तनहुँमा बस दुर्घटना हुँदा २७ जनाको ज्यान गयो, १६ जना घाइते

-


     पोखरा क्लिक     
     भाद्र ७ गते २०८१ मा प्रकाशित


तनहुँ, ७, भदौं,

तनहुँको आँबुखैरेनीस्थित ऐनापहिरा भन्ने ठाउँमा आज भएको बस दुर्घटनामा परी २७ जनाको ज्यान गएको छ भने १६ जना घाइते हुनु भएको छ । पोखराबाट काठमाण्डौं तर्फ जादै गरेको उक्त बसमा सवार ४३ मध्ये १६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरू मध्ये अधिकांशको त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको तनहुँका प्रहरी प्रमुख विरेन्द्र शाहीले बताउनुभयो । वेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

भारतीय राजदूतावासका अधिकारीहरू आँवुखैरेनी अस्पताल आइपुगेका छन् । उनीहरूका आफन्त र दूतावासका कर्मचारी मार्फत शवको सनाखत भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।

आँबुखैरेनी अस्पतालमा १५ महिला र ११ पुरुषको मृत्यु भएको छ भने चितवनमा एक बालकको मृत्यु भएको बताइन्छ ।