
दीननाथ बराल,
पोखरा ३, भदौं,
पवित्रता, स्नेह, शान्ति तथा अवगुणहरुबाट रक्षाको प्रतीक पावन पर्व रक्षाबन्धनको शुभ अवसरमा आयोजित रक्षासूत्र ग्रहण एवं स्नेह मिलन समारोह ओम् शान्ति भवन क्षेत्रीय कार्यालय पोखरा नयाँबजारमा सम्पन्न भएको छ । ब्रह्माकुमारी ई।वि।वि। नेपालका निर्देशक बालब्रह्माचारिणी राजयोगिनी ब्रह्माकुमारी परनीता दिदीबाट रक्षासूत्र ग्रहण गराइएको उक्त समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट सहित अन्य सहभागि हुनु भएको थियो ।

कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापा, रक्षासूत्र ग्रहण गर्नको लागि पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जु गुरुङ, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नते , जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे ,पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं। २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिना, पोखरा ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्य, स्वास्थ्य बिज्ञान प्रतिष्ठान डिन डा. कृष्ण श्रेष्ठ, डा. बसन्त ताम्राकार, डा। निरज दुवे, डा. राजेन्द्र मानन्धर, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष वरिष्ठ उद्योगपति गणेश बहादुर श्रेष्ठ, उद्योगपति एवं वरिष्ठ समाजसेवी, सुशिल कुमार गोशली ,सन्तान धर्म सेवा समितिका प्रमुख रविन्द्र माकाजु चर्चीत गायिका हरिदेवि कोइराला, लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।


बिहान ७ः०० बजेदेखि आरम्भ भई साँझ ७ः०० बजे समापन भएको रक्षासूत्र ग्रहण कार्यक्रममा करिव २ हजार जनाको उपस्थिति रहेको बताइन्छ । । क्षाबन्धनको अवसरमा कैयौं महानुभावहरुले परमात्माको दिव्य सन्देश पनि प्राप्त गर्नुभएको थियो ।

यसैबिच, पोखरामा पनि जनपूर्णि (रक्षाबन्धन) पर्व मनाइयो । पोखरा क्षेत्रमा पनि आज बिषेश गरी राखि बाध्ने तथा रक्षाबन्धन लगाउदै जनैपूर्णिमा पर्व मनाइएको हो । ईश्वरीय विश्व विद्यालय क्षेत्रीय (ओम शान्ति) कार्यालय नयाँबजारमा आज(सोमबार) सरकारी कार्यालयका उच्चपदस्थ कर्मचारी, राजनीतिक दलका नेता, उद्योगी व्यवसायी लगायतका पोखरेलीहरु राखी बाध्न आउनु भएको संयोजक एवं विश्वबिद्यालयको महासचिव सैलेस बरालले बताउनु भयो ।

पोखरामा आफ्ना ओम शान्तिका २५ वटा भन्दा बढी शाखामा रक्षाबन्दन कार्यक्रम बिहानैबाट संचालन भएको उहाँले बताउनु भयो । आपसी सद्भावना, स्नेह र पवित्रताको प्रतिज्ञाको प्रतिकको रुपमा मनाइने रक्षाबन्धन (जनैपूर्णिमा) को अवसरमा समाजका विभिन्न व्यत्ति तथा संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको संयोजक बरालले बताउनु भयो । ब्रह्माकुमारी नेपालका अध्यक्ष एवं निर्देशक राजयोगिनी ब्रह्माकुमारी परणिता दिदीले आगन्तुक दाजुभाई दिदीबहीनीहरुलाई राखि बाध्नु भएको थियो ।
पछिल्लो समयमा राखि बाध्ने प्रचलनले गर्दा तागो प्रचलन निकै कम रहेको छ । तागोधारीले जनैपूर्णिमा पर्वको अवसरमा नयाँ जनै फेर्ने गर्नुहुन्छ ।

पोखराका विभिन्न बजारमा राखि बिक्रि गर्नेहरुको भिड रहेको छ । जनैपूर्णिमा पर्वको अवसरमा मिठामिठा खानेकुरा समेत खाने प्रचलनले गर्दा मिठाई मसल तथा फलफुल पसलमा समेत केही भिडभाड भएको थियो ।

पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा रक्षाबन्धन कार्यक्रम संचालन भएको थियो । रक्षाबन्धन कार्यक्रममा सहभागि हुदै पोखरेली । तष्विर शंजय शाक्य



