पोखरामा दुध खादा सचेत रहन आग्रह

-


     दीननाथ बराल    
     पौष २४ गते २०८० मा प्रकाशित


खुल्ला प्रतिष्प्रर्धाको अर्थतन्त्रमा कुनै पनि ठाँउको बस्तु तथा सेवा बिक्रि वितरण गर्न पाइन्छ तर एक ठाँउको बस्तु तथा सेवा अर्को ठाँउमा उत्पादन भएको भनी ढाट छल गर्नु अबैधानिक व्यपार हो । कुनै कम्पनी वा ठाँउमा उत्पादन हुने बस्तु वा सेवाले आम जनमानसमा ठुलो प्रभाव वा ब्राण्ड नै बनेको हुन्छ यस्तो अबस्थामा केही व्यपारी तथा बिचौलियाहरुले त्यसको फाइदा लिन खोजि राखेका हुन्छन ।

दुध सायद अमृत समान जन्मेदेखि मृत्यु नहुदासम्म आम ज्येष्ठ नागरिकहरुले समेत प्रयोग गर्ने बस्तु हो तर पनि यसमा केही व्यपारी तथा बिचौलीयाको कारण यसमा मिसावट सहितको ठगि व्यापार पोखरामा समेत गर्न सुरु भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको छ । तराई क्षेत्रबाट आउने दुधमा मिसावट सहित पोखराकै स्थानीय दुध भनी बिक्री वितरण हुने गरेको नेपाल डेरी फार्मस् संघका अध्यक्ष दिपक तिमिल्सिनाले बताउनु भयो ।

नेपाल डेरी फार्मस् संघ र राष्ट्रिय व्यवसायिक पशुपालना तथा दुग्ध उत्पादन कृषक समाजको संयुक्त आयोजनामा मंगलबार पोखरामा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा पोखरामा दुध खादा सचेत रहन आग्रह समेत गर्नु भएको हो ।

पहाडी क्षेत्रमा उत्पादन भएको दुधको गुणस्तर र ब्राण्डीङ भएकोले गर्दा त्यसको फाइदा उठाउदै तराई क्षेत्रबाट दैनिक जसो दश हजार लिटर दुध पोखरा भित्रिने गरेको अध्यक्ष तिमिल्सिनाले दाबी गर्नु भयो । पोखरामा भएका करिब तीस प्रतिशत जसो पशुपालनका फार्महरु विस्थापित भएको तथा केहीको पहिलाको तुलनामा कम गाई तथा भैसी पालन भएकोेले गर्दा पनि पोखराको माग अनुसार तराइको दुध ल्याई स्थानिय दुध नै हो भनी बिक्रि वितरण हुने गरेको अध्यक्ष तिमिल्सिनाले बताउनु भयो । तीन तहका सरकारले यस बिषयमा गम्भिर हुन नसकेका कारण आफुहरुले बाध्य भएर पत्रकार भेटघाट गरी सार्वजनिक गर्न बाध्य भएको उहाँले जनाउनु भयो । मानव स्वास्थ्य माथि खेलवाडी गरी एक ठाँउका बस्तुलाई अर्को ठाँउको बस्तु हो भनी बिक्रि गर्नु नै अवैध व्यापार भएको अध्यक्ष तिमिल्सिनाको दाबी छ । पोखरामा करिब ४१ ह्जार लिटर दुध उत्पादन हुने गरेको उहाँले जनाउनु भयो ।

पोखरा क्षेत्रमा हाल दश वटा भैसी भएका किसानले अझै पनि २ सय भन्दा बढी लिटर दुध बिक्रि गर्ने गरेको उहाँले दाबी गर्नु भयो । नेपालको समग्र कृषि प्रणालीमा व्यापक सुधार गरी सम्मानित पेशाको रुपमा स्थापित गर्न देशबाट दक्ष तथा अर्धदक्ष कामदारको विदेश पलायन रोक्न, कृषिजन्य तथा दुग्धजन्य पदार्थको उत्पादनमा देशलाई आत्मनिर्भर बनाई समग्र कृषि प्रतिको लगानी सुरक्षित गर्न र कृधि पेशा प्रति आकषंण तथा विविध कृषिजन्य उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर बनाउन समग्र कृषि नीतिमा व्यापक सुधार आवश्यक रहेको अध्यक्ष तिमिल्सिनाले बताउनु भयो ।

हाल किसानहरुले उत्पादन गरेको दुध विक्रि गर्ने बजारको अभाव भएको हुँदा तत्काल बजारको व्यवस्थापन गर्नुपर्ने, दुधको बिक्रि वितरणमा समस्या आएका कारण बैंकसँगको सहकार्यमा सहजीकरण गर्नुपर्ने,. दुग्धजन्य पदार्थको आयातमा पूर्ण बन्द गरी निवांतको लागि पहल गर्नुपर्ने, कृषि अनुदान कर्जाको लिमिट ५ करोडबाट बढाएर २० करोडसम्म गर्नुपर्ने, ५. कृषि कर्जाको समयावधी ५ वर्षबाट बढाएर कम्तिमा २० वर्ष गर्नुपर्ने माग गरिएको छ ।

कृषि अन्तर्गत पशुपालन व्यवसाय÷कर्जालाई छुट्टै व्यवस्थापन गर्नुपर्ने, खरिद मूल्यको आधारमा पशु बीमा गरिनुपर्ने, कृषि तथा पशुपालनजन्य उपकरणहरु शुन्य भन्सारमा खरिद गर्ने व्यवस्था मिलाइनुपर्ने, बाहिरबाट आएको खुल्ला दुधलाई प्रशोधन गरी विक्रि वितरण गर्ने व्यवस्था मिलाइनुपर्ने, बाहिरबाट आएको खुल्ला दुध र स्थानीय दुधको वर्गीकरण गरी उपभोक्ता माझ पुयाउने व्यवस्था मिलाउनु पर्ने संघ तथा समाजले जोडदार माग गरेको छ ।

समाजका अध्यक्ष आनन्द निउरेले गाई तथा भैसीको ३ घण्टा सम्म दुध खान योग्य हुने त्यस पछि दुधलाई प्याकेजिङ तथा प्रशोधन गर्नुपर्ने बताउनु भयो । केही पोखराका डेरीहरुले ४ महिनासम्म किसानको पैसा समेत नदिएको आरोप लगाउनु भयो । तराईबाट आएको दुध तराईकै नाम र सोही मुल्यमा बिक्रि हुनुपर्ने उहाँको भनाई थियो ।

पोखरा क्षेत्रमा दैनिक ८० हजार लिटर दुध उत्पादन हुने गरेको छ भने ३५ हजार लिटर दुध छिमेकी पालिकाहरुबाट पोखरा भित्रिने गरेको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताउनु भयो । खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीका खाद्य अनुसन्धान अधिकृत शिवजी बरालले यदि पोखरामा यस्तो दुधमा कुनै अद्याय वा कुनै मिसावट भएको खण्डमा आफुहरुलाई जानकारी भएमा अनुसन्धान गर्ने बताउनु भयो । यदि कसैले मानव स्वास्थ्य माथि नै खेलवाड गरी मिसावट गरेको भेटिएमा आवश्यक कार्वाहीको लागि सिफारिस गर्ने उहाँले जनाउनु भयो ।