समाचार

जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट

पोखरा, १५ जेठ, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्य रहेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहका प्रमुख अतिथि उहाँले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उल्लेख गर्नुभयो । लोकतान्तिक गणतन्त्र स्थापना भएको १७ औं वर्ष प्रवेशको अवसरमा प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल रहेको बताउनुुभयो… पुरा पढौ

राष्ट्रिय एकताले नै गणतन्त्रको संस्थागत विकासः प्रदेश प्रमुख भट्ट

पोखरा, १५ जेठ, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले लोकतान्तिक गणतन्त्र स्थापना भएको १७ औं वर्ष प्रवेशको अवसरमा प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आफ्नै संघर्षबाट जनताले आफैले विजय हाँसिल गरेको यो विशेष दिन भन्दै उहाँले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको १९ दिने जनआन्दोलन २०६२÷६३ एवम् विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँले यस क्रममा घाइते तथा अपाङ्गता… पुरा पढौ

गण्डकी प्रदेश स्तरिय संयुक्त राष्ट्रसंघको नमुना महासभा सम्पन्न

पोखराको लेकसाइड होटल पौवामा आइतबारजेठ १३ गते; युथ थिङ्कर्स सोसाइटी पोखराले गरेको गण्डकी प्रदेश स्तरिय संयुक्त राष्ट्रसंघको नमुना महासभा सम्पन्न भएको छ । विश्व पारिस्थितिकी तंत्र र जैविक विविधतामा विश्वव्यापी वनडढेलोको बढ्दो खतरालाई सम्बोधन र विकासशील राष्ट्रहरूमा वित्तीय समावेशीकरणको लागि फिनटेक र डिजिटल वित्त प्रवद्र्धन सम्बन्धमा बहस भएको छ । गण्डकी प्रदेशको विभिन्न ११ जिल्लाबाट आएका युवा प्रतिनिधि बहसमा सहभागी भएका थिए । युथ थिङ्कर्स सोसाइटी पोखराले राष्ट्रसंघको नमुना महासभा आयोजना गरेर बहस गराएको थियो जसमा सहभागी प्रतिनिधिले विभिन्न देशको… पुरा पढौ

१७ औ गणतन्त्र दिवसको अवसरमा केन्द्रको रक्तदान कार्यक्रम

सृजना विकास केन्द्र पोखराको आयोजनाम १७ औ गणतन्त्र दिबसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जना रक्तदाताले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटिका सभापति दण्डराज शर्माले कास्की जिल्ला रेडत्र्रmसको नेतृत्वमा संचालीत रक्तसंचार केन्द्रको बारेमा प्रकाश पर्दै रेडत्र्रmसल संचालन गर्न लागेको आधुनिक एबम समय सापेक्ष रक्त संचार गृहको आवश्यकता र औचित्य माथि प्रकाश पर्दै गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रक्त संचार गृह आवश्यक भएको बताउनु भयो । कार्यक्रममा सृजना विकास केन्द्रका पुर्व अध्यक्ष एबम सल्लाहकार हरि प्रसाद बरालले सृजना… पुरा पढौ

बंगुरको पकेट क्षेत्र पोखरा २७ जलजलेमा पोखरा महानगरद्धारा बंगुरका पाठा वितरण

बंगुरपालनको पकेट क्षेत्र पोखरा २७ जलजलेमा अफ्रिकन स्वाइन फ्लुका कारण बंगुर नष्ट भएपनि पकेट क्षेत्रलाई पुरानै लयमा फर्काउनका लागि पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाले पहलकदमी थालेको छ । महाशाखाले बंगुरपालक कृषकहरुलाई लक्षित गरी जलजले बंगुर ब्रिडर कृषक समुहलाई ८० वटा बंगुरका पाठा वितरण गरेको छ । गत वर्ष अफ्रिकन स्वाइन फ्लुबाट ४ हजार बढी वंगुर मरेर क्षती पुगेको जलजले बंगुर ब्रिडर कृषक समुहलाई बंगुरको पाठा वितरण गरेको हो । बंगुर पाठा वितरण कार्यक्रममा वोल्दै पोखरा २७ का कार्यबाहक… पुरा पढौ

निवर्तमान मुख्यमन्त्री पाण्डेको पक्षमा रिट जारी, अधिकारी नेतृत्वको सरकार ढल्यो

सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको पक्षमा रिट जारी गरेको छ । पाण्डेको पक्षमा उक्त रिट जारी गरेसँगै नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकार भने ढल्न पुगेको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार पाण्डेको मागबमोजिम हुनेगरी फैसला गरेको सर्वोच्च अदालतले जनाएको छ । गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । संविधान धारा १६८ को ३ अनुसार… पुरा पढौ

गण्डकी प्रदेश शुटिङ्ग संघको अध्यक्षमा मोतिराम गुरुङ

गण्डकी प्रदेश शुटिङ्ग संघको अध्यक्षमा मोतिराम गुरुङ सर्वसम्मत निर्वाचित हुनु भएको छ । संघको आज (सोमबार) पोखरामा सम्पन्न प्रथम अधिवेशनले उहाँलार्ई आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको संघले जनाएको छ । नव निर्वाचित अध्यक्ष गुरुङ शिक्षा क्षेत्रमा संलग्न हुनुहुन्छ । यसै गरी संघको उपाध्यक्षमा दलराज पुन र लिला शेरचन, महासचिवमा पुरन कुंवर, सचिवमा विजयन्त शेरचन, कोषाध्यक्षमा बुद्ध गुरुङ सर्वसम्मत निर्वाचित हुनु भयो । संघको कार्यसमिति सदस्यमा आशिषराज भण्डारी, खम्वा गुरुङ, कविन गुरुङ, चिन बहादुर थापा, विजय क्षेत्री, विवश क्षेत्री… पुरा पढौ

पोखरामा पहिलो पटक मोर्डन पेन्टाथलनको दोश्रो लेवलको प्रशिक्षक, प्रशिक्षण सुरू

दीननाथ बराल,पोखरा १४, जेठ, पोखरामा पहिलो पटक मोर्डन पेन्टाथलन (खेल) दोश्रो लेवलको प्रशिक्षक, प्रशिक्षण सुरू भएको छ । मोर्डन पेन्टाथलन संघको आयोजनामा मोर्डन पेन्टाथलन गण्डकी प्रदेशको व्याबस्थापनमा पोखरामा पहिलो पटक ५ दिने उक्त प्रशिक्षण आयोजना भएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो । पाँच वटा खेलहरुको संमिश्रण रहेको यस खेलमा रनिङ, सुटिङ, फेन्सिङ, सुइमिङ र घोडचडी समावेस हुने हँुदा यस खेल निकै खर्चिलो र जहाँ पनि यसको प्रशिक्षण गर्न नसकिने अध्यक्ष श्रेष्ठले जनाउनु भयो । पोखरामा भएको उक्त कार्यक्रमले पोखरा… पुरा पढौ

कृष्णसेन इच्छुकको २२ औ स्मृति दिवसमा शैक्षिक सामाग्रि सहयोग

पत्रकार एवं साहित्यकार कृष्णसेन इच्छुकको २२ औ स्मृति दिवस पोखरामा पनि मनाइएको छ । उक्त दिवसको अवसरमा प्रेस सेन्टर गण्डकी प्रदेश समिति, कास्की र महानजगको संयुक्त आयोजनामा आइतबार शहिद स्मृति आवासिय माविमा शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको छ । अग्रज पत्रकार कोमलनाथ बराल, विश्व प्रकाश लामिछाने, प्रेस सेन्टरका नेताहरुले बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्रि सहयोग हस्तान्तरण गरिएको प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले पोखराक्लिकलाई बताउनु भयो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष हरिराज अधिकारीले विभिन्न दाताको सहयोगबाट संचालित बिद्यालयमा उक्त सहयोग गर्नु… पुरा पढौ

उभौली साकेला स्पेनमा पनि मनाइयो

स्पेन १३, म्याड्रिड किराँत तथा राई समुदायको उभौलि साकेला पर्वको अवसरमा सात समुद्र पारि स्पेनको म्याड्रिडमा एक भव्य कार्यक्रमको आयोजना गरी उक्त पर्व मनाइएको छ । विभिन्न ढंगले विदेशीका नेपालीहरुले आफ्नो कला संस्कृतिलाई विदेशमा रहेर पनि उक्त पर्वलाई महत्वका साथ मनाउदै आएको स्पेनबाट एकराज गिरीले बताउनु भयो । पुरा पढौ