समाचार

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन उद्घाटन सत्रमा सहयोग गर्ने उपर धन्यवाद व्यक्त

चितवन २०, फागुन, भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष सहयोगी भूमिका खेल्ने सबै प्रति धन्यवाद व्यक्त गरेको छ । शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै महानगरले भरतपुर महानगपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फाल्गुन १८ गते नारायणी नदी किनारमा भव्य एवम् उल्लासमय समारोहका बीच सम्पन्न भएको बताएको छ । महानगरपालिका प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, हिजो देखिएको अभूतपूर्व जनसागरको उपस्थितिले भरतपुर भ्रमण वर्षको औचित्य थप पुष्टी गरेको हामी सबैलाई… पुरा पढौ

प्रिन्सलाई लगातार चौथो पटक उपाधी सहित सम्मान

राष्ट्रिय ब्याडमिन्टन सघ, नेपालले बिश्व जुनियर नम्बर एक रहिसकेका नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाललाई रोयल ईनफिल्ड हन्टर ३५० ले सम्मान गरको छ । संघको पूर्व घोषित कार्यक्रम अनुरुप प्रिन्सलाई उक्त बाईकले सम्मान गरको हो । संघले पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको लगातार तीन संस्करणमा बिजय हासिल गर्ने खेलाडीलाई मोटरसाईकल प्रदान गर्ने घोषणा गरेको थियो । यस सम्मानबाट हाल सम्म रत्नजित तामाङ्ग र नङ्गशल तामाङ्ग सम्मानित भईसकेका छन् । प्रिन्सलाई लगातार चौथो पटक उपाधी सशस्त्र प्रहरीको एपिएफ क्लबका प्रिन्स दाहालले… पुरा पढौ

पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

पोखराको महेन्द्रपुलबाट नयाँबजार पोखरामा स्थान्तरण गरिएको पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नयाँबजारमा स्थान्तरण भएको आर्ट ग्यालरी गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा तयार भएपछि ललितकला प्रदर्शनी आयोजना गरिएको हो । गण्डकी प्रज्ञा–प्रतिष्ठानले आर्ट ग्यालरीमा ५० वटा लाइट र आवश्यक पर्ने थप सरसामान सहयोग गरेर प्रदर्शनी हललाई आर्कषक बनाएको छ । आगामी दिनमा थप सहयोग समेत गर्ने तयारी प्रतिष्ठान गण्डकीले गरेको जनाएको छ । सोही प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको… पुरा पढौ

स्टेप बाई स्टेप मा. वि. मा शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

पोखरा २०, फागुन, स्टेपबाई स्टेप मा. वि. मासवार, पोखरामा शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्नभएको छ । वर्षभरि भएका खेलकुद, अतिरिक्त क्रियाकलाप र २०७९ सालमा कक्षाका उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, कविता कमेडी पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा २ देखि १२ सम्मका विद्यार्थीहरूद्वारा तयार पारिएका विभिन्न शैक्षिक सामग्रीहरू प्रदर्शन गरिएको थियो । विद्यार्थीले पुस्तकमा पढेका ज्ञानलाई व्यवहारमा उतार्न सकुन् भनी विद्यालयले शैक्षिक प्रदर्शनी गरेको थियो विज्ञान, सामाजिक शिक्षा, भाषा,… पुरा पढौ

बुटवलमा पोखरेलीको सानदार प्रदर्शन ः अधिकांस मेडल पोखरालाई

बुटवलमा सम्पन्न दोश्रो मेयर कप तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा पोखरेली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । सो प्रतियोगिताबाट पोखराले महत्वपूर्ण पाँच स्वर्ण पदक भित्र्याएको छ । प्रतियोगिता अन्तर्गत मेन्स सिंगलमा पोखराका प्रदीप खड्काले रितिक रानालाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै उपाधि जिते । त्यस्तै पोखराकै अनिल शाहीले कमल भण्डारीलाई ७–५, ६–७ र ११–९ ले पराजित गर्दै स्वर्ण जिते । ४५ वर्ष माथिको डबल्समा धरमबहादुर लामिछाने र गोपीबहादुर भट्टराईको जोडीले स्वर्ण पदक भित्र्याए । यो जोडीले रोहित… पुरा पढौ

खिलाङका महिलाहरुलाई तीन दिने उद्धघोषण तालिम सम्पन्न

पोखरा २०, फागुन कास्कीको मादीगाउँपालिका वडा नं. १ खिलाङका महिलाहरुलाई ३ दिने नेतृत्व विकास तालिम प्रदान गरिएको छ । वडा नं. १ को आयोजनामा बुधबार देखि सुरु भएको उक्त तालिम औपचारिक रुपमा शुक्रबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै वडा नं. १ का वडाध्यक्ष देविजंग गुरुङले ग्रामिण क्षेत्रका अधिकांश महिलाको दिनचर्या चुलोचौको र घरधन्दामै वित्ने गरेको र त्यहि दैनिकीलाई माथी उठाएर नेतृत्व दायीभुमिकामा सक्षम बनाउन प्रयास स्वरुप ३ दिने तालिमको आयोजना गरिएको बताए । उनले वडा नं. १ का… पुरा पढौ

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

पोखरामा आज (शनिबार) प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । सिर्जनशिल कलाकार समुहसँगको सहकार्यमा यो प्रदर्शनी पोखरामा आयोजना गर्न लागिएको हो । “सामाजिक रुपान्तरण ः ललितकलाको अभियान“ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनी फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । पोखरा आर्ट ग्यालरी नयाँ बजार पोखरामा हुने प्रदर्शनीमा कुल ७४ वटा चित्र प्रदर्शनमा राखिने सदस्य… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डमा राखेपले सहयोग गर्ने

पोखरा, १८ फागुन नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने भएको छ । मञ्चको टोलीसँगको भेटमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष दीननाथ बरालले बताए । अवार्ड कार्यक्रममा सहयोग जुटाउन उद्धेश्यले मञ्चको टोली काठमाडौं पुगेको थियो । अध्यक्ष बराल, सदस्य राजु गिरी सहितको टोलीसँगको भेटमा सदस्य सचिव घिसिङले पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमलाई भव्य बनाउनका लागि आफ्नो र राखेपको साथ रहने बताएका थिए । मञ्चले आगामी… पुरा पढौ

पोखरामा स्क्वास प्रतिस्पर्धा सुरू, दुई जनालाई सम्मान

पोखरा, १८ फागुन पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा तेस्रो महानगरस्तरीय स्क्वास प्रतियोगिता सुरू भएको छ । खुला पुरूष, महिला, ४५ माथि भेट्रान्स र बिगिनर्स गरी चार विधामा पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शुक्रबार प्रतियोगिता सुरू भएको हो । श्निबारसम्म चल्ने ३८ जना खेलाडी सहभागी प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरूङले उद्घाटन गरे । उनले स्क्वासप्रति चासो बढ्दै गएको देख्दा खुसी लागेको सुनाए । रंगशालाभित्र भौतिक पूर्वाधार थपिने क्रम जारी रहेको, पानी र… पुरा पढौ

पोखरा मुग्लिङ सडक खण्डको तिव्र गतिमा काम हुदै, पर्यटन व्यवसायी उत्साहित

दीननाथ बरालपोखरा १८, फागुन पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखरा मुग्लिङ सडक खण्डको स्तरउन्नतीको काम तिव्र गतिमा भई रहेको छ । केही समय अघि देखि दुई खण्डमा सडक स्तरोउन्नतीको काम सुरु भए पनि हाल निकै उत्साहजनक रुपमा काम अघि बढेको पोखराका पर्यटन व्यवसायीहरुले बताउनु भएको छ । शुक्रबार पोखराको पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषदको समन्वयमा पत्रकार र पर्यटन व्यवसायीहरु बिच भएको सडक अध्ययन अवलोकनको क्रममा पर्यटन व्यवसायीले हाल सडक स्तरोउन्नतीको काम निकै उत्साह पूर्ण ढंगले काम अघि बढेको परिषदका… पुरा पढौ