समाचार

पोखरामा मनुश्रीरभिग्नाजित जुनियर टेनिस सुरु

पोखरामा तेश्रो संस्करणको मनुश्रीरभिग्नाजित जुनियर टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन गर्ल्स र ब्वाइजतर्फ गरी सात खेल सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिएकी छन् । पहिलो दिन यू–१० ब्वाइजतर्फ इभान भट्टारई जित निकालेका छन् । उनले रजन खडका लाई ६–३, ६–० ले पाखा लगाए । त्यसै गरी यू–१० तर्फनै संघर्ष फौदारले ओमयूग थापालाई ६–०, ६–१ ले पराजित गर्दा सोही उमेर… पुरा पढौ

जगदम्बा ट्राभल्सलद्धारा पोखरा काठमाण्डौ रुटमा सोफासिटको लक्जरियस बस सेवा सुरु(भिडियो सहित)

दीननाथ बरालपोखरा २१, चैत पोखरा जगदम्बा ट्राभल्सले पोखरा काठमाण्डौं रुटमा लक्जरियस बस सेवा पुनः संचालन गर्ने भएको छ । विगत केही बर्ष देखि अत्याधुनिक बस सेवा संचालन गर्दै आएको जगदम्बा ट्राभल्सले यसपाली हालसम्मकै बढी सेवा सुविधा सहितको बस सेवा संचालनमा विहिबार देखि ल्याउने भएको जगदम्बा ट्राभल्सका अध्यक्ष युवा व्यवसायी केशव प्रसाद अधिकारीले बताउनु भयो । उक्त बस सेवा संचालन हुनु पूर्व अवसरमा बुधबार पोखराको प्रस्याङ देखि हेमजा हुदै फेदीसम्मको यात्रा गरिएको उहाँले जनाउनु भयो । यात्राको क्रममा सहभागि यात्रुलाई हजाई… पुरा पढौ

पोखरामा नयाँ विषयमा नाटक मञ्चन हुँदै

पोखरा, २१ चैत रेनाँसा थिएटरको प्रस्तुतीमा पोखरामा नयाँ नाटक मञ्चन हुने भएको छ । नयाँ वर्षको शुरु ९वैशाख १० देखि १५ दिनसम्म नाटक मञ्चन हुने निर्देशक धु्रव पौडेलले जानकारी दिए । साहित्यकार बुद्धिसागरको कथालाई नाटकमा रुपान्तरण गरेर नाटक मञ्चन गरिनेछ । स्मृति बिक्रि केन्द्र शिर्षकको कथालाई ऋतेशले नाट्य रुपान्तरण गरेका हुन् । नाटकले विज्ञान र प्रविधिको क्षेत्रमा भविष्यमा हुनसक्ने चमत्कारिक विकासलाई उठान गरेको निर्देशक पौडेलले बताए । ‘विज्ञान र प्रविधिको क्षेत्रमा दैनिक जसो चमत्कारहरु भईरहेका छन् । निकट भविष्यमा हामीले… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्धारा राजीनामा

डि.एन.बी.पोखरा २१, चैत गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले आज राजीनामा दिनु भएको छ । मुख्यमन्त्री पाण्डले गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आज बिहान राजीनामा बुझाउनु भएको मुख्यमन्त्री तथा मत्रिपरिषदको सचिवालयले जनाएको छ । गत फागुन २३ गते माओबादी केन्द्रले समर्थन फिर्ता लिएसंगै प्रदेश सरकार अल्पमतमा परेकोले भोलि( (चैत २२ गते) भित्र विश्वासको मत लिनु पर्ने भएकोले विश्वासको मत पाउने आधार नभए पछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिनु भएको श्रोतले पाृखराक्लिकलाई जनाएको छ । सदनमा निर्णायक शक्तिको रुपमा रहेको राप्रपाले… पुरा पढौ

पाहुनालाई लक्षित गरी बन्यो नानी अपार्टमेण्ट

पोखरामा केही समयको लागि घुम्न आउने तथा आफन्तको शुभकार्यमा पाहुनाललाई लक्षित गरेर पोखरा १६ सेदीमार्गमा नानी अपार्टमेण्ट निर्माण भएको छ । नानी अपार्टमेण्ट प्रा।लि।ले उक्त अपार्टमेण्ट बनाएको हो । ‘हप्ता १० दिन वा त्यो भन्दा बढी समय पोखरा घुम्न आउने पाहुनाका लागि लक्षित गरेर यो अपार्टमेण्ट बनाईएको हो ।’ नानी अपार्टमेण्ट प्रा।लि।की सञ्चालक टिका गुरुङ्ले भनिन्, ‘कसैको घरमा हुने शुभकार्यमा आउने पाहुनाका लागि पनि यो अपार्टमेण्टका फ्ल्याटहरु उपलब्ध हुनेछन् ।’ उनले पोखराका घरहरुमा हुने उत्सवहरुमा धेरै पाहुना आउने र उनीहरुलाई… पुरा पढौ

सामुदायिक सेवा केन्द्र वगरको २१ औ स्थापना दिवस

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले २१ औ स्थापना दिवस मनाएको छ । स्थापनासँगै नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले सामुदायिक सेवा केन्द्र वगरका हरेक गतिविधि उत्कृष्टता रहेको बताए । ‘सामुदायिक सेवा केन्द्रका हरेक गतिविधिले समाजका विकृति विसंगती न्यूनिकरण गर्न प्रहरीलाई सहयोग पुगेको छ’ प्रहरी उपरीक्षक थापाले भने, ‘आगामि दिनमा पनि संस्था गतिविधि क्रियाशिलता रहने विश्वास… पुरा पढौ

कथाकार हरिश्चन्द्र नेपालीको कथा पुस्तक ‘भुत्ते गाँठो’ विमोचन

पोखरा, २० चैत साहित्य श्रृंखला पोखराद्वारा पोखरेली लेखक हरिश्चन्द्र नेपालीको कथा पुस्तक ‘भुत्ते गाँठो’ लोकार्पण भएको छ । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले लोकार्पण गर्दै लेखकले कथा मार्फत सामाजिक समानताको सन्देश पाठक बिच पु¥याउन खोजेको बताए । बामपन्थी नेता केश बहाुदर परियार, गण्डकी साहित्य संगमका अध्यक्ष भिम रानाभाट, समालोचक चोलाकान्त ओझाले लेखक वैदेशिक रोजगारको सिलसिलामा युके भएर पनि नेपाली समाजको पुरातन चिन्तन बदल्न साहित्य मार्फत अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभएको थियो । राष्ट्रिय श्रृंखलाका अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा भएको… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डमा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने

पोखरा २० चैत्र आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ मा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने भएको छ । मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् । भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल सहभागी थिए । यस अगाडि आइतबार मञ्चको टोलीले सदस्य सचिव शर्मासँग भेट गरेर अवार्ड कार्यक्रमको प्रस्तावना पत्र हस्तान्तरण गरेको थियो । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमलाई… पुरा पढौ

गण्डकी प्रदशेको दोस्रो पञ्चवर्षीय योजना आधार–पत्र सार्वजनीक

दीननाथ बराल, गण्डकी प्रदशेको दोस्रो पञ्चवर्षीय योजनाको आधार–पत्र सार्वजनीक गरिएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आज(सोमबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत दोश्रो पञ्चवर्षीय योजनाको आधार–पत्र सार्वजनिक गरिएको हो । “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय लक्ष्य हासिल गर्न योजनाले आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी को सोच तय गरेको त्यसको आधारमा प्रदेशको आर्थिक विकास र समृद्धिको लागि कृषि र पर्यटनलाई प्रथामिकता दिएको आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले बताउनु भयो । प्रदेशको उत्पादकत्त्व वृद्धि, सामाजिक न्याय र… पुरा पढौ

नवलपुर र तनहुँको शुक्ला गण्डकीमा प्रादेशीक क्रिकेट रंगशाला निर्माण गर्ने प्रदेश सरकारको निर्णय

दीननाथ बराल,गण्डकी प्रदेश सरकारले नवलपुर र तनहुँको शुक्ला गण्डकीमा प्रादेशीक क्रिकेट रंगशाला निर्माण गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको चैत्र ९ गते बसेको मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले नवलपुर र तनहुँको शुक्ला गण्डकीमा गरी दुई ठाउँमा प्रादेशीक क्रिकेट रंगशाला निर्माण गर्ने निर्णय गरेको हो । प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा परिषदद्वारा गठित अध्ययन टोलीले प्रदेशका विभिन्न जिल्लाको भ्रमण र स्थलगत अवलोकन गरी उक्त जग्गाको खोजी गरी परिषदलाई सिफारिस गरेसंगै परिषदले प्रदेश सरकारलाई उक्त प्रस्ताव पेश गरेको… पुरा पढौ