विन्ध्यवासिनीलाई नौमती बाजा

-


     पोखरा क्लिक     
     असार १४ गते २०८१ मा प्रकाशित


पोखरा १४ असार

लक्ष्मी सनराईज वैंकले वाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई नौमती बाजा हस्तान्तरण गरेको छ ।

परम्परागत लोक संस्कृति सहित बाजाको संरक्षण तथा पर्वद्घन गर्ने हेतुले बाजा हस्तान्तरण गरिएको वैंकका वगर शाखा कर्जा अधिकृत विकास आचार्यले जानकारी दिए ।नरसिगा, सनाई, दमाहा, ट्याम्को सहित नौ थान बाजा सेट वैंकका प्रदेश प्रमुख उज्वल वैद्य, क्षेत्रिय अप्रेशन अफिसर राजु भण्डारी, विजनेश म्यानेजर सुनिता राणाले विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, सह प्रधानाध्यापक राम वहादुर वाँनिया, भेषराज पौडेल, पुर्व प्रधानाध्यापक खिमलाल अधिकारी, समितिका सदस्य सन्दिप थापा, विमला अधिकारीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा वोल्दै प्रधानाध्यापक आचार्यले लक्ष्मी सनसाईज वैंकले गरेको सहयोग अतुलनिय रहेको वताउँदै, वालवालिकाको सिर्जनात्मक अभ्यासमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे । वैंकका प्रदेश प्रमुख वैद्यले आफ्नो वाषर््िाक कार्यक्रम अन्र्तगत परम्परागत बाजा, देशकै नमुना विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुशी लागेको वताए । कार्यक्रममा विद्यालयका दश जोड दुई संयोजक माधव अधिकारी, वैंकका न्युरोड शाखा प्रमुख भोजराज सुवेदी, बगर शाखा प्रमुख नविन गौतम, कर्जा अधिकृत विकास आचाय, समितिका सदस्य मेहरमान नेपाली,शिक्षक शिव सापकोटा लगायतले लोप हुने अवस्थामा पुगेको नौमती बाजा संरक्षणमा वैंकले खेलेको भुमिकाको प्रशंसा गरे ।

सो अवसरमा विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीले नौमती बाजामा नृत्य प्रस्तुत समेत गरेका थिए ।