समाचार

पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१ यही जेठ १७ देखि पोखरामा हुने

दीननाथ बराल, पोखरा ११, जेठ, पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१ यही जेठ १७ देखि पोखरामा हुने भएको छ । पोखरा महानगरपालिकाको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघ तथा नेपाल बक्सिङ महासंघको व्यवस्थापनमा यही जेठ १७ गते देखि उक्त प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । यही जेठ १८ गतेसम्म पोखरा रंगशालामा संचालन हुने प्रतियोगितामा पुरूष तर्फ ९ र महिला तर्फ ६ वटा तौल समुहमा प्रतिष्प्रर्धा हुने भएको संघ कास्कीका अध्यक्ष सुमन कुमार श्रेष्ठले बताउनु भयो ।… पुरा पढौ

विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्ने पाठ्यक्रम तयार भयो; मुख्यमन्त्री अधिकारी

पोखरा ११ जेठ, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियररयुवा तथा ३० औं शिक्षक नायक गोष्ठीको उद्घाटन गर्दै आफूले पहिलोपटक मुख्यमन्त्री हुँदा थालनी गरेको काम अहिले विज्ञ राखेर पुरा गरेको बताउनुभएको हो । तयार भएको पाठ्यक्रम मेडिकल इर्मजेन्सी, प्राकृतिक प्रकोप, बाढी नियन्त्रण तथा महिला हिंसा विरुद्धका सीपहरु लिनका निम्ती प्रभावकारी बन्ने विश्वास उहाँको… पुरा पढौ

नेपालमा पठन संस्कृतिको विकास नै छैनः संस्थापक राष्ट्रपति डा.यादव, पत्रकार महासंघ कास्कीमा पुस्तकालय स्थापना

दीननाथ बराल,पोखरा, ११ जेठ, नेपाल पत्रकार महासंघ कास्की शाखाले डिजिटल पुस्तकालय संचालनमा ल्याएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतको सहयोगबाट हालै निर्माण भएको उक्त पुस्तकालय शुक्रबारबाट संचालनमा आएको हो ।नेपालका संस्थापक राष्ट्रपति डा.रामवरण यादवले शुक्रबार उक्त पुस्तकालयको उद्घाटन गर्दै नेपालमा पठन संस्कृतिको विकास गर्नु पर्ने बताउनु भयो । डिजिटल सिस्टमले गर्दा हिजोआज पुस्तकहरु पढ्ने अध्ययन गर्नु भन्दा पनि डिजिटल माध्यमबाट आवश्यक परेका वेलमा खोजी गर्ने प्रवृत्तिले गर्दा पठन संस्कृतिको विकास हुन नसकेको उहाँले दाबी गर्नु भएको हो ।… पुरा पढौ

पोखरामा सुरु भएको प्रदेश स्तरिय बास्केटवल प्रतियोगितामा कास्कीको विजयी सुरुवात

दीननाथ बराल,पोखरा १०, जेठ, पोखरा रंगशालामा विहिबारदेखि सुरु भएको प्रदेश स्तरिय पुरुष तथा महिला बास्केटवल प्रतियोगिता अन्र्तगत पुरुष तर्फको खेलमा कास्कीले विजयी सुरुवात गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा गण्डकी प्रदेश बास्केटबल संघको संचालन तथा व्यावस्थापनमा विहिबार भएको उद्घाटन खेलमा कास्कीले लमजुङलाई ५०–४४ को स्कोरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । यसै गरी पुरुषतर्फको अर्को खेलमा स्याङजाले तनहुँलाई ३७–३३ ले पराजित गर्यो भने पर्वतले बागलुङलाई १० का विरुद्ध १०१ स्कोरले बिशाल स्कोरको अन्तरले पराजित गर्दा म्याग्दीले नवलपुरलाई… पुरा पढौ

पौने ३ सयको निशुल्क मधुमेह र टिजी जाँच

पोखरा, १० जेठ, पावरहाउस बजार व्यवस्थापन समितिको आयोजनामा पोखरा २९ र ३० का बासिन्दाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । पोखरा ३० शिशुवामा रहेको युआरएल शिशुवा डायग्नोसिस प्रालिको प्राविधिक सहयोगमा बिहीबार भएको शिविरमा २ सय ७५ जनाको सित्तैमा जाँच गरिएको हो । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र यसका शाखाहरुले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो १ सय ७२ औं शिविर हो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका… पुरा पढौ

वाईवाई यु–१९ क्रिकेट जारी

पोखरा, १० जेठ टिम विन्ध्यवासिनी पोखरामा जारी यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ मा अपराजित रहदा टिम भद्रकालीले पहिलो जित हात पारेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन बिहीबार सम्पन्न पहिलो खेलमा भद्रकालीले बाराहीलाई ६१ र दोस्रो खेलमा विन्ध्यवासिनीले अकलालाई ३० रनले पराजित गरेका थिए । यस अघि विन्ध्यबासिनीले उद्घाटन खेलमा भद्रकालीलाई नौ विकेटले पराजित गदै प्रतियोगितामा सुखद सुरुवात गदै आफनो… पुरा पढौ

एसओएस गण्डकीमा विद्यार्थीको सम्मानसहित वार्षिक पुरस्कार वितरण

एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीताकुमारी सुन्दासले ग्रहण गरेकी थिइन् । एसओएसका संस्थापक हर्मन माइनरको तस्बिरमा पुष्पार्पण गरी प्रारम्भ गरिएको उक्त समारोहमा विद्यालयका सहप्राचार्य प्रभास पौडेलले सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयको मूल नीति, सिद्धान्त,उद्देश्य र गतिविधिमाथि प्रकाश पार्दै उपस्थित अतिथि, अभिभावक र विद्यार्थीलाई शब्दगुच्छाद्वारा स्वागत गरे । समारोहमा शैक्षिक सत्र–२०८०… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा २५६८ औँ बुद्धजयन्ती र उभौली पर्वको शुभकामना

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले २५६८ औँ बुद्धजयन्ती र किराँत जातीको सांस्कृतिक पर्व उभौलीको शुभकामना व्यक्त गर्नुभएको छ । एक शुभकामना सन्देश जारी गर्दै विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘विश्वका महान् पुरुष गौतम बुद्व हाम्रो धर्तीले जन्माएकामा हामीलाई गर्व छ । बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्नेछ ।… पुरा पढौ

केसीद्वारा विनोद गौचनको शालिक निर्माणलाई जग्गा दान

समाजसेवी चिनबहादुर केसीले कविता गाउँ लुम्लेका परिकल्पनाकार विनोद गौचनको शालिक निर्माणका लागि जग्गादान गरेका छन् । उनले अन्नपूर्ण गाउँपालिका–६ लुम्ले छेउघर चौतारामुनिको आफ्नो लालपूर्जाभित्रको जग्गा दान गरेका हुन् ।वडा नं. ६ का वडा अध्यक्ष एकदेव देवकोटाले समितिले लामो समयदेखि गौचनको शालिक निर्माणका लागि बनाएको योजनाले सार्थक रूप लिएकोमा खुसी व्यक्त गरे । अध्यक्ष देवकोटाले दाता केसी परिवारप्रति आभार व्यक्त गर्दै वडाकातर्फबाट पनि शालिक निर्माणका लागि पहल थाल्ने बताए ।वडा सदस्य तथा जि.स.स. सदस्य गणेश जि.सी.ले लुम्लेलाई साहित्यका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा… पुरा पढौ

पोखरा आइडिया मार्टमा सहभागी मध्ये १० समुह अन्तिम चरणमा प्रवेश

पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन । छनौट भएका समुहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर सिटी इज जिरो वेस्ट, रेन्टल, टीम स्वीफ्ट वे, थिन क्लाइन्ट, ट्रेक गाइड कनेक्ट र ट्रफअपसाइकल रहेका छन । ब्यवसाय प्रवद्र्धन केन्द्रले जेठ ६ देखि ८ गते सम्म आयोजना गरेको पोखरा आइडिया मार्ट तथा बुट क्याम्पमा सहभागी १७ समुह मध्ये १० वटा समुह अन्तिम प्रस्तुतीका लागि… पुरा पढौ