माछापुच्छ्रेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा आयोजित महायज्ञमा विदेशबाट समेत सहयोग आउन थाल्यो

-


     पोखरा क्लिक     
     भाद्र ७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, भाद्र ७,

कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नं २ खाँदरजुङ्गमा रहेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८१ मा विदेशबाट समेत सहयोग आउन थालेको छ ।

शिवालय मन्दिर व्यवस्थापन समितिले श्रीमद् भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराखेल मैदानमा आयोजित महायज्ञको दोश्रो दिनमा अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको माछापुच्छ«्रे गाउँपालिका–२ का वडाध्यक्ष तथा प्रवक्ता एवं महायज्ञका सहसंरक्षक गणेश आचार्यले बताउनु भयो ।

आसकुमारी तामाङ, लोप्सन तामाङको स्मृतिमा उहाँकी छोरी शोभा लामा, ज्वाई विजय लामा, शोभाका छोरा सोल लामाले हाल अष्ट्रेलियाबाट १ लाख १ हजार १ सय १ रुपैया महायज्ञमा सहयोग पठाउनु भएको हो । उक्त रकम शुक्रबार महायज्ञमा शोभाका बाबु हिरा बहादुर पाख्रिन र दाई आईराम तामाङले हस्तान्तरण गर्नु भएको हो । त्यसै गरी शुक्रबार सिल्दुजुरे आमा समुहबाट ५१ हजार सहयोग महायज्ञमा प्राप्त भएको छ । आमा समुहका अध्यक्ष जमुना गुरुङ सहितको टिमले हस्तान्तरण गर्नु भएको आचार्यले जनाउनु भयो ।

शनिबार महायज्ञमा माछापुच्छ्रे« गाउँपालिका वडा नं ३ को लाखे नृत्यको साथमा भजनकृत तथा कथा वाचन हुने भएको प्रचार प्रसार संयोजक कृष्ण गौतमले पोखराक्लिकलाई बताउनु भयो । अधिकांश दाताले कृष्णजन्म अष्टमी पर्वको अवसरमा दान दिने गरी वचन दिएको उहाँले जनाउनु भयो । महायज्ञबाट करिब ७ करोड संकलन गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष सर्वजित गुरुङले बताउनु भयो ।

यसैबिच, महायज्ञको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बिहिबार एक समारोहका बिच उद्घाटन गर्नु भएको थियो ।
घोप्टे डाँडामा विशाल शिवजीको मूर्ति स्थापना, ज्योतिलिङ्ग सहित एक सय आठ शिवलिङ्ग स्थापना र मन्दिरको छाना ताम्रपत्र, बुद्ध तथा क्होइवो धिँ स्थापनाका लागि आर्थिक स्रोत जुटाउने उद्धेश्य महायज्ञको रहेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताउनु भयो । शिरोमणि दीपक प्रसाद पौडेलबाट प्रवचन जारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जनाउनु भयो । महायज्ञको पहिलो दिनमै ११ लाख संकलन भएको मूल आयोजक समितिका सचिव बेगनाथ पौडेलले बताउनु भयो ।