
दीननाथ बराल,
पोखरा १०, जेठ,
पोखरा रंगशालामा विहिबारदेखि सुरु भएको प्रदेश स्तरिय पुरुष तथा महिला बास्केटवल प्रतियोगिता अन्र्तगत पुरुष तर्फको खेलमा कास्कीले विजयी सुरुवात गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा गण्डकी प्रदेश बास्केटबल संघको संचालन तथा व्यावस्थापनमा विहिबार भएको उद्घाटन खेलमा कास्कीले लमजुङलाई ५०–४४ को स्कोरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

यसै गरी पुरुषतर्फको अर्को खेलमा स्याङजाले तनहुँलाई ३७–३३ ले पराजित गर्यो भने पर्वतले बागलुङलाई १० का विरुद्ध १०१ स्कोरले बिशाल स्कोरको अन्तरले पराजित गर्दा म्याग्दीले नवलपुरलाई १४ का विरुद्ध १०९ बिशाल स्कोरको अन्तरले पराजित गरेको छ ।

त्यसै गरी महिलातर्फ भने क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको छ । शुक्रबार महिलातर्फ सेमीफाइनल र फाइनलका खेलहरु सञ्चालन हुने भएको छ । महिलातर्फ ६ जिल्ला सहभागि भएको मध्ये म्याग्दी, स्याङजा, पर्वत र लमजुङले सेमीफाइनलको यात्रा बनाएका छन्।

बिहिबारको खेलमा म्याग्दीले कास्कीलाई ३८–२२ ले, स्याङजाले तनहुँलाई ५५–२४ ले, म्याग्दीले लमजुङलाई ३६–३० ले पर्वतले तनहँुलाई ४१–२६ ले, लमजुङले कास्कीलाई २१–१८ ले र स्याङजाले पर्वतलाई ४५–५० को स्कोरले पराजित गरेको छ ।

यस अघि उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास तथा यातायात व्याबस्था मन्त्री राजीव गुरूङले रेफ्रिलाई बल हस्तान्तरण गरी गर्नु भएको हो । प्रतियोगितामा पुरुष तर्फ ८ र महिला तर्फ ६ जिल्लाको सहभागिता रहेको महासचिव बिष्णु बहादुर गुरुङले जनाउनु भयो । शनिबारसम्म चल्ने प्रतियोगिताबाट दशैं राष्ट्रिय खेलकुदको लागि खेलाडीहरु समेत छनौट गरिने भएको संघ प्रदेशका उपाध्यक्ष किरण सापकोटाले बताउनु भयो ।

नेपाल भलिवल संघका सल्लाहकार एवं टाईगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले उक्त बास्केटवल कोर्टलाई अब ईण्डोरकोर्ड बनाउनु पर्र्नेमा जोड दिनु भयो । गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ६०÷६० हजार उपविजेताले समान नगद रु ४०÷४० हजार प्राप्त गर्नेछन् भने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी १४ टिमको सहभागिता रहेको छ ।
