पोखरा रंगशालाको स्क्वास परिसरमा बृक्षारोपण

-


     पोखरा क्लिक     
     असार १५ गते २०८१ मा प्रकाशित


सागर सुनार
पोखरा १५, असार,

स्क्वास राकेट्स संघ कास्कीले शनिबार पोखरा रंगशालामा बृक्षारोपण गरेको छ । संघको एक सदस्य एक विरुवा अभियान अन्तर्गत शनिबार पहिलो चरणमा विभिन्न ७ जातका ३७ वटा बिरुवा रोपण गरिएको संघका सचिव सन्तोष घिमिरेले बताउनु भयो ।

रंगशाला भित्र स्क्वास संघको परिसरमा वर, पिपल, पारिजात, समी, जारकाण्डो, तेजपक्ता लगायतका बिक्षारोपण गरिएको उहाँले जनाउनु भयो । बिरुवा रोपेर मात्र ठुलो कुरा नभई त्यसलाई हुर्काउने समेत जिम्मा आफुहरुले लिने गरी एक सदस्य एक बिरुवाको अभियान सुरु गरिएको संघ कास्कीका अध्यक्ष प्रविन पालिखेले बताउनु भयो ।

गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री किरण गुरुङले उक्त कार्यक्रममा बिरुवा रोपण गर्दै कार्यक्रमको उद्घाटन गरी बृक्षारोपणसंगै त्यसको संरक्षणमा समेत बिषेश ध्यान दिन आग्रह गर्नु भयो । उक्त कार्यक्रममा संघ गण्डकी प्रदेशका अध्यक्ष असोक रञ्जित, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठक, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामा, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय धान दिवसको अवसरमा संघले बिहानको सिमसिम पानीमा बिरुवा रोपे गरेसंगै सहभागिहरुलाई दही चिउरा खुवाइएको थियो ।



This will close in 20 seconds