहेका छन् । अधिवेशनको समुद्घाटन गर्दै फेदीखोला गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले रेडक्रसमा आवद्ध… पुरा पढौ

कपडा व्यवसायी एसोसिएसन कास्कीको २२ औँ वार्षिक साधारण सभा

कपडा व्यवसायी एसोसिएसन कास्कीको २२ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । उक्त साधारण सभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रवन प्रजापतिले व्यवसायीहरू बैङ्क तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर र अत्यधिक कर वृद्धि लगायतका समस्याहरूले पीडित बनेको बताउनुभयो । यी समस्याहरू सम्बोधनका लागि व्यवसायीहरूको छाता संस्थाका हैसियतले पोखरा उद्योग वाणिज्य संघले सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर छलफल र संवाद गरिरहेको अध्यक्ष प्रजापतिले बताउनुभयो । विभिन्न कारणले विस्थापित हुने अवस्थामा आइपुगेका व्यवसायीहरूको संरक्षणका लागि सहायता लगायत दबाबमूलक कार्यक्रमहरू… पुरा पढौ

मिलनसार सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ । साधारणसभाको पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्नुुभयो ।कार्यक्रममा वडा अध्यक्ष अधिकारीले सामाजिक जागरणका क्षेत्रमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुुभयो । सहकारीहरू उत्पादनसँग जोडिनुपर्ने बताउँदै उहाँले त्यसबाट स्वरोजगार सिर्जना गर्न सकिने बताउनुुभयो ।सहकारीका अध्यक्ष मनमाया मगरले सहकारीले सदस्यहरूको आर्थिक विकासका लागि सहकारीको मूल्य मान्यतामा आधारित रही उद्यमशीलतामा जोड दिएको बताउनुुभयो । सदस्यहरूलाई बचत र… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल पार्न रोटरी डिस्ट्रीक ३२९२ ले साथ दिने

नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ ले साथ दिने भएको छ । प्रतियोगितालाई सफल पार्न उक्त संस्था बिच शनिबार पोखरामा प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बिच पोखरामा सम्झौता भएको हो । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सँग जोडिएकोमा धन्यवाद… पुरा पढौ