
दीननाथ बराल,
पोखरा २, भदौ,
पोखराबाट अन्तराष्ट्रिय हवाई उडान गर्न सरकारले गरेको निर्णय कार्यान्वयन गर्न पोखराका पर्यटन व्यवसायीले माग गर्नु भएको छ । करिब दुई बर्ष अघि पोखरामा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित उडान हुन नसक्दा आफुहरुमा निरासा भएको अबस्थामा नयाँ सरकारले पोखरा विमानस्थल संचालन गर्ने निर्णय गरेकोले उक्त निर्णय यथा सक्दो छिटो कार्यान्वयन गर्न पोखराका पर्यटन व्यवसायीहरुले माग गर्नु भएको हो ।

पोखराको पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले आइतार पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त निर्णय आफुहरुको लागि स्वागत योग्य भएको जनाउदै तत्काल कार्यान्वयन गर्न माग गरेको हो । कोभिडबाट प्रभावित भएको पोखराको पर्यटन क्षेत्रमा सरकारको उक्त निर्णयले आफुहरुमा थोरै आशा जगाएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । पोखराबाट सिधा अन्तराष्ट्रिय हवाई उडान हुने अपेक्षा सहित आफुहरुले अबौंको लगानी गरेको अबस्थामा विगत दुई बर्ष भन्दा लामो समय देखि पोखराबाट नियमित अन्तराष्ट्रिय हवाई उडान हुन नसकेको अबस्थामा सरकारलको निर्णयले आफुहरुलाई केही आशा पलाएको अध्यक्ष श्रेष्ठले जनाउनु भयो ।
सरकारको उक्त निर्णय पश्चात विभिन्न एयरलायन्स कम्पनीहरुलाई आधिकारीक रुपमा पत्र नपठाएकोले उक्त पत्र पुर्याउन उहाँले आग्रह गर्नुभयो । पोखरा पर्यटनको राजधानि भएकोले यहाँ केही छुट प्याकेज हुने हँुदा अन्तराष्ट्रिय हवाई भाडामा समेत केही शहुलियत हुने अध्यक्ष श्रेष्ठले दाबी गर्नुभयो । सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको निगम सञ्चालक समितिले बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई तोकिएको मूल्यमा प्रतिकिलोमिटर १०० डलर छुट दिने निर्णय गरेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्वप्रधानमन्त्री पुष्प कमल दाहालबाट स्न २०२३ को जनवरी १ मा भव्यताका साथ उद्घाटन भएको थियो । उद्घाटन भएको लामो समय सम्म पनि अन्तराष्ट्रिय उडान नियमित रुपमा सञ्चालन हुन नसक्दा पर्यटन व्यवसायीहरुमा नैराश्यता हुन लागेको अबस्थामा सरकारको उक्त निर्णयले यर्जा मिलेको व्यवसायीको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सरकारका पर्यटन मन्त्री, बद्री प्रसाद पाण्डे तथा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई परिषदले धन्यवाद ज्ञापन समेत गरेको छ । अध्यक्ष श्रेष्ठले भन्नु भयो “मन्त्रीपरिषद्मा भएको यो निर्णय छिटो भन्दा छिटो कार्यान्वयनको लागि सरकारसंग माग गर्दछौँ, यो निर्णयले गर्दा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान हुनेमा हामि विशोश्त छौँ । ” पोखराबाट उडान भर्ने हवाई कम्पनीहरुले पाउने उक्त सुविधावाट यात्रुहरुहरुलाई सुलभ दरमा यात्रा गर्ने मौका मिल्ने छ भने यस्ले पोखराको एयरपोर्टको आकर्षक बढाउने अध्यक्ष श्रेष्ठले दाबी गर्नुभयोे । आन्तरिक उडानमा पोखरावाट नेपालका अन्य शहरहरु सम्मको सिधा हवाई सम्पर्कलार्इ आशाको सञ्चार भएको छ, भने पोखराको उत्पादन समेत अन्तराष्ट्रिय बजारमा जाने ढोका खुल्ने भएको उनको भनाई छ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको लागि परिषदले विभिन्न ढंगले पहल गर्दै आएको महासंचिव संजयकान्त सिग्देलले पोखराक्लिकलाई बताउनु भयो । पोखरामा अन्तराष्ट्रिय उडान हुने पक्का भएसंगै यहाँको पर्यटकीय गतिविधिमा विभिन्न छुट प्याकेजका कार्यक्रम ल्याउने उहाँले जनाउनु भयो ।