समाचार

अमेरिकी गायक मेल्कमको १,२,३,४ सार्वजनिक

अमेरिकी गायक मेल्कमको १,२,३,४ बोल को भिडियो आज सार्वजनिक गरिएको छ। उनकै शब्द ,लय र स्वर रहेको उक्त गीतको भिडियोको मुख्य विषयवस्तु जीवन , प्रकृति, प्रेम र सदभाबसंग सम्बन्धित छ। उक्तभिडियोमार्फ़त पूर्वीय र पश्चिमी संस्कृतिलाई जोड्ने प्रयास उनले गरेका छन् ।गितका अर्का सर्जक सजना गोदार हुन् भने यसको निर्देशन तथा सम्पादन अमनतामाङले गरेका छन् ।बि ।टि। डीको प्रस्तुति रहेको यस गीतको भिडियोमाबिबेक थापा ,साजन खड्का , सुमन परियार ,सुनिल किसन ,अर्जुन शेरचन ,राजकुमार नेपालीको अभिनय रहेको छ ्रभिडियोको छायाँकन सौरब… पुरा पढौ

राष्ट्रिय सम्पदाको अध्यक्षमा ठाकुर, टेकनाथ सम्मानित

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले २६ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनमा संस्थापक अध्यक्ष टेकनाथ बराललाई राष्ट्रिय सम्पदा मानवअधिकार सम्मान प्रदान गरेको छ । गत वर्ष निधन भएका बराललाई मरणोपरान्त सम्मान गरिएको हो । टेकनाथकी श्रीमती हरिकला र छोरा विद्याविमलले सम्मानपत्र ग्रहण गरे । उनीहरुलाई संस्थाका अध्यक्ष सुनिल पाण्डे, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख मायादेवी शर्मा लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा आयोग गण्डकी प्रमुख शर्माले अधिकारकर्मी बराललाई मानवअधिकार आयोग केन्द्रले नै सम्मान गरिसकेको स्मरण गरिन् ।… पुरा पढौ

जनताको भलो हुने काममा मेरो ध्यान छ : मुख्यमन्त्री अधिकारी

पोखरा १२ जेठ, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो ध्यान जनताको भलो हुने काममा रहेको बताउनुभएको छ । मादी गाउँपालिका वडा नम्बर ७ मा निर्मित थाक समाजघरको शनिबार समुद्घाटन गर्दै उहाँले धेरैं बोल्नेभन्दा पनि काम गरेर जनतालाई अनुभूति दिलाउने कोसिसमा रहेको खुलाउनुभयो । ‘बाटो निर्माण भइरहको छ, यसलाई सिक्लेससम्म पु¥याउने कोसिस गर्नेछौं, खानेपानी लगायतका यहाँका समस्याको बारेमा म जानकार छु, ती समस्या समाधान गर्न निरन्तर लाग्नेछु’ उहाँले भन्नुभयो ।  मादी गाउँपालिकामा विकास निर्माण काम तीव्रताका साथ गर्दै जाने प्रतिवद्धता उहाँको… पुरा पढौ

अन्तर सेमेस्टर कप फुटसल प्रतियोगिता सम्पन्न

पोखरा-२९, जेठ ११, गण्डकी बहु-प्राबिधिक शिक्षालयकोआयोजनामा शिक्षालयको शिक्षालयले बार्षिक नियमित अतिरिक्त कार्यक्रम अन्तर्गत विभिन्न सेमेस्टरमा अध्यनरत बिद्यार्थीहरुको सेमेस्टर स्तरीय फुटसल प्रतियोगिता पोखरा २६ स्थित ब्ल्याक होल (Black Hole) फुटसलमा सम्पन्न भयो | प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहलाई नगद पुरस्कृत गरिने कार्यक्रम संयोजक सुमन चन्द्र सुवेदीले जानकारी दिएका छन | प्रतियोगिता नकआउट चरणका आधारमा खेलाइएको थियो | जसमा अटोमोवाईल र जियोमेटिक्सको चौथो सेमेस्टर तर्फको समूह प्रथम भएको थियो भने दोस्रो सेमेस्टरको सिभिल इन्जीनियरीयङको समूह दोस्रो भएको थियो | प्रतियोगितामा शिक्षालयका… पुरा पढौ

टिम वाराहीलाई वाईवाई यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि

पोखरा, ११ जेठ, टिम वाराही सम्पन्न यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ को विजेता बनेको छ ।कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता टिम विन्ध्यवासिनी दोस्रो, टिम भद्रकाली तेस्रो र तीन खेल मध्ये तीन खेलमै पराजित टिम अकला भने चौथो स्थानमा रह्यो । प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न पहिलो खेलमा भद्रकालीले अकलालाई तीन रन र दोस्रो तथा प्रतियोगिताको अन्तिम खेलमा बाराहीले विन्ध्यवासिनीलाई पाँच विकेटले पराजित गरेको थियो… पुरा पढौ

पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१ यही जेठ १७ देखि पोखरामा हुने

दीननाथ बराल, पोखरा ११, जेठ, पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१ यही जेठ १७ देखि पोखरामा हुने भएको छ । पोखरा महानगरपालिकाको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघ तथा नेपाल बक्सिङ महासंघको व्यवस्थापनमा यही जेठ १७ गते देखि उक्त प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । यही जेठ १८ गतेसम्म पोखरा रंगशालामा संचालन हुने प्रतियोगितामा पुरूष तर्फ ९ र महिला तर्फ ६ वटा तौल समुहमा प्रतिष्प्रर्धा हुने भएको संघ कास्कीका अध्यक्ष सुमन कुमार श्रेष्ठले बताउनु भयो ।… पुरा पढौ

विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्ने पाठ्यक्रम तयार भयो; मुख्यमन्त्री अधिकारी

पोखरा ११ जेठ, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियररयुवा तथा ३० औं शिक्षक नायक गोष्ठीको उद्घाटन गर्दै आफूले पहिलोपटक मुख्यमन्त्री हुँदा थालनी गरेको काम अहिले विज्ञ राखेर पुरा गरेको बताउनुभएको हो । तयार भएको पाठ्यक्रम मेडिकल इर्मजेन्सी, प्राकृतिक प्रकोप, बाढी नियन्त्रण तथा महिला हिंसा विरुद्धका सीपहरु लिनका निम्ती प्रभावकारी बन्ने विश्वास उहाँको… पुरा पढौ

नेपालमा पठन संस्कृतिको विकास नै छैनः संस्थापक राष्ट्रपति डा.यादव, पत्रकार महासंघ कास्कीमा पुस्तकालय स्थापना

दीननाथ बराल,पोखरा, ११ जेठ, नेपाल पत्रकार महासंघ कास्की शाखाले डिजिटल पुस्तकालय संचालनमा ल्याएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतको सहयोगबाट हालै निर्माण भएको उक्त पुस्तकालय शुक्रबारबाट संचालनमा आएको हो ।नेपालका संस्थापक राष्ट्रपति डा.रामवरण यादवले शुक्रबार उक्त पुस्तकालयको उद्घाटन गर्दै नेपालमा पठन संस्कृतिको विकास गर्नु पर्ने बताउनु भयो । डिजिटल सिस्टमले गर्दा हिजोआज पुस्तकहरु पढ्ने अध्ययन गर्नु भन्दा पनि डिजिटल माध्यमबाट आवश्यक परेका वेलमा खोजी गर्ने प्रवृत्तिले गर्दा पठन संस्कृतिको विकास हुन नसकेको उहाँले दाबी गर्नु भएको हो ।… पुरा पढौ

पोखरामा सुरु भएको प्रदेश स्तरिय बास्केटवल प्रतियोगितामा कास्कीको विजयी सुरुवात

दीननाथ बराल,पोखरा १०, जेठ, पोखरा रंगशालामा विहिबारदेखि सुरु भएको प्रदेश स्तरिय पुरुष तथा महिला बास्केटवल प्रतियोगिता अन्र्तगत पुरुष तर्फको खेलमा कास्कीले विजयी सुरुवात गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा गण्डकी प्रदेश बास्केटबल संघको संचालन तथा व्यावस्थापनमा विहिबार भएको उद्घाटन खेलमा कास्कीले लमजुङलाई ५०–४४ को स्कोरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । यसै गरी पुरुषतर्फको अर्को खेलमा स्याङजाले तनहुँलाई ३७–३३ ले पराजित गर्यो भने पर्वतले बागलुङलाई १० का विरुद्ध १०१ स्कोरले बिशाल स्कोरको अन्तरले पराजित गर्दा म्याग्दीले नवलपुरलाई… पुरा पढौ

पौने ३ सयको निशुल्क मधुमेह र टिजी जाँच

पोखरा, १० जेठ, पावरहाउस बजार व्यवस्थापन समितिको आयोजनामा पोखरा २९ र ३० का बासिन्दाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । पोखरा ३० शिशुवामा रहेको युआरएल शिशुवा डायग्नोसिस प्रालिको प्राविधिक सहयोगमा बिहीबार भएको शिविरमा २ सय ७५ जनाको सित्तैमा जाँच गरिएको हो । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र यसका शाखाहरुले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो १ सय ७२ औं शिविर हो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका… पुरा पढौ