स्टेप बाई स्टेप मा. वि. मा शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

-


     पोखरा क्लिक     
     फागुन २० गते २०८० मा प्रकाशित


पोखरा २०, फागुन,

स्टेपबाई स्टेप मा. वि. मासवार, पोखरामा शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्नभएको छ । वर्षभरि भएका खेलकुद, अतिरिक्त क्रियाकलाप र २०७९ सालमा कक्षाका उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, कविता कमेडी पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कक्षा २ देखि १२ सम्मका विद्यार्थीहरूद्वारा तयार पारिएका विभिन्न शैक्षिक सामग्रीहरू प्रदर्शन गरिएको थियो । विद्यार्थीले पुस्तकमा पढेका ज्ञानलाई व्यवहारमा उतार्न सकुन् भनी विद्यालयले शैक्षिक प्रदर्शनी गरेको थियो विज्ञान, सामाजिक शिक्षा, भाषा, गणित र कलाका २ सय बढी सामग्री प्रदर्शन गरिएको थियो । विद्यार्थीले रोवर्ट, केवलकार, सोलार सिस्टम, हाइड्रो पावर, इकोसिस्टम, विभिन्न किसिमका घर, हिमाल, पहाड, विभिन्न साधारण मेसिनहरू बनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले घर पहिलो विद्यालय र अभिभावक पहिलो गुरु भएको प्रसङ्ग उठाउँदै सचेत, जागरुक र असल अभिभावक भएमा मात्र विद्यार्थी असल र जेहेन्दार हुने कुरा बताए । विद्यार्थीलाई जिज्ञासु, लगनशील, जेहेन्दार र सक्षम बनाउन शिक्षक र विद्यालयको ठुलो भूमिका रहने कुरा बताए । साथै उनले स्टेप बाई स्टेप मा.वि. यस क्षेत्रको पुरानो र राम्रो विद्यालय रहेको पनिबताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्यले स्टेप बाई स्टेप मा.वि. यस वडाको उत्कृष्ट संस्थागत विद्यालय रहेको र यसले वडाको शैक्षिक तथा अन्य सामाजिक विकासमा पनि सहयोग पु¥याएकामा खुसी व्यक्त गरे ।
विद्यालयका संस्थापक÷प्रधानाध्यापक निर्मला बरालले गुणस्तरीय शिक्षाप्रदान गरी सक्षम र योग्य नागरिक निर्माणमा आपूmहरूले कुनै कसर बाँकी नराखेको बताउँदै सोही अनुसार नै यहाँबाट विद्यार्थी योग्य सक्षम र सफल नागरिक बनेकामा खुसी प्रकट गरिन् । विद्यालयले भौतिक सुविधा, खेलकुद, अतिरिक्त क्रियाकलाप, सङगीत, नृत्य, कला आदि प्रदान गरी विद्यार्थीको सर्वाङ्गीण उन्नतिमा जोड दिएको कुरा बताइन् ।

विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले गुणस्तरीय शिक्षा प्रदान गर्नु आफ्नो मूल उद्देश्य रहेको र आपूm त्यसैमा समर्पित रहिरहेको कुरा बताए । कार्यक्रममा कार्यालय सञ्चालन तथा लेखा विषयमा उत्कृष्टजी.पी. ल्याएकामा उत्कृष्ट शिक्षकका रूपमा विद्यालयका सहायक प्रधानाध्यापक दीपकगिरीलाई सम्मान गरिएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक दीपक गिरी, विद्यार्थीहरू राशिका श्रेष्ठ र अस्मिता मगरले पनि कार्यक्रममा मन्तव्य राखेका थिएभने पूर्व जिल्ला शिक्षा अधिकारी रमेश पौडेल, समाजसेवी टेकनाथ आचार्य, विद्यालय व्यवस्थापन समिति सदस्य रामचन्द्र उपाध्याय, समाजसेवी गोपाल बराल, नारायण बराल, रविराज बरालले पुरस्कार वितरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कक्षा ११÷१२ का संयोजक रघुनाथ वाग्लेले गरेका थिए ।